ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

लुम्बिनीको गरिमा घटाउने काम नहोस्

९ आश्विन २०८०, मंगलवार
९ आश्विन २०८०, मंगलवार

पछिल्लोसमय बुद्ध जन्मस्थल लुम्बिनीलाई विवादमा ल्याउने काम भैरहेको छ । शान्ति सहर लुम्बिनीलाई अशान्त वनाउने काम भैरहेको छ । चाहे त्यो उपाध्यक्षमा ल्हारक्याल लामाको नियुक्तीको विषय होस् या पछिल्लोपटक स्थानीय जनताको प्रतिनिधित्व गर्दै लुम्बिनी विकास कोषको बोर्ड सदस्यमा नियुक्त भएका विश्वराज पौडेललाई हटाउने बिषय होस्, लुम्बिनीलाई येनकेन विवादमा ल्याएर धमिलो पानीमा माछा मार्ने प्रयास भैरहेको छ । उपाध्यक्ष लामाले पत्रकार सम्मेलन नै गरेर लुम्बिनी विकास कोषमा अनियमितता रहेको जसरी दावी गरेका छन, त्यसरी नै उनले आफ्नो दावी प्रमाणित गर्ने साहस राख्नुपर्दछ । पछिल्लोपटक लामाको उपाध्यक्षमा नियुक्तीसंगै मायादेवी मन्दिरको रिडिजाइन र पुनःनिर्माण गर्न खोजिएको कुरा बाहिर आएको छ । त्यसमा असहमति जनाउने लुम्बिनी विकास कोषका बोर्ड सदस्य विश्वराज पौडेललाई पदबाट हटाइएको छ । उनको स्थानमा नयाँ बोर्ड सदस्य नियुक्त गरिएको छ । यसरी गलत कामको विरोध गर्नेलाई हटाउँदै जाने हो भने लुम्बिनीको भविष्य के होला ? उता स्थानीय संघ संस्थाले मायादेवी मन्दिरमा गर्न खोजिएको कामप्रति आपत्ति जनाएका छन् ।

लुम्बिनी बचाउ संघर्ष समितिले धार्मिक तथा पुरातात्विक महत्वको प्राचीन मायादेवी मन्दिरलाई रिडिजाइन र पुनःनिर्माण गर्ने कुरा स्वीकार्य नहुने बताएको छ । संघर्ष समितिका अध्यक्ष रामविकास चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै यही भदौ २४ गते काठमाडौमा बसेको लुम्बिनी बिकास कोषको मन्त्रीस्तरिय बैठकमा मायादेवी मन्दिरलाई रिडिजाइन र पुनःनिर्माण गर्ने निर्णय भएकोमा लुम्बिनीका स्थाीय जनताका लागि त्यो मान्य नहुने बताउँदै गर्दा लुम्बिनीलाई फेरी विवादमा तान्ने प्रयास भैरहेकोमा चिन्ता प्रकट गरिएको छ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार ग्रहण पछि मायादेवी मन्दिरको रिडिजाइन गरी पुनःनिर्माणका लागि आफूले व्यक्तिगत ७ करोड रूपैयाँ दिने घोषणा गरेका थिए । निश्चितरूपमा यसअघि पटकपटक विवादमा मुछिएका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्तीले लुम्बिनीको पहिचान, अस्तित्व र गरिमामाथि आँच पुग्ने हो कि भन्ने सर्बत्र चासो र चिन्ता छ । त्यो आशंकालाई उनले मायादेवी मन्दिरको लुम्बिनीबासीको मनोभावना विपरीत गर्न खोजेको रिडिजाईन र पुनर्निर्माणको कुराले झनै बल प्रदान गरेको छ । त्यसैपनि लुम्बिनीप्रति अगाध आस्था र झुकाव राख्ने करोडौं बौद्धमार्गीहरू उपाध्यक्षमा लामाको नियुक्तीलाई अस्वाभाविक मानिरहेका छन ।

त्यसमाथि पछिल्लो निर्णयले लुम्बिनीप्रति चासो र चिन्ता गर्नेहरूलाई झनै अन्यमनस्क तुल्याएको छ । लुम्बिनी बचाउ संघर्ष समितिले उपाध्यक्षले गरेका विभिन्न निर्णयहरूप्रति आशंका ब्यक्त गर्दै आएको छ । त्यसमाथि कोषको निर्णयमा असहमति जनाएकै नाममा पदबाटै हटाउनु दुर्भाग्यपूर्ण हो । लुम्बिनी विकास कोषले लुम्बिनीबासीको आस्थामा ठेस पुग्ने खालका एकपछि अर्को निर्णयहरू गर्दा विरोध गर्न बाध्य भएको बचाउ अभियानको निष्कर्ष छ । लुम्बिनीका स्थानीय वासिन्दा लुम्बिनीको विकासलाई लिएर धेरै पहिलेदेखि चासो र चिन्ता ब्यक्त आएका छन । लामा नेतृत्वको कोषको चार सदस्यीय सचिवालय बैठकले लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्यापक विरोध भयो । अव नागरिक स्तरबाट लुम्बिनीको समग्र विकास निर्माणप्रति चासो नराख्ने हो भने लुम्बिनीको गरिमा भत्काउने काम हुन सक्छ । तसर्थ लुम्बिनीको विकासमा लुम्बिनीका स्थानीय जनताको चासो र चिन्तालाई लुम्बिनी विकास कोषले ह््दयंगम गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?