ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

स्थानीय तहको कार्यसम्पादन स्वमूल्यांकनमा समेत कमजोर

६ फाल्गुन २०७८, शुक्रबार
६ फाल्गुन २०७८, शुक्रबार

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पूरा हुनै लागेको छ । संविधान अनुसार आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिएको छ । आफ्नो पाँच वर्षे कार्यकाल पूरा हुनै लाग्दा समेत स्थानीय तहहरुमा संस्थागत कार्यक्षमता कमजोर देखिएको छ । यद्यपि स्वमूल्यांकन पद्दतिले पालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र जवाफदेही बनाउने स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् ।

स्वमूल्यांकन पद्धतिले अन्य पालिकासँग पनि प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उनीहरुको बुझाई छ । महानगर र गाउँपालिका बीच स्रोतसाधन पहुँचका आधारमा तुलना गर्न नसके तापनि विषयगत क्षेत्रका आधारमा नतिजा विश्लेषण गर्दा गाउँपालिका महानगर भन्दा उत्कृष्ट हुनसक्ने सम्भावना रहन्छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी भन्छन्–“यसले पालिका–पालिकाबीच प्रतिष्पर्धात्मक क्षमताको विकास मात्र गर्दैन, उत्कृष्ट पालिका बनाउन ठूलो सहयोग पुग्छ ।”

उनका अनुसार स्वमूल्यांकन विधीले पालिका–पालिकाबीच कार्यसम्पादनमा प्रतिष्पर्धाको विकास गराउँछ । “यसले एक आपसमा प्रतिष्पर्धात्मक क्षमताको विकास गराउँछ, त्यसले यसलाई विकासमा भएको प्रतिष्पर्धाको रुपमा हेरिनुपर्छ”–उनको भनाई छ ।

तर उनले भने झै पालिकाहरुले प्राप्त गरेको नतीजालाई आधार मान्दा प्रतिष्पर्धाको क्षमता विकास गरेको देखिएको छैन । कार्यसम्पादनमा अझै पनि पालिकाहरु कमजोर देखिएको स्वमूल्यांकनको नतीजाले देखाउँछ । “आफै मूल्यांकन गर्दा आगामी वर्षहरुमा गरिने सेवा प्रवाह अझै राम्रो गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ, नतीजामा प्राप्तांक कम आयो भन्दैमा यो नै अन्तिम मूल्यांकन हुन सक्दैन”–सुवेदी भन्छन् ।

कार्यसम्पादनको समग्र नतीजा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हालै प्रकाशित “स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन” को आर्थिक वर्ष २०७७÷७८ को नतिजाअनुसार लुम्बिनी प्रदेशमा स्थानीय सरकारहरुले कार्यसम्पादनमा औषत ६४.८७ प्रतिशत अंक प्राप्त गरेका छन् । उनीहरुले समग्र स्थितिमा ६६.३३ प्रतिशत, प्रक्रियागत स्थितिमा ५९.४३ प्रतिशत र परिणात्मक स्थितिमा ६८.३ प्रतिशत अंक पाएका छन् । यीमध्ये ६ वटा पालिकाले त ५० प्रतिशत भन्दा कम अंक पाएका छन् । यसले गाँउका सिंहदरबार कहलिएका हाम्रा स्थानीय सरकार जसोतसो मात्र चलेका छन् भन्ने बताउँछ ।

नयाँ शासकीय व्यवस्था, सीमित स्रोत साधन, शासकीय अनुभवको कमी आदि जस्ता चुनौती पार गर्दै पहिलो निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालमा स्थानीय सरकारलाई संस्थागत गरी सुशासन कायम गर्नका लागि प्रशस्त ऐन कानुन, मापदण्ड, निर्देशिका र कार्यविधि तर्जुमा भएका छन ।

