ट्रेंडिंग:

>> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला

होमस्टेले यसरी फेरियो पूर्व कमैयाको जीवनस्तर

जमिन्दारको खेत अँधिया लगाउँदा यसअघि उनीहरु सँधै खेतबारीमै ब्यस्त हुन्थे । अहिले छोराछोरी सबै विद्यालय जाने र आफुहरु होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त भएर अँधिया पनि लगाउन छोडिसकेका छन् । दंगाली होमस्टे सञ्चलन गरेकी फूलमति थारु भन्छिन् ‘आफ्नै खेतमा पनि खेती गर्ने समय छैन, अव अँधिया खेती गर्ने त कुरै छैन ।’
२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

नेपालगञ्ज, २७ असार ।

बाबुराम थारुले बाँकेको गाभर फाँटमा होमस्टे सञ्चालन गरेको करिव ७ बर्ष पुग्न लाग्यो । सुरुवात गरेदेखि पाहुना झन् झन् बढ्दै गएका छन् । ‘पाहुना आउनुहुन्न भन्ने दिन नै छैन, नेपालगञ्ज, कोहलपुर, बुटवल, नवलपरासी र पश्चिम धनगढीका पहुनाले समेत सेवा गर्ने अवसर दिईरहनुभएको छ,’–बाबुराम भन्छन् ।

सुरुमा आफ्नो घर अगाडि विश्वकै ठूलो चराका रुपमा चिनिने अस्ट्रिच फार्म खुलेपछि टाढाटाढाबाट हेर्न आउनेको संख्या बढ्दै गएको देख्दा बाबुराम थारुले नमुना थारु होमस्टे सञ्चालन गर्ने योजना बनाए । दुई कठ्ठा मात्र जग्गा भएपनि त्यसैमा होमस्टे सुरुवात गरेको बबुरामले बताए । अस्ट्रिच फार्म सञ्चालनमा आउँदा घर वरिपरि अडहर छरेको थियो । उनले भने –‘मैले अडहर मासेर होमस्टे बनाउँदा गाउँलेले दाल खाने अडहर मासेर बौलायो भन्थे, अडहर फालेर अहिले त्यो भन्दा धेरै अडहर कमाईसकेँ दाल पनि धेरै खाईसकेँ र आम्दानी पनि राम्रै भइरहेको छ ।’

पछिल्लो समय होमस्टेमै ठूला कार्यक्रम, पार्टी, सेमिनार गर्ने माग बढ्दै गएकाले दुई कठ्ठामा सञ्चालन गरेको नमूना थारु होमस्टेले धान्न मुस्किल भएको बाबुरामको भनाई छ । ‘होमस्टेकै आम्दानीबाट मिनीगाभर भ्यालीमा जग्गा खरिद गरेर हाल ८० लाख लगानी गरेर ठूलो हल र पार्किङको ब्यवस्था सहित गत बैशाखदेखि अर्को होमस्टे सञ्चालन गरिरहेको छु’, उनले भने । उनी एक्लैले नभ्याएर तीनजना युवालाई आफ्नो होमस्टेमा रोजगारी समेत दिएका छन् । आमाबुवाले विगतमा जमिन्दारको जग्गा जोतेर कमैयाको रुपमा दुःख गरे पनि होमस्टेले अहिले आफ्नो अवस्था फेरिएको बाबुरामको भनाई छ । पुरानो होमस्टे भाईलाई जिम्मा दिएर नयाँ होमस्टे विस्तार गरेको बाबुराम बताउँछन् ।

बाँकेको बैजनाथ गाउँपालिका –१ गाभर फाँटका डम्बर बहादुर थारु पनि कुनै दिन जमिनदारको जग्गामा अँधिया खेती गरेर जमिनदारकै चाकडीमा समय बिताउँथे । अहिले उनी आफ्नै घरमा सञ्चालन गरिएको होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त छन् । उनको लागि होमस्टे नै आयआर्जनको राम्रो स्रोत बनेको छ । सम्पत्तिको नाममा यसअघि माटोको घरसँगै दुई कठ्ठा ऐलानी जग्गा मात्र रहेको बताउने डम्बरले अहिले १२ कठ्ठा नम्बरी जग्गा खरिद गरिसकेको प्रगति सुनाउँछन् । उनी भन्छन् –‘होमस्टेकै आम्दानीबाट दुई छोराको नममा ४÷४ कठ्ठा र मेरो नाममा पनि ४ कठ्ठा जग्गा जोडेका छौं, अहिले सबै परिवार होमस्टेमै भ्याईनभ्याई छ ।’

