ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

कहिले झुण्डिएला सुस्तामा झोलुङ्गे पुल ?

३ फाल्गुन २०७८, मंगलवार
३ फाल्गुन २०७८, मंगलवार

सुस्तासम्म नेपालकै भूमी हुँदै पुग्न २०७२ असोज २६ गते झोलुङ्गे पुल निर्माण गर्न ठेक्का सम्झौता भई ४ वर्ष भित्र कार्य सम्पन्न गर्ने भनिएपनि अहिलेसम्म पुल पूरा हुन सकेको छैन् । कामले गति नलिएपछि सरकारले ठेक्का सम्झौता रद्द गर्ने र कारवाहिको प्रकृया अघि बढाउने चेतावनीपछि अहिले काम भइरहेको छ तर पूरा कहिले हुने हो टुङ्गो छैन् ।

000

पश्चिम नवलपरासीको पिछडिएको सुस्ता गाँउकोबारेमा नसुन्ने सायद कमै मात्र होलान । धेरै पिडा र ब्यथा बोकेको सुस्ताको नाम २०६५ अघिसम्म खासै चर्चामा थिएन । २०६५ सालबाट एकाएक चर्चामा आयो सुस्ताको नाम, कारण थियो भारतिय अतिक्रमणमा परेको नेपाली भूभाग ।

सुस्ता गाँउपालिका वडा नम्बर ५ मा रहेको सुस्ता कुनै बेला सिँगो गाँउ पञ्चायत रहेपनि अहिले भने सुस्ता गाँउपालिका वडा नम्बर ५ को एउटा गाँउमा सिमित रहेको छ । तिनतिरबाट भारतले घेरेको र नारायणी नदि पारी रहेको सुस्ता गाँउ विकासको दृष्टिकोणले अति पिछडीएको गाँउ हो । सडक सञ्जालले नछोएको यो गाँउसम्म पुग्न गाडीमा जान भारतिय भूमी भएर जानु बाहेक विकल्प छैन तर भारतिय भूमि हुँदै सुस्ता पुग्न भारतले रोक लगाएको छ । विशेष अनुमतिपत्र बोकेका सवारी बाहेक अन्य सवारी सुस्ता पुग्न सक्दैनन् ।

विकासको पहिलो खुटकिलो सडक रहेपनि नारायणी नदिको कारण सुस्ता सडक सञ्जालले जोडिन सकेको छैन । सडक सञ्जाल नहुँदा त्यहाँ उत्पादन भएका कृषिजन्य उत्पादन र नगदे बालीहरुले बजार पाउन नसकेकै कारण कृषि उत्पादनमा त्यहाँका किसानको लगाव रहेको छैन ।

सुस्तासम्म नेपालकै भूमी हुँदै स्थलमार्गबाट सहज पहुुँच पु¥याउने उद्देश्यले २०७२ असोज २६ गते झोलुङ्गे पुल निर्माण गर्न त्रिशुली आश्रय जेभीले ठेक्का सम्झौता गरेर ४ वर्ष भित्र कार्य सम्पन्न गर्ने भनिएपनि अहिलेसम्म पूरा हुन सकेको छैन् । कहिले गण्डक नहर खोलेर नारायणी नदिमा पानीको वहाव बढि भएको बाहना त, कहिले कोरोनाको कारण देखाइ काममा ढिलासुस्ती हुँदै आएको छ । २०७२ सालमा सम्झौता भइ २०७६ मा सम्पन्न हुनुपर्ने आयोजनालाई कोरोनाको बहाना बनाएको भन्दै स्थानिय असन्तुष्ट रहेपनि पछिल्लो समय कामले गति लिएसँगै स्थानिय भने अव छिट्टै पुल निर्माण हुनेमा आशावादी रहेका छन ।

टेण्डर आव्हान भइ काम सुरु भएपनि कामले गति नलिएपछि सरकारले ठेक्का सम्झौता रद्द गर्ने र कारवाहिको प्रकृया अघि बढाउने चेतावनीपछि कामले गति लिएको थियो । नारायणी वारी नर्सही र सुस्ता सम्म करिव २८ करोड लगानीमा १ हजार ५ सय ७१ मिटर लम्बाइ र साढे १ मिटर चौडाइको पूल निर्माणको लागि १४ वटा पिल्लर मध्ये १० वटा ठड्याउने काम सकिएको छ भने अव ४ वटा पिल्लर ठड्याउने काम अन्तिम चरणमा रहेको छ । सिभिल वर्क तर्फ ८५ प्रतिशत काम सम्पन्न भएको र फेव्रिकेशनको काम सुरु भएको निर्माण कम्पनीका सन्तोष शाहले जानकारी दिए ।

