ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न
सुस्ता चिस्यान केन्द्रः

चिस्यान केन्द्र बन्यो, उपकरण कहिले ?

झण्डै पाँच करोडको लगानीमा चिस्यान केन्द्र बनाउने सहमति प्रदेश सरकार र गाउँपालिकाको भएको थियो ।
३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

नवलपरासी, ३१ साउन ।  जिल्लाको सुस्ता स्थित बन्दै गरेको चिस्यान केन्द्र (कोल्ड स्टोर) भवनको निर्माण कार्य सम्पन्न भए संचालनमा आउन सकेको छैन । संचालनमा नआउनुमा परियोजना पूर्णरूपमा सम्पन्न नभएको दाबी पालिकाको छ । भवनको काम सकिए पनि विद्युत जडान, सुरक्षागार्ड, लोडअनलोड गर्ने स्थान, कार्यालय सञ्चालन तथा कम्पाउण्डवाल लगायतका धेरै काम बाँकी नै रहेको पालिकाको भनाइ छ । पालिकाका अनुसार चिस्यान केन्द्र परियोजना पूर्ण रूपमा सम्पन्न भइसकेपछि मात्रै संचालनमा आउनेछ ।

गण्डक, सुस्ताका विभिन्न विषयको अध्ययन अवलोकन गर्ने क्रममा जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती यादव सो चिस्यान केन्द्र समेत अवलोकन गरेका छन् । उक्त क्रममा चिस्यान केन्द्रको अवस्थाबारे गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा बन्ने लागेको उतm चिस्यान केन्द्रको सबै काम सम्पन्न हुन सकेको छैन्, चिस्यान केन्द्रको भण्डार गृहको काम सम्बन्धित ठेकेदारले सकाएको देखाउँदै उनले भने,–‘विद्युत जडान भइनसकेको अवस्थामा सो चिस्यान केन्द्रको समान्य परिक्षण समेत भएको छैन् ।’ भवनको वरिपरि थुप्रै ब्यवस्थानका कार्य बाँकी रहेको अध्यक्ष उपाध्यायले जिसस प्रमुख यादवलाई जानकारी गराएका थिए ।

झण्डै पाँच करोडको लागनीमा चिस्यान केन्द्र बनाउने सहमति प्रदेश सरकार र गाउँपालिकाको भएको थियो । सोही अनुसार पहिला चिस्यान केन्द्रको निर्माणका लागि टेण्डर आह्वान भयो । टेण्डर परेका ठेकेदारले चिस्यान केन्द्र भवन बनाई दिए । बाँकी काम अझै हुन नसक्दा चिस्यान केन्द्र सञ्चालनमा आएन भन्ने उठ्ने जिज्ञासा प्रति आफ्नो प्रतिकृया दिँदै अध्यक्ष उपाध्यायले थपे, गाउँ पालिकाले सीमित साधन स्रोतले प्रत्येक बर्ष काम गर्दै आएको छ । अहिले विद्युत जडानका लागि ट्रान्सफर्मर ल्याइएको छ । त्यसको प्रकृया अगाडि बढदै छ । प्रदेश सरकारका अनुदान र योजना लिँदा पनि धेरै जसो भार गाउँपालिका माथी नै पर्ने गरेको छ । गाउँपालिकाको आफ्नो आन्तरिक स्रोत कम नै छ । बाहिरबाट आउने अनुदान अधिकांश ससर्त नै रहेको छ । त्यसले पनि सोंचे अनुसार काम सम्पन्न गर्नका समस्या रहेको उनले औंल्याएका थिए । प्रदेश

सरकारले चिस्यान केन्द्र अनुदान मात्रै नभई पुरै परियोजना प्याकेजमा पनि लगानी बढाउन पथ्र्यो, तर थप लगानी प्रदेशबाट हुन सकिरहेको छैन । चिस्यान केन्द्र छिटो भन्दा छिटो होस भन्ने चाहना किसानको मात्रै नभई गाउँपालिकाको पनि रहेको उनले सुनाए । तर सोचेर मात्रै हुँदैन, पुग्दैन, साधन स्रोतको उचित ब्यवस्थापन गर्न चुनौती रहेको छ । तर पनि प्राथमिकतामा नै राखेर गाउँपालिकाले काम गर्दै आई रहेको दाबी गर्दै उनले गाउपालिकाले छिट्टै यसलाई सञ्चालनमा ल्याउनका लागि गृहकार्य गरिरहेको छ ।

चिस्यान केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका किसानलाई आफ्नो उत्पादन, आलु तरबुजा, केरा तथा विभिन्न बालीका विउहरूलाई पनि सुरक्षित भण्डारण गरि राख्न सक्ने अवस्था बन्ने छ । दुर्गम क्षेत्रमा यसरी चिस्यान केन्द्र बन्न लाग्नु जिल्लाकै लागि उपलब्धी भएको जिसस प्रमुख यादवले बताएका थिए । उनले जति सक्दो छिटो चिस्यान केन्द्र सञ्चालनमा ल्याउनका लागि गाउँपालिकाले काम गरोस भन्ने सुझाव दिएका दिएका थिए । सञ्चालन प्रकृयामा आउने जटिलताका लागि जिससले समन्वयकारी भूमिकाका लागि सदैव तयार रहेको आश्वास्त पारेका थिए । चिस्यान केन्द्र सुस्ता गाउँपालिकाको वडा नं.४ मा निर्माणाधिन चिस्यान केन्द्रको क्षमता ५ सय मे.ट.भए पनि ९ सय मे.ट.सम्म राख्न सक्ने दाबी सम्बन्धित ठेकेदारले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?