उमेरले ७० बर्ष पुग्न आँटेका डम्बरलाई जीवनको उर्जावान समय जमिन्दारको चाकडीमा खेर फालेकोप्रति पछुतो छ । ‘२८ बर्ष सम्म जमिनदारको चाकडी गरेँ केही उपलब्धि भएन, अहिले आफ्नै घरमा रमाउने बेला बुढेसकालले छोयो,’–जमिन्दारको घरबाट कमैया मुक्त भइसकेपछि पनि आफ्नो जग्गा नभएकाले जमिन्दारको जग्गा अँधिया लगाएर परिवार पालेको तीतो अनुभव सुनाउँदै उनले भने– ‘जमिन्दारको घरमा सबै काम अँधिया लगाउनेले नै गर्नुपर्ने हुन्थ्यो, कमैया जस्तै काम गरिरहनु पर्दथ्यो, धेरै दुःख थियो ।’

आमाबुवा दुवैजना जमिनदारको घरमा कमैया कम्लहरीको रुपमा काम गर्दा आफू सानैदेखि भारतको विभिन्न स्थानमा मजदुरी गर्न जाने गरेको डम्बरका जेठा छोरा बालकृष्ण थारुले विगतको अवस्था सुनाउँछन् । विगत ६ बर्षदेखि दङ्गाली अर्गानिक होमस्टे सञ्चालनमा ल्यएपछि उनको परवारमा कसैलाई पनि रोजगारीको लागि घरबाहिर जानुपरेको छैन ।

जमिन्दारको खेत अँधिया लगाउँदा यसअघि उनीहरु सँधै खेतबारीमै ब्यस्त हुन्थे । अहिले छोराछोरी सबै विद्यालय जाने र आफुहरु होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त भएर अँधिया पनि लगाउन छोडिसकेका छन् । दंगाली होमस्टे सञ्चलन गरेकी फूलमति थारु भन्छिन् ‘आफ्नै खेतमा पनि खेती गर्ने समय छैन, अव अँधिया खेती गर्ने त कुरै छैन ।’

फूलमतीका श्रीमान बुझावन थारु पहिले अँधिया खेती सकेर खाली समयमा मजदुरी गर्न नेपालका पूर्वी जिल्लाका साथै भारत सम्म पुग्ने गर्दथे । अहिले होमस्टे सञ्चालन गरेर घरमै आयआर्जन गर्न पाउँदा खुसी लागेको बताउँछन् । पहिले आय आर्जनको कुनै स्रोत थिएन, उनले भने –‘नेपालमा मजदुरीको काम नपाउँदा भारत पनि गइन्थ्यो, अहिले पाहुनाको स्वागत गर्न ठिक्क छ ।’

जमिन्दारको जग्गा अँधिया जोत्ने भनेरै दाङबाट बाँकेको बैजनाथ १ गाभर फाँटमा झरेका जग्गाविहीन तीन परिवार अँधिया खेती गरेर जीवन धान्दै आएका थिए । अहिले तीनै परिवार होमस्टेको मालिक भएर आयआर्जन गरिरहेका छन् ।

होमस्टेमा आउने पाहुनालाई उनीहरुले थारु परिकार ढिक्री, लोकल कुखुराको मासु, घोंगी, आलु र सिन्कीको अचारले स्वागत गर्ने गरेको बताउँछन् । थारु परिकारको स्वाद मन पराएर एकपटक आएर गएका पाहुनाहरु धेरैपल्ट आईराख्ने गरेको होमस्टे सञ्चालक बाबुराम बताउँछन् ।

ब्यक्तिगत लगानीमा तीन पूर्व कमैया परिवारले सुरुवात गरेको होमस्टेबाट राम्रो आम्दानी भएको देखेर हाल थप तीन परिवारले पनि होमस्टे सञ्चालन गरिरहेका छन् । ६ परिवारले छुट्टाछुट्टै होमस्टे सञ्चालन गरे पनि पाहुना एकैचोटी धेरै आउँदा सबैले बाँडेर बसाल्ने गरेका छन् ।

अस्ट्रिच फार्मकै कारण मिनीगाभर भ्यालीमा होमस्टे सञ्चालन भए पनि हाल अस्ट्रिच फार्ममा दुईवटा मात्र अस्ट्रिच रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि होमस्टे स्थापनामा बल पु¥याएको पूर्व कमैयाहरु बताउँछन् । पूर्व कमैया परिवारले ७ वर्ष अघि सुरु गरेका सबै होमस्टे अहिले आत्मनिर्भर भइसकेका छन् । होमस्टेमा आउने पाहुनाहरु अस्ट्रिच फार्म अवलोकन गर्नुका साथै नजिकैको सामुदायिक वनमा घुमफिर गर्ने र जंगल सफारीको ब्यवस्था समेत रहेको होमस्टे सञ्चालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?