© २०२३
बुटवल, २८ असोज । बुटवल–१५ का किसान हरि प्रसाद पौडेलको खेतमा अझै धान पोकेको छैन । उनले दशैको आसपासमा मात्रै धान काट्ने योजना बनाएका थिए । तर उनी मौसम प्रतिकुल हुँदा एक साता पहिला नै धान काट्न बाध्य भए । धान नपाकेको कारण उनले ढिला गरी धान भित्र्याउने योजना बनाए पनि केही दिन पहिला निरन्तर परेको बर्षाको कारण उनको खेतमा अधिकांस धान ढल्यो, हावा हुरी सहित आएको पानीको कारण धान ढलेको कारण उनले धान हरियो नै हुँदा काट्न बाध्य भए । धान काटेर खेतमा केही दिन राखेपछि उनले अहिले माच बनाएर राखेका छन् । खेतको धान माच बनाएर राखेका छन् । केही दिन पछि मौसम अनुकुलको अवस्था हेरेर मात्रै धानमा थ्रेसर लगाउने योजना बनाएका छन् ।
उनी एक प्रतिनिधि उदाहरण हुन । उनी जस्तै अहिले देशका अधिकांस स्थानमा केही दिन पहिला परेको पानीको कारण खेतको धान ढलेको छ । जसको कारण थप बर्षाले धान नोक्सान हुन बाट जोगाउनको लागि किसानले अहिले नै धान काटेर थन्काउन थालेका छन् । रूपन्देहीका अधिकांस स्थानमा खेतमा धान अझै काट्ने अवस्था छैन । अगौटे धान मात्रै केही दिनमा तयारी हँुदै छन् ।
तर पछौटे धान त अझै हरिया नै छन् । तर केही दिन पहिला हावा हुरी सहित आएको बर्षाको कारण अधिकांस किसानको खेतमा धान ढल्यो । जसको कारण ले गर्दा अधिकांस किसानले हरियोमा नै धान काट्न बाध्य भएका छन् ।
रूपन्देहीका सैनामैनाका किसान प्रेम बहादुर साहीले पनि धान हरियोमा नै काट्न बाध्य भएको बताए । उनले यसरी हरियोमा काटेको धानलाई केही दिन यत्तिकै राखेर मात्रै थ्रेसर लगाउने योजना बनाएका छन् । उचित समयमा धान काट्ने, थ्रेसर लगाउने र थन्काउने नहुँदा उत्पादनमा ह््र्रास आउने कृषि विज्ञ सुभाषराज उपाध्याय बताउँछन् । उनका अनुुसार सबैभन्दा पहिला धान पानीमा भिज्न दिनु हँुदैन । यदि बर्षाको कारण धान भिजेमा त्यसलाई जोगाउनको लागि विभिन्न उपाय समेत अपनाउन सकिन्छ ।
सबैभन्दा पहिले धान खेतमा पसेको पानी निकास खोलेर सुकाउने । त्यसो गर्न नसके धानलाई पानीबाट निकालेर ओभानो ठाउँमा लैजाने गर्नुपर्दछ । उनका अनुसार धान पानीमा डुबिसकेको छ र तापक्रम बढी भएको ठाउँ हो भने छिटो उम्रिने सम्भावना बढी रहन्छ ।
जति बढी तापक्रम छ धान बिग्रने सम्भावना बढी रहन्छ । त्यसैले त्यसरी डुबेको धान झाटेर अथवा धान र पराल छुटाएर तातो कोठाभित्र राखेर अथवा घाम लागेको छ भने घाममा सुकाएर सुक्न दिने व्यवस्था गर्नुपर्छ । त्यसरी धान सुकाउन पंखा अथवा ड्रायर प्रयोग गर्दा अझ राम्रो हुन्छ ।
धान धेरै भिजिसकेको छ, त्यसलाई सुकाउने व्यवस्था राम्रो छैन र धानको मात्रा त्यति धेरै छैन भने वफ्याएर उसिना चामल अर्थात स्टीम राइस बनाउन सकिन्छ । अझै कम मात्रामा हो भने चिउरा मिलमा लगेर बिक्री गर्न वा आफैंलाई चिउरा कुटाउन पनि सकिन्छ । किनभने चिउरा बनाउन पनि धानलाई भिजाउनुपर्छ ।
किसानले किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धानको खेती गरेका छन् । यस्तै कम पानी हुने ठाउँमा सुख्खा–१, सुक्खा–२, सुख्खा–३ जातका धानको खेती गरिएको गरेका छन् ।