ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

साउनमा मल पाउँदा किसान दङ्ग !

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

बाके, १५ साउन ।  बैजनाथ गाउँपालिका–४ का दिलबहादुर ओलीले एकबोरा डिएपी मल स्थानीय सहकारीबाट घर लगे । बिहान दश बजे सहकारीमा लाइन लागेका उनले एघण्टामै मल पाए । गत वर्ष जस्तो एकहप्ता पालो पर्खिनु परेन । उनी भन्छन्,–‘खेत रोप्ने बेला अहिले पनि मल पाइदैन की भन्ने तनाव थियो तर त्यस्तो भएन ।’

बाँकेमा रासायनिक मल सहजरूपमा उपलब्ध भएपछि कृषकहरू रित्तो हात घर फर्किनुपरेको छैन । जग्गाधनी पूर्जा र अधिया लगाउनेले जग्गा धनीको सिफारिसका आधारमा डिएपी र रासायनिक मल पाइरहेका छन् । निगरानी नहुँदा आवश्यकता नभएकैले मल लिने र बेचबिखन समेत हुन सक्ने भएकाले सहकारी वितरणको जिम्मा पाएको सहकारी र स्थानीय तहले नियमनलाई कडाईका साथ लागू गर्नुपर्नेमा भने देखिएको छ ।,
बाँकेमा यतिबेला धानका लागि रासायनिक मलको वितरण धमाधम भइरहेको छ । स्थानीय तहको सिफारिसका आधारमा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशनले सहकारीलाई मल वितरणको ‘डिलर’ तोक्छ । यसरी सहकारीले सर्बसाधारणलाई मल वितरण गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाका कृषि शाखा प्रमुख अम्बिका रिजाल बताउँछिन् । सूचिकरणमा परेका सहकारीलाई साल्ट ट्रेडिङ र कृषि सामाग्री केन्द्र मार्फत मल उपलब्ध गराइन्छ ।

वितरण प्रक्रियासम्म प्रत्यक्ष चासो राख्ने सम्बन्धित निकायले त्यसपछि भने खरिद गरेर लगेको मल उपयोग भयो कि भएन भनेर चासो राखेको पाइदैन । जसले गर्दा अभावपछि प्राप्त भएको मल दुरूपयोग हुने खतरा देखिएको छ । त्यसलाई नियमन गर्न संयन्त्र निर्माणको खाँचो देखिएको सरोकारवाला निकायका अगुवा बताउँछन् ।

कृषि सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रमेश पौडेलका अनुसार, बाँकेमा आर्थिक वर्ष २०७९/०८० मा १ सय ७ वटा सहकारी मार्फत एक हजार ४ सय ५८ मेट्रिक डिएपी, दुई हजार ५ सय ५० मेट्रिक टन युरिया र एक सय १७ टन पोटास वितरण गरिसकिएको छ । हाल उसंग ७० मेट्रिक टन युरिया, पच्चिस टन डिएपी र ६० टन पोटास स्टक रहेको छ । ‘गत वर्ष जस्तो यसपाली मल पाइएको छैन भनेर कृषक आउनुभएको छैन ।’ प्रमुख पौडेलले भने,–‘बाँकेमा हामीसंग मल स्टक पनि छ र थप मल आउँदै छ ।’ नियमनका सम्बन्धमा प्रतिक्रिया दिदै कार्यालय प्रमुख पौडेलले सहकारी र स्थानीय पालिकाले नियमनको पाटोलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको बताए ।

उनले भने,–‘अभावकाबीच पाएको मलको सही सदुपयोग हुनुपर्छ । त्यो वातावारण बनाउन सहकारी स्वंय र पालिकाको संयन्त्र प्रभावकारीरूपमा लाग्नुपर्छ ।’ मल नपाएको र दुरूपयोग भएका गुनासाहरू पालिका मार्फत वा स्वंय प्रमाण सहित आएका आफूहरूले आवश्यक कारवाही गर्ने पौडेलले जानकारी दिए । उनले भने,–‘त्यस्तो अवस्थामा डिलर खारेज गर्नेसम्मका कारवाही हुन्छ तर पहिलो प्रमाण सहित बिषयहरू आउनुपर्यो।’ कार्यालय प्रमुख पौडेलले जिल्लामा मलको समान वितरण होस् भन्नका लागि एकै ठाउँमा मल स्कट गर्न नदिइएको बताउँछन् । उनी भन्छन्,–‘नेपालगन्जका कृषक सबैले पाउने तर नरैनापुरले नपाउने अवस्था नआओस् भन्नका लागि हामी सचेत छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?