ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

दोहरो सुविधा खाने जनप्रतिनिधिसंग सुविधा फिर्ता गर्न माग

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

सरकारबाट दोहोरो सुविधा लिने जनप्रतिनिधिहरुले सुविधा फिर्ता गर्नु पर्ने स्थानियबासीले माग गरेका छन् । रामग्राम नगरपालिकामा निर्वाचित दुई जना वार्ड अध्यक्ष अवकास प्राप्त कर्मचारी भएकोले सरकारबाट दोहोरो सुविधा (तलबभत्ता) खाईरहेको पाइए पछि सो सुविधा फिर्ता गर्नु पर्ने माग स्थानियले गरेका हुन् ।
५ नम्बर प्रदेश सरकारले प्रदेश राजपत्रमा स्थानिय तहका पदाधिकारी तथा सदस्यहको सुविधा सम्बन्धी ऐन २०७५ मा निर्माण गरेको ऐन छ । सो अनुसार निर्वाचित स्थानिय तहका पदाधिकारी एवं सदस्यहरुले सुविधा लिने व्यवस्था रहे पनि सरकारले सेवा निवृत्तिभरणको (पेन्शन) हकमा कुनै एक मात्र सुविधा लिने व्यवस्था गरेको छ । तर रामग्राम नगरपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष हरि प्रसाद उपाध्याय र वार्ड नम्बर ७ का वार्ड अध्यक्ष शिव शंकर हरिजनले दोहोरो पारिश्रमिक सुविधा लिएको भेटिए पछि सुविधा फिर्ता स्थानियले दवाव दिएका छन् । सरकारबाट दोहोरो सुविधा भोग गर्ने जनप्रतिनिधीले एक बर्ष देखि खाएको नगरपालिकाबाट पारिश्रमिक सुविधा फिर्ता गर्न सचेत नागरिकहरुले माग गरेका छन् । नगरका सचेत नागरिकहरुले प्रेस विज्ञप्ती जारी गर्दै दोहोरो सुविधा मध्ये एक सुविधा फिर्ता गर्ने र नगरको सवारी साधनहरुको दुरुपयोग रोक्नु पर्ने माग गरेका छन् ।
नागरिकले रामग्राम नगरपालिकाले वितरण गरेको नगर प्रुमुख, उपप्रमुख र वार्ड अध्यक्षहरुको सवारी साधन दुरुपयोग भएको आरोप लगाएका छन् । नगरले जनप्रतिनिधिहरुलाई कार्यालय समयमा कार्यालकायको कामकाज प्रयोजनका लागि दिएको सवारी साधन अधिकांश जनप्रतिनिधिहरुले साँझ विहान र विदाको दिन समेतमा सवारी साधनको निजी प्रयोग गरि दुरुपयोग गरेको आरोप लगाइएको छ । यस प्रदेश ५ मा रहेको विभिन्न स्थानिय तह र जिल्ला समन्वय समितिमा रहेका जनप्रतिनिधिहरुले लिने दोहोरो पारिश्रमिक सुविधा र सवारी साधनको दुरुपयोगलाई सम्बन्धित निकायले नियम गर्न सचेत नागरिकहरुले प्रदेश सरकार संग आग्रह गरेका छन् । स्थानिय तहमा हुने गरेको अनियमितता नहटेमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?