© २०२३
बुटवल, २० असोज । लुम्बिनी प्रदेश सरकार बुटवल उप–महानगरपालिकाको संयुक्त लगानी र हेफरईन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बुटवल–१० रामनगरमा निर्माण भएको पशु बधशालामा हजारौं महिला उद्यमी सहित व्यवसायीहरूले सहभागी नहुने घोषणा गरेका छन् । सार्वजनिक, निजी उत्पादक, साझेदारी (४ पी) मोडलबाट सञ्चालन गर्नेगरी वि.स. २०७८ साल असोज ७ गते बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालि बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेको थियो । ठेक्का सम्झौताको दोस्रो चरणमा २०७८ मंसिर २१ गते प्राविधिक र आर्थिक प्रस्ताव समेत नगरपालिकाले माग गरेको थियो । सोही अनुसार वि.सं. २०७८ पुस २४ गते प्रस्ताव छनौटमा परेको र सोही अनुसार प्रस्ताव खोलीने पत्र नगरपालिकलो सोही पुस महिनाको २३ गते पत्रचार समेत गरेको थियो ।
यसरी वि.सं. २०७८ माघ २९ गते बुटवल उपमहानगरपालिकाको बैठकमा प्रमुख खेलराज पाण्डेय, उप प्रमुख सावित्रा देवी अर्याल प्रमुख प्रसासकयि अधिकृत सहित महाशाखा प्रमुखको समेत बैठक बाट ४७ लाख ३० हजार रूपैयाँमा बार्षिक नरपालिकालाई बुझाउने गरी बुटवल मासु उत्पादन तथा प्रसोधन कम्पनी प्रालि २५ बर्षको लागि दिने गरी नगरपालिकाको अर्को १३ औं बैठकममा अनुमोदन गर्ने गरी निर्णय भएकोमा वि.सं. २०८० जेठ ३ गते को कार्यापालिका बैठकमा उक्त ठेक्का रद्द गर्ने निर्णय गरेको थियो ।
यद्यपी सम्झौताको अन्तीम समयमा आएर बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिसंग कुनै पनि छलफल नै नगरी बुटवल उपमहानगरपालिकाले काठमाडौमा रहेको एक कम्पनीसंग सम्झौता गरेपछि यो बधशालाका लुम्बिनी प्रदेशका २५ हजार महिला उद्यमी र ४ वटा ईन्भेष्टमेन्ट कम्पनी र १७ सय बढि व्यवसायीहरू सहभागी नहुने घोषणा गरेका छन् । कुनै पनि स्पष्ट कारण विना नै यस क्षेत्रका ३४ वटा सहकारीका २५ हजार पशुपालक नमुना व्यवसायीक महिलाहरू, ४ वटा इन्भेष्टमेन्ट कम्पनी र १७ सय बढि मासु व्यवसायीहरूको सहभागीतामा निर्माण भएको बुटवल मासु उत्पादन तथा प्रसोधन कम्पनीको ठेक्का खारेज गरेर अन्य कम्पनीलाई दिएको भन्दै व्यवसायीहरू सहित अन्यले विरोध समेत गरेका छन् ।
सैनामैना नगरपालिका वडा नम्बर १३ मा रजिष्ट्रर्ड कार्यालय रहने गरी वि.सं. २०७५ सालमा स्थापना भएको बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिमा श्रीनगर सामाजिक उद्यमी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड, बाणगंगा सामाजिक उद्यमी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड, रूपन्देही सामाजिक उद्यमी ईन्भेष्टमेन्ट कम्पनी लिमिटडे र रूपन्देही मासु व्यवसायी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका कगरी कुल २५ हजार ३ सय ४ जनाको सहभागीता रहेको छ ।
जसमा गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही, कपिलवस्तु लगायतका व्यवसायीक बाख्रापालक महिलाहरूको सहभागीतामा रहेको छ । महिला दिदी बहिनीहरूको सहभागीता हुने गरी उत्पादीत बाख्राको मासु प्रसोधन र बजारीकरण समेत हुने भएको कारण हेफर ईन्टरनेशनल नेपालले समेत प्राविधिक सहयोग गरेको थियो ।
बुटवल उपमहानपालिका र प्रदेश सरकारको लगानीमा निर्माण गर्ने भनिएको बशुबशाला बार्षौ देखि ‘एउटा टहरो मात्रै’ रहेको बेलामा हेफर ईन्टरनेशल नेपालको लगानीमा त्यसको डीपीआर देखि लिएर भारतबाट समेत प्राविधिक, ईन्जीनियर ल्याएर यसको माष्टरप्लान समेत निर्माण गरिएको थियो ।
हेफर ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तिर्थराज रेग्मीले महिला दिदी बहिनीहरूको सहभागीतामा उत्पादन देखि उपभोगसम्म चेनको रूपमा काम गर्ने गरी हेफरले प्राविधिक सहयोग गरेको र अहिले आएर आमुक एउटा कम्पनीलाईलाई सञ्चालनको जिम्मा दिनु बुटवल उपमहानरपालिकाले उद्यमी महिला र व्यवसायीहरू माथी ठाडो रूपमा अन्याय गरेको बताउँछन् । उनले महिला उद्यमीहरूको सहभागीता हुने भएको कारण हेफरले करिव ४ करोड बढिको प्राविधिक सहयोग गरेको दावी गर्दै अहिले आएर महिला दिदीबैनीहरूकै सहभागीता विना सञ्चालन गर्न लागीएकोले यसले दिगोपाना दिन नसक्ने बताए । उनले भने–‘महिला दिदी बहिनीहरूको उद्यमशिलता, केही प्रतिशत भएपनि नाफा उनीहरूकोमा जाअोस् भन्ने हेतुले हेफरले लगानी गरेको थियो, तर अहिले आएर यसरी एउटा आमुख कम्पनीलाई जिम्मा दिनु आफैमा गैरजिम्मेबारी काम हो, आगामी दिनमा बुटवल उपमहानगरपालिका संग सहकार्य गर्न सोच्नुपर्ने अवस्था आयो ।’
बुटवल मासु उत्पादन तथा प्रसोधन कम्पनी प्रालिका अध्यक्ष कृष्ण प्रसाद पौडेलले किसान, व्यवसायीहरूको लगानीलाई समेत ठाडो रूपमा अस्वीकार गरी बुटवल उपमानरपालिकाले चालेको कदम आफैमा गैरजिम्मेबारी पनाको पराकाष्ट भएको बताउँछन् । उनी भन्छन्–‘२५ हजार महिला दिदी बहिनीहरू, व्यवसायीबाट संकलन गरिएको १ करोड ९० लाख रूपैयाँ धरौटी स्वरूप २ बर्ष सम्म राखेर अन्तीममा आएर प्रक्रिया नपुगेको भन्दै ठेक्का सम्झौता रद्ध गरेको छ, जुन आफैमा गैरजिम्मेबारीको काम हो ।’
नगरपालिकाको १२ औ बैठकबाट ठेक्का स्वीकृत गर्ने र १३ औ अनुमोदन गर्ने गरी निर्णय भएकोमा वि.सं. २०८० जेठ ३ गते कार्यपालिकाको बैठकले बोलपत्र रद्ध गरेर पुनः आह्वान गर्ने निर्णय गरेको थियो । जसको निर्णय बारेमा प्रालिलाई वि.सं. २०८० असार ३ गते मात्रै ईमेल मार्फत जानकारी दिएको व्यवसायी बताउँछन् ।
रूपन्देही मासु व्यवसायी संघका अध्यक्ष चुरामणि घिमिरेले नगरपालिकाले सयौं किसान र व्यवसायीहरू माथि ठाडै नजर अन्दाज गरेको बताउँछन् । उनी भन्छन्–‘वि.स. २०८० असार ३ मा ३५ दिने सूचना जारी गरेको थियो, त्यो पुनारावोलन गर्नुपर्ने माग सहित जाँदा दर्ता समेत नगरी ईमेल र चिठ्ठी मार्फत दिएको निवेदन समेत नगरपालिको वास्ता गरेन ।’
रूपन्देही मासु व्यवसायी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड कम्पनीका अध्यक्ष नारायण बहादुर जिसीले अहिले बुटवल उपमहानगरपालिकाले ठेक्का दिएको कम्पनीमा व्यवसायीहरूले कुनै पनि साथ नदिने बताए । उनले भने–‘स्थानीयहरूमाथी धोखा दिएर नगरपालिकाले काठमाण्डौको कम्पनीलाई ल्याएर ठेक्का दिएको छु, जुन गलत छ, यसमा हामी व्यवसायीहरूको कुनै पनि साथ छैन ।’ २ बर्ष देखि ठेक्का रोकेर राखेर स –सानो पुँजीको रूपमा महिलाहरूले जम्मा गरेको रकम धरौटीको रूपमा चल्ती खातामा राखेर किसानको लाखौं रूपैयाँ समेत नोक्सानी नगरपालिकाले गरेको रूपन्देहीसामाजिक उद्यमी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष हुमादेवी पौडेल बताउँछीन् । उनले किसान बाट संकलन भएको स–सानो रकम लाई समेत नगरपालिको आशा मात्रै देखाएर अन्तीम समयमा आएर ठेक्का नै रद्ध गर्नु आफै किसान माथी गरिएको अन्याय भएको बताईन । उनले भनिन्–‘नगर प्रमुख खेलराज पाण्डेयलाई किसानका आँशु लाग्नेछन्, करोडौ रूपैयाँ को न व्याज, न कुनै किसानले पाए, हेफरको लगानी पनि यत्तीकै खेरा गयो ।’
बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिलाई ठेक्कामा दिने गरी पहिलो चरणको निर्णय गर्दा ३ वटा कम्पनीको विचमा प्रतिष्पर्धा गराएर प्रतिष्पर्धामा छनौट गरेको बुटवल उप–महानगरपालिकाले मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच सम्झौता गर्दा एउटा मात्रै कम्पनीलाई टेन्डर हाल्न लगाएर दिएको आरोप यस क्षेत्रका व्यवसायीहरूले गर्दै आएका छन् । बुटवल उपमहानपालिकाले वि.स. २०८० असोज २ गते मुक्तीनाथ लाइभस्टक बैंक लिमिटेड लाई वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रूपैयाँ मा ५ बर्षका लागि ठेक्कामा दिएको थियो ।
यता बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रूपमा स्थापित हुने र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने बताउँछन् । उनले बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन २०७९ पारित भए अनुसार ऐनअनुसार नयाँ टेण्डरको ठेक्का भएको बताए ।
बुटवलको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ । मुक्तिनाथ लाइभस्टक, मुक्तिनाथ कृषि कम्पनीका ८ वटा सहायक कम्पनीमध्येको एक भएको दावि कम्पनीको छ ।
‘नीजी स्तरबाट बधशाला बनाउँछौं’
लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिकाको लगानी र हेफर ईन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा निर्माण भएको बुटवल १० को पशु बधशाला पूर्व सम्झौता अनुसार उद्यमी महिलाहरू, व्यवसायीहरूको कम्पनीलाई नगरपालिकाले ठेक्का रद्ध गरेपछि नयाँ ढंगबाट नीजी स्तरमा पशु वधासाल बनाउने योजनामा व्यवसायी र महिला उद्यमीहरू लागेका छन् । साविक नै गठन गरिएको ३४ वटा सहकारी संस्था बाट निर्माण भएको ईन्भेष्टमेन्ट कम्पनी र मासु व्यवसायीहरूको लगानीमा हेफरईन्टरनेशनलको सहयोगमा नीजी स्तरबाट पशु बधासाल निर्माण गर्नेयोजनाको थालनी गरिएको बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिका अध्यक्ष समेत रहेका मासु व्यवसायी संघ रूपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पौडेलले बताए । उनले यसको लागि जग्गा पहिचान गर्न र वधशाला स्थापनाको लागि एकिन गर्न ७ सदस्यय समिति समेत गठन गरिएको जानकारी दिए ।
केही दिनमा नै समितिले यो विषयमा ठोस निर्णग गर्ने र सोही अनुसार काम अगाडि बढाउने उनको भनाई रहेको छ । जसको लागि प्रदेश सरकार, अन्य स्थानीय निकाय र हेफर ईन्टरनेशनलको समेत सहयोग माग गरिने उनले जानकारी दिए । उनले भने–‘बुटवल उपमहानगरपालिकाले बर्षाैंं लगाएर पनि बनाउन नसकेको योजना हेफरको प्राविधिक सहयोगमा मात्रै ५ बर्षमा अहिलेको अवस्थाको बनाउन सकेको हो, हामी २ बर्ष मा नै बधशाला बनाएर मासु व्यवसाय ऐन अनुसार पूर्ण मापदण्डको सञ्चालन गर्छाैं ।’