ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

विना टेन्डर ‘बुटवल कृषि बजार’

बुटवल उपमहानगरपालिका, कृषि विभागले समयमा नै चासो नदेखाउँदा ३ बर्षदेखि विना टेन्डर व्यवसायीहरूले व्यवसाय गर्दै आएका छन् । जसले सार्वजनिक खरिद ऐनको समेत धज्जी उडाएको छ ।
२२ भाद्र २०८०, शुक्रबार
२२ भाद्र २०८०, शुक्रबार

बुटवल, २२ भदौ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको त्रिपक्षीय सम्झौता अनुसार ‘बुटवल कृषि उपज थोक बजार’ सञ्चालन रहेको छ । २०६४ सालमा त्रिपक्षिय करार सम्झौता अनुसार निर्माण सुरु भई २०६७ साल भदौ २० गते देखि यो कृषि उपज केन्द्र सञ्चालनमा आएको हो । १ विघा ७ कठ्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्ययवसायीहरूले व्यवसायी गर्दै आएका छन् । यसको अलवा ३९ वटा टिनले छाएको ट्रष्ट बाहलमा जान सकेको छैन ।

तत्कालीन क्षेत्रीय कृषि निर्देशनालय पोखरा, बुटवल उपमहानगरपालिका र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ को त्रिपक्षिय सम्झौता अनुसार यो बजार सञ्चालनमा आएको छ । बर्षमा ३ करोड भन्दा बढिको आम्दानी गर्दै आएको यो कृषि उपज केन्द्र ३ बर्ष देखि ‘अवैध रूपमा व्यवसायीहरूले व्यवसाय गर्दै’ आएका हुन । कृषि उपज थोक बजार सञ्चालन कार्यविधि २०६८ अनुसार लगानी गरेका व्यवसायीहरूको लगानी बापतको रकम बाहल बाट कटौती हुने गरी १० बर्षको सम्झौता गरिएको थियो ।

सोही अनुसार २०७८ साल भदौ २० गते सम्म को सम्झौता भएको थियो । उक्त समयमा कोरोना कहरको कारण अर्को सूचना नभए सम्मको लागि व्यवसायीहरूको म्याद थप पर्ने तत्कालिन कृषि बजार सञ्चालक समिति ले गरेको थियो । कोभिडको कारण देखाउँदै थपीएको म्यादलाई लिएर अहिले पनि व्यवसायीहरूले विना सम्झौता उपभोग गरिरहेका छन् ।

बुटवल कृषि उपज थोक बजार सञ्चालन कार्यविधि २०७८ दफा ६ (३) अनुसार पहिलो बर्ष १० बर्षका लागि लुम्बिनी फलफूल तरकारी थोक व्यापारी संघको सिफारिस एवं समन्वयमा स्थान वितरण गरी ईजाजत दिने र सोको अवधि सकिएपछि पुनः स्थान वितरण गर्दा राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी बोलपत्र माग गरी बढिमा ५ बर्षको लागि अंक कबोल गर्ने व्यापारीलाई ईजाजत दिने कुरा उल्लेख छ । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कृषि विभागले भवन निर्माण गरिदिएको भएपनि यसको पूर्ण जिम्मेवारी बुटवल उपमहानगरपालिकाको नै रहेको छ ।

आफ्नो क्षेत्र भित्र रहेका सटर, भवनको नियमित रूपमा खुल्ला टेण्डरबाट भाडामा लगाउने गरेको बुटवल उपमहानगरपालिका महिनामा लाखौं भाडा आउने बुटवल कृषि उपज थोक बजार केन्द्रलाई खुल्ला टेण्डरमा जान नमानेको समाचार स्रोत बताउँछ । विना सम्झौता व्यवसायीहरूले ‘अवैध रूपमा ’ अहिले उक्त स्थानमा व्यवसाय गरिरहेका छन् । खुल्ला प्रतिष्पर्धाको आधारमा टेन्डर आह्वान गरेर अन्य व्यवसायीहरूले पनि प्रतिष्पर्धात्मक रूपमा सटर बाहलमा लिएर व्यवसाय गर्न पाउने अधिकार माथि नै खेलवाड भैरहेको बताइएको छ ।
बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषालले कोभिडको बेलामा सटरको बहाल सम्झौता सकिएको बताउँदै अहिले थप नभएको यसको लागि पहल जारी रहेको बताउँछन् । उनी भन्छन्–‘३ बर्ष देखि म्याद थपीएको छैन, कोभिडको बेला अर्को निर्णय नभए सम्मको लागि थप गरिएको भन्ने सम्झौता अनुसार व्यवसायीहरूले व्यवसाय गरिरहेका छन् । ’

सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि सार्वजनिक सम्पत्ती/सेवाको खरिद निश्चित अवधीको लागि खुल्ला टेन्डर मार्फत गनुपर्ने प्रावधानलाई बुटवलमा भने लत्याइएको छ । तत्कालिन क्षेत्रीय कृषि निर्देशनलयले यो बजारको विषयमा अपनत्व लिएको भएपनि संघीयता पश्चात कृषि बजार व्यववस्थापनको अधिकार स्थानीय तहमा आएको कारण अहिले प्रदेशको कृषि विकास निर्देशननालयबाट एकउ जना अधिकृत स्तरको कर्मचारी बजार व्यवस्थापक, १ जना नगरपालिका बाट र अन्य बजार सञ्चालक समितिले करारमा नियुक्ती गरेर राखेको छ । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बजारको कार्यक्रममा पटक पटक नै अर्को व्यवस्था नभए सम्मको लागि व्यवसायीलाई नहटाउने बताउँदै आएका छन् । बजार स्थापना दिवसको अवसमा आयोजना गरिएको कार्यक्रममा उनले भने–‘तत्काल अन्य व्यवस्था नभए सम्मको लागि यहाँका व्यवसायी हट्नु पर्दैन, यसमा तपाईंहरू ढुक्क हुनुस् ।’

राजधानी बाहिर पहिलो पटक सबैभन्दा ठुलो कृषि उपज केन्द्रको रूपमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र अहिले साँघुरो भएको छ । बुटवल उपमहानगरपालिकाको पहलमा निर्माण गरिने भनिएको सेमलार क्षेत्रको बुटवल–१५ कर्साघाटमा निर्माण गरिने भनिएको ‘बहुउद्देश्यीय कृषि बजार’ जग्गा प्राप्तीमै अल्झीएको छ । वडा कार्यालयबाट सिफारिस भएर भएर नगरपालिका बाट फाईल जग्गा प्राप्तीको लागि मन्त्रालय विभाग गएको र यसमा थप प्रगति हुन नसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?