ट्रेंडिंग:

>> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु

आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे

२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार

सल्यान, २ चैत ।

चकलेटको लोभ देखाएर ललाईफकाई आठ वर्षमुनिका तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एकजना ५८ वर्षीय पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्लाको कालिमाटी गाउँपालिका–४ का ५८ वर्षीय इन्द्रबहादुर पुनलाई पक्राउ गरेर बालिका बलात्कारको अभियोगमा अनुसन्धान गरिरहेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गत चैत ९ गते दिउँसो आफ्नै किराना पसलमा सामान लिन आएका ८ वर्षमुनिका तीन बालिकामाथि पुनले चकलेट र बिस्कुट दिएर ललाइफकाइ जबरजस्ती करणी गरेका थिए । उनले बालिकाहरूलाई पसलभित्रै राखेर चक्लेट दिएर ३ बालिकाको गोप्य अंगमा अनुचित ढंगले छोएर जबरजस्ती करणी गरेको भन्ने अभिभावकको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए ।

बालिकाहरू सुरुमा डरले घरमा केही नभने पनि उनीहरूको व्यवहार अस्वाभाविक देखिन थालेपछि अभिभावकहरूले सोधपुछ गरेका थिए । त्यसपछि घटना खुलेको हो । बालिकाले दिएको बयानका आधारमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए । उजुरीपछि प्रहरी टोलीले पुनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको डिएसपी न्यौपानेले जनाए ।

घटना विवरण अनुसार इन्द्र बहादुरको पसलमा तीन जना बालिकाहरुसँगै सामान किन्न गएका थिए । इन्द्रले सुरुमा २ जना बालिकालाई ललाईफकाई चक्लेट र बिस्कुटमा लोभ्याए, अनि बालिकाहरु पनि चक्लेट र बिस्कुटमा लोभिए । त्यसपछि इन्द्रले बालिकाहरुको गोप्य अगंमा हात लिने र जबरजस्ती करणी गर्न थालेपछि तीन जना मध्ये एक जना बालिका भागेकी थिइन् । दुई जना बालिका भने जबरजस्ती करणीको शिकार हुन पुगेको प्रहरीको भनाइ छ । फेरि साँझको ६ बजेतिर ती भागेकी अर्की बालिकामाथि पनि जबरजस्ती करणी भएको देखिएको डिएसपी न्यौपानेको भनाइ छ ।

इन्द्रले सुरुमा दुई जना बालिकामाथि जबरजस्ती करणी गरेको तर अर्की बालिकामाथि त्यसो नगरेको बयान दिएपनि अनुसन्धान गर्दै जाँदा उसले अर्को बालिकामाथि पनि जबरजस्ती करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?