झोलुङ्गे पुल विभागले उपलब्ध गराउने लठ्ठा विभागले उपलब्ध नगराउँदा र कोभिडका कारण फेव्रिकेशनका सामाग्री उद्योगबाट समयमा उत्पादन हुन नसक्दा कामले गति लिन नसकेको शाहले बताए । समग्रमा पुल निर्माणको ६० प्रतिशत काम सम्पन्न भइसकेको र एक वर्षभित्र पुल संचालनमा आइसक्ने शाहले दावि गरे ।

पुल निर्माण भइसकेपछि सुस्ता क्षेत्रका स्थानियलाई आवतजावतका लागि डुँगाको भर पर्नु पर्ने बाध्यता हटनु त स्वभाविक नै हो त्यो भन्दा पनि सुस्तामा उत्पादन भएका कृषिजन्य उत्पादन बजार क्षेत्रसम्म पुग्ने र त्यहाँका स्थानियको जिवनस्तर उकासिने सुस्ता गाँउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए । निर्माण कम्पनी लाइ लगातार ताकेता गरेपछि अहिले काम देखिने गरि अघि बढेको र यहि गतिमा काम भएमा एक वर्ष भित्र काम सम्पन्न हुनेमा विश्वस्त रहेको अध्यक्ष पाण्डेले बताए ।

करिव ३ हजार ३ सय जनता रहेको सुस्ता गाँउबासी पुलको निर्माण सम्पन्न भएपश्चात आवतजावतका लागि सहज हुने, औषधिउपचारकोलागि र अन्य अत्यावश्यकिय कामको लागि सहज हुने सुस्ताका स्थानिय मुन्सी हरिजन बताउँछन । वर्षाको समयमा नारायणी नदिमा पुल नभएकै कारण धेरै क्षति ब्यहोर्नु परेको उनको भोगाइ छ । डुँगामात्र एकमात्र साधन हुनु र वर्षामा धेरै नै चुनौती खेप्दै नदि पार गर्नु परेको पिडा पुल बनेसँगै सहज हुने उनको विश्वास रहेको छ ।

सुगम जिल्ला भइकन पनि दुर्गम बनेको सुस्तामा अहिले झोलुङ्गे पुल निर्माण अघि बढेसँगै त्यहाँका जनताले विकासको अनुभूति गरेको नेकपा एमाले सुस्ताका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष) ले बताए । सुस्तागाँउको जमिन निकै उर्वर रहेको तर कृषिजन्य बस्तु उत्पादन गरेपनि बजार नहुँदा जमिनको सहि सदुपयोग नभएको उनले बताए । पूल निर्माणको कामलाई तिव्र बनाउन र यथाशक्य चाँडै सम्पन्न गर्न पालिकामा क्रियाशिल राजनैतिक दलहरुले पनि दवाव सिर्जना गरेको उनको भनाइ छ ।

‘हामी सुस्ताबासी विशेषतःसाउने भेलबाट डर छ । विहारको बाटो प्रयोग गरौ भारतिय सुरक्षामा खटिएका सिपाहीले मनलाग्दी व्यवहार गर्छ । नेपालको बाटो प्रयोग गरौ भने भेलले डुङ्गा नै बगाउने होकी भन्ने डर छ, अव पुल बनेपछि कम्तीमा यी दुइ डरबाट बच्न सकिएला ।’ सुस्ता गाँउकी स्थानिय सुमित्रा भरले भनिन । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो रे भन्ने सुनेकी उनले पुल बनिसकेपछि पुल हेर्न आउनेले गर्दा आफ्नो गाँउको समेत चिनारी हुने आशा ब्यक्त गरिन ।

सडक सञ्जाल नहुँदा बर्षौदेखि भारतियहरुको हेपाइ सहँदै आएका सुस्ताबासीमा झोलुङ्गे पुलले केहि आशाको किरण जगाएको छ । एकातर्फ भारतियहरुको हेपाइ र अर्कातिर सरकारकै उपेक्षाका कारणपछि परेको सुस्ता पुल निर्माणपछि जिवनशैली फेरिनेमा विश्वस्त रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?