ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

तीन मन्त्रालयको भारी बोक्दै मुख्यमन्त्री, मन्त्रीबिनाका मन्त्रालयमा भने समस्या

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

बुटवल, २५ साउन ।

एमालेका लीला गिरीलाई बिस्थापित गर्दै १४ बैशाखमा माओवादी केन्द्रको प्रस्तावमा मुख्यमन्त्री नियुक्त भएका डिल्लीकुमार चौधरीले मन्त्रिपरिषदलाई पूर्णता नदिइकनै सय दिन कटाए । यसबीचमा सरकार बिस्तारमा पटक पटक प्रयास गरेपनि उनी टुंगोमा पुग्न असफल देखिएका छन् ।

मुख्यमन्त्री चौधरीले तीनवटा मन्त्रालयको भारी बोक्दै आएको सय दिन पुगेको छ । हाल १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालिरहेका छन् । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । उनले तीनवटा मन्त्रालयको भारी बोक्दा विभागीय मन्त्रालयको काम कारवाहीमा भने कठिनाई हुने गरेको छ ।

प्रदेशको समग्र शान्ति सुरक्षा, आर्थिक संकट समाधान, जनजिविकाका समस्या समाधान, विकास, समृद्धि, भौतिक पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने मुख्यमन्त्री मन्त्रालयको भारी बोकेर हिंड्नु परेको छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ दुई वटा मन्त्रालय बनाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय विभाजन गर्ने गृहकार्य भइरहेको छ । नयाँ मन्त्रालय विभाजन गर्ने भनिए पनि यसको भागबण्डाबारे भने अझै टुंगो लाग्न सकेको छैन ।

यसअघि भएकै सहमति बमोजिम नै मन्त्रालय विभाजन गर्ने तयारी गरिएको माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजीत थारुले बताए । अहिले भएकै मन्त्रालय बाँडफाँडमा समेत दलहरुबीच सहमति बन्न नसकिरहेका बेला मन्त्रालय विभाजन गर्दा भागबण्डा मिलाउन थप सकस् पर्ने देखिन्छ ।

काँग्रेसबाट दलबहादुर राना, विश्वप्रेम पाठक, भुवनेश्वरी चौधरी, धनेन्द्र कार्की, निमा गिरी लगायतले मन्त्री बन्नका लागि तीव्र लविङ गरिरहेका छन् । माओवादीले भने कृष्णा केसी र दिपेन्द्र पुनलाई मन्त्रीका लागि सिफारिश गरिसकेको छ ।

अहिले भागवण्डा हुन बाँकी तीन मन्त्रालयमध्ये कांग्रेसलाई दुई र माओवादीलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी रहेपनि माओवादीले भने थप दुई मन्त्रालयमा आफ्नो दाबी छोडेको छैन । पूर्वसहमति अनुसार तीन मन्त्रालय माओवादीले माग गर्दै आएको छ । सरकारमा सहभागी हुँदा कांग्रेस चार र माओवादीलाई तीन मन्त्रालय दिने पूर्व सहमति थियो ।

गृहमन्त्री सन्तोषकुमार पाण्डेले भने अव छिट्टै नै मन्त्रिपरिषदे पूर्णता पाउने दावी गरे । ”आन्तरिक समझदारी बनिसकेकोले मन्त्रिपरिषदले अव छिट्टै नै पूर्णता पाउँछ”–उनले भने । लुम्बिनी प्रदेशमा अहिले नेपाली कांग्रेसले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालय, माओवादीले अर्थ मन्त्रालय, लोसपाले गृहमन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार मन्त्रालय, जसपाले कृषि तथा भूमि सुधार मन्त्रालय र जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाएका छन् ।

सरकारलाई समर्थन गरेका नेकपा एस र जनमोर्चालाई भागबण्डा पुगेको छैन । उनीहरूलाई संसदीय समितिमा जिम्मेवारी दिने गरी पनि छलफल भएको छ । छ वटा संसदीय समितिको नेतृत्वका लागि सत्तारुढ दलले समझदारी गरेको अवस्था छ । दुई विपक्षी एमाले, तीन कांग्रेस र माओवादी तथा एक साना दलबाट सहभागिता गराउने अनौपचारिक समझदारी बनेको छ ।

बजेट कार्यान्वयन गर्ने समयमा विभागीय मन्त्री नहुँदा बजेट खर्च गर्ने कुरामा समस्या देखिन थालेको कर्मचारीहरु बताउँछन् । वन तथा वातावरण मन्त्रालय प्रशासन महाशाखा प्रमुख केशव अर्यालले विभागीय मन्त्री नहुँदा मन्त्रालयका काम गर्न कठिनाई हुने बताए । “अव पनि मन्त्री नियुक्त नहुने हो भने झनै समस्या हुन्छ”–उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?