लुम्बिनी प्रदेशका अधिकांश पालिकाले आफै या अन्य विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा आवधिक योजना, एकीकृत सहरी विकास योजना, दीर्घकालीन विकास योजना आदि जस्ता विभिन्न योजना दस्तावेज, भू–उपयोग योजना, गुरुयोजना, मुख्य रणनैतिक योजनाको विस्तृत आयोजना प्रतिवेदन समेत तर्जुमा गरेका छन् । राजस्व सुधार कार्ययोजना तर्जुमामार्फत आफ्नो आन्तरिक स्रोतको अभिवृद्धिका लागि काम गरेका छन ।
तर पालिकाहरुले संस्थागत क्षमता मूल्यांकन कार्यविधिको भने उल्लंघन गर्ने गरेका छन् । प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र संस्थागत स्वमूल्यांकन सम्पन्न गरिसक्नुपर्ने प्रावधान भएपनि माघ अन्त्यसम्म पनि लुम्बिनी प्रदेशका ३३ वटा स्थानीय तहले स्वमूल्यांकन सम्पन्न गरेका छैनन् ।

पालिकाहरुले स्वमूल्यांकनको नतिजा माघको पहिलो हप्ताभित्र आआफ्ना वेबसाइट र सूचनापाटीमा प्रकाशित गरी सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक सोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग तथा आवश्यकताअनुसार नेपाल सरकारका अन्य निकायलाई पठाउनुपर्छ । स्वमूल्यांकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई अलगअलग रूपमा उत्कृष्ट घोषणा गर्ने गर्छ ।

यो आलेख तयार पार्दासम्म लुम्बिनी प्रदेशका १०९ वटा पालिकामध्ये ७६ वटाले मात्र नतीजा सार्वजनिक गरेका छन् । हालसम्म नतीजा सार्वजनिक गरेका नगरपालिकाहरु मध्ये घोराही उपमहानगरपालिका दाङले सबैभन्दा बढी ८९.५ प्रतिशत अंक ल्याएको छ भने खजुरा गाउँपालिकाले सबैभन्दा कम ४३ प्रतिशत मात्र अंक ल्याएको छ । त्यस्तै तिलोत्तमा नगरपालिका रुपन्देहीले ८९ प्रतिशत, पाणिनी गाउँपालिका अर्घाखाँचीले ८५, धुर्कोट गाउँपालिका गुल्मीले ८३, मदाने गाउँपालिकाले ८२.५ र रेसुङ्गा नगरपालिका गुल्मीले ८२.२५ अंक ल्याएका छन् । त्यस्तै लमही नगरपालिका दाङले ८१.७५ अंक ल्याएको छ ।

त्यस्तै गुल्मी दरबार गाउँपालिकाले ८१, शुद्धोधन गाउँपालिका रुपन्देहीले ८०.२५, तुलसीपुर उपमहानगरपालिका दाङले ७९ अंक ल्याएका छन् । त्यस्तै सबैभन्दा कम स्कोर माडी गाउँपालिका रोल्पाले ल्याएको छ । उसले एकसयमा ३९.५ अंक ल्याएको छ । त्यस्तै खजुरा गाउँपालिका बाँकेले ४३ अंक मात्र ल्याएको छ ।

क्र.सं.   स्थानीय तह                                  प्राप्तांक (प्रतिशतमा)
१. घोराही उपमहानगरपालिका, दाङ               ८९.५
२. तिलोत्तमा नगरपालिका, रुपन्देही                ८९
३. पाणिनी गाउँपालिका अर्घाखाँची                 ८५
४. धुर्कोट गाउँपालिका, गुल्मी                     ८३
५. मदाने गाउँपालिका, गुल्मी                     ८२.५
६. रेसुङ्गा नगरपालिका, गुल्मी                    ८२.२५
७. लमही नगरपालिका, दाङ                    ८१.७५
८. गुल्मी दरबार गाउँपालिका, गुल्मी             ८१
९. शुद्धोधन गाउँपालिका, रुपन्देही              ८०.२५
१०. तुलसीपुर उपमहानगरपालिका, दाङ         ७९
                                                                  स्रोतः स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी भन्छन्–“प्रभावकारी शासन प्रक्रियाका लागि संस्थागत क्षमता मूल्यांकनको प्रावधान महत्वपूर्ण माध्यम हो ।” निर्वाचित जनप्रतिनिधिहरुको विकासप्रतिको चाहनालाई नीति तथा विधिसम्मत ढंगले अगाडि बढाउन यसले सघाउँछ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेका अनुसार स्वमूल्यांकन विधीले आम नागरिकहरुलाई स्थानीय सरकारका गतिविधिहरुमा खवरदारी र सिर्जनशील सहयोग गर्न सजिलो बनाउँछ । स्थानीय सरकारप्रति आम नागरिकका अपेक्षा धेरै भएकाले स्वमूल्यांकन पद्धतिले कमजोर पक्ष र सुधार गर्नुपर्ने पक्षलाई उजागर गर्दै नागरिकाका अपेक्षा पूरा गर्ने काममा मद्दत पुग्ने घिमिरेले बताए ।

