ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

दशैंमा ‘चच हुई’

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

लुम्बिनी, २७ असोज । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ । यही चलन पछ्याउदै गाउघरमा पिङ खेलिन्छ ।
कपिलवस्तु नगरपालिका–६, बर्मेलीटोलकी ५६ वर्षे संगिता भुषाल दशैं आउन लाग्दा पिड्ग राख्ने ठाउको चाजोपाजो मिलाउदैछिन् । ‘घटस्थापनादेखि पिड्गमा मच्चिन थाल्छु,’ उनले भनिन्, ‘जति खेले पनि मन अघाउदैन् ।’ रमाईलो लाग्छ । स्वस्थ्य पनि भईन्छ । त्यही भएर खेल्छु उनले भनिन् । उनी जस्तै वाणगंगा नगरपालिका–११, ओदारीका १४ वर्षिया रमा भण्डारी पनि पिड्गमा मच्चिन आतुर छिन् । ‘दशैंका बेला चचहुइ गर्दै मच्चिन्छु,’ उनले भनिन्, ‘त्यस्को रोमाञ्चकता जति वर्णन गरेपनि कम हुन्छ ।’

दशैं आउनै लाग्दा अहिले गाउघरमा वालवालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मलाई पिड्ग खेल्ने चटारो छ । दशैंदेखि तिहारसम्म पिड्गमा रमाउछन् । तर, पिड्ग खेल्ने परम्परा कम हुदै गएको छ । कतिपय ठाउमा हराउन थालिसकेको छ । तर, पनि मधेशदेखि पहाडसम्म पिड्गमा मच्चिनेहरू पिड्ग खोज्दै हिडेका छन् । पिड्ग राख्न थालेपछि माहोल छुट्टै बन्छ । दशैं तिहार आएको आभाष हुन्छ । मानिसहरू दशैंतिहारका सर–समान जुटाउन ध्यान दिन थाल्छन् । यो पिड्ग संस्कृतिको सुन्दर पक्ष हो । पिड्ग राखेको ठाउ जमघट हुने स्थल बन्छ । यस्ले सहर बजार विदेश गएकाहरू कोको फर्के थाहा हुन्छ । शुभकामना साटासाट गर्ने स्थल पनि हुन्छ । अप्रत्यक्ष रूपमा संचार माध्यमको काम र भलाकुसारी गर्ने मंच बन्छ ।

पिड्ग खेल्दा हुने आनन्दले अविस्मरणी आल्हादित बनाउछ । ‘दुःखकष्ट र पिडा एकछिन भएपनि भुलिन्छ,’ मायादेवी गाउपालिका कपिलवस्तु उपाध्यक्ष सरस्वती यादवले भनिन्, ‘त्यसैले यस्को अद्वितिय र अविस्मरणीय महत्व छ ।’ पिड्गले साहस बढाउछ । ढाडस दिन्छ, महिलाहरूको आफनो दुःखपिडा र समस्या साटासाट गर्ने माध्यम बन्छ उनले भनिन् ।

विषेश गरि मधेशी महिलाहरू घरबाट निस्कने अवस्था हुदैन् । तर, पिड्ग खेल्न आउने बेला धक फुकाएर कुरा राख्छन् उनले थपिन् ।
विषेश गरि दशैं तिहारका बेला पिड्ग खेल्नुको धार्मिक र सास्कृतिक महत्व पनि छ । त्य्स्का कारण पनि पिड्गको धेरै अर्थ र व्यापकता छ । ‘विषेश गरि देवी देवताहरू पनि दशैं तिहारकै बेला पिड्ग खेल्थे भन्ने जनश्रुति छ,’ अवधि लोक साहित्य विषेशज्ञ विक्रममणी त्रिपाठीले भने, ‘त्यसैले सर्वसाधारण पिड्ग प्रति आकर्षित बनेका हुन् ।’ सत्य युगदेखिनै महाकाली, महादुर्गा र महासरस्वती ल्वाङ्गको हागामा डोरी बाधेर पिड्गमा मच्चिन्थे भन्ने धार्मिक जनविश्वास थियो । त्यही भएर आस्था र विश्वासले श्रद्धालुले पनि खेल्नुपर्छ भन्ने मान्यता छ । बलियो र सुगन्धित हुने हुदा देवीहरू ल्वाङ्गको हागालाई रुचाउथे भन्ने जनश्रुती छ।’ उनले भने ।

