ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बागलुङको तमानले मुहार फेर्दै

१७ श्रावण २०७५, बिहीबार
१७ श्रावण २०७५, बिहीबार

बागलुङको सबै भन्दा विकट क्षेत्र मानिने तमानखोला गाउँपालिकाले मुहार फेर्दै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा स्थानीय सरकारले विकासका निर्माणका कार्यहरु तिव्र गतिमा अगाडी बढाए पछि यहाँका दलित तथा जनजातिको जीवन शैलिमा परिवर्तन आएको पाईन्छ ।
साबिकका खुङ्खानी, बोङगादोभान र तमान ३ वटा गाउँ विकास समिति मिलेर बनेको तमानखोला गाउँपालिकामा जनजाति र दलित जातिको बाक्लो बसोबास छ । वर्तमान समयमा उनीहरु शिक्षा, स्थास्थ्य, यातायात लगायतको विकासको पूर्वाधारको नजिक पुगेका छन् ।
विकासको आयाम र आर्थिक शैक्षिक अवस्थाबाट सदियौँदेखि पछाडी पर्दै आएका दलित, जनजाति समुदायका मानिसहरु पछिल्लो समय हरेक कार्यमा चेतनशिल र विकासको माध्यमबाट समेत नजिक हुन पाएका छन् । परम्परादेखि १२ वर्ष उमेर नपुग्दै केटा केटी मिलेर विवाह गर्दथे । पछिल्लो समय त्यसलाई गाउँपालिकाले रोकेको छ । यसको लागि गाउँपलिकाले बालविवाह मुक्त पालिकाको निम्ती पहल कदमी चालेको तामानखोला गाउँपालिका प्रमुख जोकलाल बुढा मगरले बताए ।
केही वर्ष पहिलेसम्म ४÷५ कक्षासम्म अध्ययन गरेर बिचैमा विद्यालय छोडी विवाह गर्ने, विदेश जाने प्रवृती थियो । पछिल्लो समय यहाँका जनमानसमा चेतना हुँदै गए पछि आफ्ना बालबच्चालाई सानै उमेरमा विवाह गर्ने र पढाई रोक्ने क्रियाकलाप बिस्तार हट्दै जान थालेको छ ।
केही समयदेखि बुर्तिबाङ–खुङगा–बोङगादोभान हुँदै तमानसम्म सिधा सडक सञ्जाल जोडिए पछि स्थानीयको दैनिकीमा समेत परिवर्तन आउन थालेको छ । दैनिक उपभोग्य सामानहरु घोडा खच्चडको माध्यमबाट ढुवानी गर्ने गरेका स्थानीयहरुको सडक सञ्जाल जोडिए पछि यो सयस्या हटेको तमानखोला गाउँपालिका–३ का इन्द्र सिर्पालीले बताए ।
‘घोडा खच्चडमा दुवानी गर्दा महङ्गो मुल्यमा सामान किन्नुपर्ने बाध्यता थियो, अहिले गाउँमै सडक आएको छ । घोडा खच्चडमा ल्याउने समस्या पनि भएन, महङ्गीमा पर्ने समस्या पनि भएन’ सिर्पालीले भने । गाउँमै सडक पुगे पछि विहान बुर्तिबाङ आएका मानिसहरु यातायात सिधा सञ्चालन हुँदा साँझ सामान लिएर गाँउ फर्किन गर्दछन् ।
गत वर्ष तमानखोला गाँउपालिकाले शिक्षालाई व्यवहारीक र प्रभावकारी बनाउनका लागि यहाँका विभिन्न वडाहरुमा विद्यालय भवन निर्माण गरेको गाउँपलिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?