स्थानीय तह स्वमूल्यांकन प्रणाली स्थानीय तहमा अख्तियार दुरुपयोगको सवालसँग पनि जोडिएको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानका सूचना अधिकारी कृष्णबहादुर विष्टले बताए । स्थानीय तहले संस्थागत संरचना र क्षमता विकास गरोस् भन्ने कुरालाई ध्यान दिएर स्वमूल्यांकन प्रणाली व्यवहारमा ल्याउन खोजिएको भन्दै उनले यसको प्रभावकारिता देखिंदै गएको पनि बताए ।

के हो संस्थागत क्षमता स्वमूल्याङ्कन ?
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन २०७६ लगायतका कानुनमा स्थानीय तहको कार्य जिम्मेवारी तोकेको विषय कार्यप्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिका बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट “स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि–२०७७” तर्जुमा गरी लागू गरेको छ । यो स्थानीय सरकारको कार्यसम्पादन मापन गर्ने सरकारी औजार हो ।

स्वमूल्याङ्कनको प्रक्रिया, सूचकहरु र अंकभार
स्थानीय तहका विषयगत क्षेत्रहरुको स्वमूल्याङ्कनका लागि सम्बन्धित विभाग, महाशाखा, शाखाहरुले सम्बन्धित सूचकको लेखाजोखा गरी यसको नतिजा प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्छन । प्रमुख प्रशासकीय अधिकृतले यो नतिजा कार्यपालिकाको वैठकमा पेश गर्छन् । बैठकले छलफल गरी अनुमोदन गरेको ७ दिनभित्र मूल्याङ्कनको नतिजा कार्यालयको वेबसाईट तथा सूचनापाटी मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । स्वमूल्याङ्कनको नतिजा सार्वजनिक भएको ७ दिन भित्र सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र मन्त्रालयमा पठाउनु पर्ने प्रावधान छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा विषयगत क्षेत्रहरुको व्यवस्था गरी ती विषयगत क्षेत्रहरुमा कुल १०० वटा सूचकहरु राखिएका छन् । समग्र स्थितिलाई २१ प्रतिशत, प्रक्रियागत स्थितिलाई ३४ प्रतिशत र परिणात्मक स्थितिलाई ४५ प्रतिशत अंकभार प्रदान गरिएको छ ।

समग्र स्थितिको अंकभार निर्धारण गर्दा चार वटा अवस्था तोकिएका छन् । यसमा सम्बन्धित स्थानीय तहको विभाग र महाशाखा एवं शाखा प्रमुखले आफ्नो कार्यालयबाट सम्पादन भएका कामको अवस्था १ का लागि शून्य अंक, अवस्था २ का लागि ०.५ अंक, अवस्था ३ का लागि ०.७५ अंक र अवस्था ४ का लागि १ अंक निर्धारण गरिएको छ ।

प्रक्रियागत र परिणात्मक दुवै स्थितिका लागि कमजोर, सामान्य र उत्तम गरी ३ वटा अवस्था निर्धारण गरिएको छ जसमा कमजोरका लागि शून्य अंक, सामान्यका लागि ०.५ अंक र उत्तमका लागि १ अंक निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?