मधेश तिर भने साउनदेखि नै तिहारसम्म पिड्ग खेलिन्छ । घर, टोल र बगैंचामा डोरी बाधेर पिड्ग राखिन्छ । ‘भगवान शिवको अराधाना गर्ने साउन, पवित्र महिना हो,’ अवधि संस्कृतिका विषेशज्ञ पशुपतिमणी त्रिपाठीले भने, ‘त्यसैले त्यही समयबाट मधेशमा पिड्ग खेलिन्छ ।’ मधेशमा पिड्गलाई झलुवा भनिन्छ । साउन रोपाई सकिन्छ, त्यसपछि भाद्रमा नागपञ्चमी र रक्षा बन्धन पर्व आउन लाग्दा बुहारीहरू माईत फर्कन्छन् उनले भने । त्यसपछि छोरीबुहारी गीत गाउदै मधेशमा पिड्ग खेलिन्छ । पिङ खेल्न थाल्दा भजनबाट सुरु गरेर कजरी तीज गीत पनि गाउछन् । जुन तिहारसम्म चल्छ ।

दशैंतिहारमा जँते, लिंगे र रोटे पिङ बनाईन्छ । जाते पूरै लोप भएको छ । लिंगे र रोटेपिङ हराउदै गएको छ । बासका चार ओटा लिङगा गाडेर दुई दुई ओटाको टुप्पालाई एक ठाउमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्आ बाधेको संरचनालाई लिंगे पिङ भनिन्छ । बाबियो वा नाइलन डोरीबाट झुलिन्छ । परम्परागत नेपाली रोटेपिङमा चारवटा काठका पिर्का हुन्छन् । रोटेपिङमा एकैपटक चारभन्दा बढी व्यक्ति एकसाथ खेल्न सक्छन् । दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ । पिङको सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसंग मच्चिन्छ । जातेपिङमा दुईजना बसेर मच्चिन सकिन्छ । काठको मियोको माथिल्लो भागबाट काठ तेस्र्याएर दुवै भागमा एक–एकजना बस्न मिल्ने गरी यसको निर्माण हुन्छ । जातो जसरी घुम्ने यो पिङ मच्चाउन एकजनाको सहयोग चाहिन्छ ।

पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो । तर, अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । ‘युवाले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्,’ अवधि साहित्यकार राघवेन्द्र श्रीवास्तवले भने, ‘संस्कृतिसंग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ ।’ गाउमा पिङ देखिन छाड्ेपछि जमघट र भेटघाट खल्लो हुदै गएको छ उनले भने । दशैं तिहारमा केही कुरा विर्सेको जस्तो लाग्न थालेको छ ।

पिड्ग नेपाली मनोरञ्जनको गतिलो माध्यम पनि हो । थोरै खर्चमा तयार हुन्छ । यसबाट राम्रो व्याम पनि गर्न सकिन्छ । दशैं तिहारमा चिल्लो र मासु बढी खानेहरूले पिड्ग खेल्नु पर्छ नागरिक अगुवा शत्रुध्नलाल श्रीवास्तवले भने यस्ले पाचन प्रणालीमा मद्दत पुयाउछ । सय वर्ष अघि औषधी मुलोको समस्या थियो । हाम्रो शास्त्रले जानेर बुझेरै पिड्ग संस्कृति स्थापित गरेको हो । जुन अहिले पनि समयसापेक्ष मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?