ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

व्यवसायले खायो असली तीज

भाषा परिवर्तन भएसँगै विभिन्न वर्ग समुदायका महिलाहरुले यो पर्व मनाउने स्वरुप उस्तै भएपनि तरिका फरक थियो । पहिला त जव मुलुकमा सशस्त्र द्वन्द्वको थालनी भयो । तव यो पर्वमाथि आक्रमण सुरुवात भएसंगै विकृतीको थालनी भएको संस्कृती सम्बन्धी जानकारहरु बताउँछन् ।
१० भाद्र २०८०, आईतवार
१० भाद्र २०८०, आईतवार

पाल्पा, १० भदौ ।

तिनाउ गाउँपालिका मस्यामकी डिल कुमारी दर्लामी तन्नेरी अवस्थामा पुराना तथा मौलिक गितहरु गाउने महिला हुन् । आफुसंगै मेला पर्व, उत्सव, समारोहमा गित गाउन पर्दा आफ्नै गाउँ आफ्नै जोडी भएको बताउने दर्लामी आज पनि पुराना र मौलिक गित भनेपछि हुरुक्क हुने बताउँछिन् ।

सानै उमेरमा रिब्दिकोट गाउँपालिका भैरवस्थानबाट घरजम गर्न पुगेकी दर्लामीको माइती गाउँमा समेत गित गाउने साथीहरु थिए । आफ्नै जोडी सबैले त्यतिबेला पनि पुराना र मौलिक गित गाएरै सबैलाई मोहित बनाएका २, ४ वटा गितहरु अझ पनि आफ्नै मानस पटलमा ताजा रहेको बताउँछिन् ।

गित संगित कसलाई पो मन नपर्ला, पुराना पुराना गितहरु तथ्यमा आधारित हुन्थे । भगवान सम्झेर गाउने प्रचलन थियो । गाउँमा मगर समुदायले मनाउने ठुलो नाच होस् या झ्याउरे, तीजको गितमा समेत धार्मिक हुन्थे । माया पिरतीका गित सभ्य र शिष्ट भाषामा हुन्थे । त्यही नै रमाइलो हुन्थ्यो । पुराना पुराना गित र समयलाई सम्झदा आजभोलि सपना जस्तै लाग्ने दर्लामीको साथी मिना कार्की बताउँछिन् ।

सानो उमेर हुँदा आमाको हात समाउँदै मामाघर गयो, तामा, बोडीको तरकारी, खाजा खायो अनि बेलुका वल्लो पल्लो घरका माहिलाहरु जम्मा भएर गित गाउने चलन थियो । त्यतिबेला गाउने गित र भाका अहिलेको नयाँ पुस्तालाई थाहा नै छैन । “त्यतिबेला पनि रमाइलो गर्ने प्रचलन अहिले भन्दा धेरै थियो । मादल पनि महिलाहरुले नै बजाउँथे । तीजको गितमा पुरुषको स्वर सुनिदैन थियो”– उनले भनिन् । तीज हिन्दु धर्मावलम्बी महिलाहरुको मुख्य पर्व हो । पहिले पहिले पनि महिलामाथि हुने दमन शोषण, विभेदलाई शब्दमा उनेर प्रस्तुत गर्दा सुन्नेहरुका पनि आँखा रसाउँथे । त्यसैगरी कुनै घटना वा दुर्घटनालाई शब्दमा उनेर तीजको भाकामा प्रस्तुत गर्ने चलन थियो । त्यतिबेलाको तुलनामा आजभोलि विकृती नै फैलिएको पुरानो पुस्ताकी कमला ज्ञवाली बताउँछिन् ।

पहिले त जनै पूर्णिमाबाट टोल छिमेकका महिला दिदी बहिनीहरु जम्मा भएर गित गाउने चलन थियो । अहिले जस्तो थिएन । यसलाई धार्मिक महत्व कायम राख्दै भगवान श्री कृष्णको न्वारन भएको दिनको प्रतिकका रुपमा कृष्ण सम्बन्धी गितहरु गाइन्थ्यो । तीजको दिन भगवान शिवको पुजा गर्ने हो । ऋषि पञ्चमीका दिन सप्तऋषिको पुजा गर्ने हो । त्यसरी तीज पर्व मनाएकी तानसेन बजारकी विमला नेपाल आजभोलि पर्व मनाउने प्रचलनसँगै पर्व मनाउने तरिका परिवर्तन भएको बताउँछिन् । सांस्कृतिक पर्वका रुपमा मनाइने पर्व हो तीज । हाम्रो सभ्यता र संस्कृतिलाई विकृतीले नराम्रोसँग प्रभावित बनायो । आजभोलि बजारमा खोलिएका पाटी प्यालेसमा दर खाने, माछा मासु बिना दर नहुने, गित पनि पुरुषले गाउन थाले । गित पनि पश्चिमेली संस्कृतिको शैलीमा गयो । साउने संक्रान्तीको दिनबाट बजारमा आएका गितहरु बजाउन सुरु भयो । “बेलुका दिदी बहिनी जम्मा भएर गित गाउने चलन नै हरायो”– उनले भनिन् ।

आधुनिक विकासको क्रमसँगै सांस्कृतिक पर्व मनाउने तरिकामा परिवर्तन भयो । पश्चिमी संस्कृति भित्रिएसँगै तीज पर्वलाई नराम्रोसँग प्रभावित बनायो । विवाहित महिला तीज पर्व मनाउन भनेर माइत जाने हो । महिलाहरुका लागि यो पर्व पुनर्मिलनको अवसर पनि हो । तर पछिल्लो समयमा पुरानो संस्कृति नै हरायो । जव हाम्रो मुलुकलाई धर्म निरपेक्षता बनाइयो, त्यसैबाट विकृती आयो र संस्कृति हराएको संस्कृतिका जानकारहरु बताउँछन् ।

भाषा परिवर्तन भएसँगै विभिन्न वर्ग समुदायका महिलाहरुले यो पर्व मनाउने स्वरुप उस्तै भएपनि तरिका फरक थियो । पहिला त जव मुलुकमा सशस्त्र द्वन्द्वको थालनी भयो । तव यो पर्वमाथि आक्रमण सुरुवात भएसंगै विकृतीको थालनी भएको संस्कृती सम्बन्धी जानकारहरु बताउँछन् ।

भाद्र कृष्ण अष्टमीको दिन त्रेता युगमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई पनि उत्तिकै सम्मान पुर्वक मनाउने चलन थियो । यो पर्वलाई पनि मौलिक रुपमा मनाउने पुराना पुस्ताहरु आज पनि छन् । पुराना पुस्ताले आजभोलि मनै नपराए पनि नयाँ पुस्ताले बनाएको बाटोमा हिंड्नु परेको छ । तर आत्माले अहिलेको तौर तरिकालाई स्वीकार्न नसक्ने पुराना पुस्ताको भनाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission