© २०२३
प्रदेश सरकारले सिमसार क्षेत्रको रुपमा रहेको कपिलवस्तु जिल्लाको जगदिशपुर जलासयलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने निती लिएको भए पनि बिकासका कार्य सुस्त देखिएका छ । प्रदेश सरकारको प्राथमिकतामा राखिएको भनिएको जगदिशपुर जलासय क्षेत्रमा पर्यटन प्रबद्र्धनको काममा सुस्तता आएको स्थानियको गुनासो छ ।
प्रदेश सरकारको निती अनुसार सिमसार क्षेत्रको बिकासमा प्रयाप्त खर्च नगरिएको स्थानिय पर्यटन व्यवसायी सन्तोष कुमार नाउँको गुनासो छ । ताल सँगै जोडिएका कपिलवस्तु नगरपालिकाको वडा नम्बर ९ र १० ले प्रति वडा बार्षिक २÷३ लाख रकम बिनीयोजन गर्ने गरे पनि आर्थिक बर्षको अन्त्य तिर आफु खुसी खर्च गर्दै आएको उनले आरोप लगाए । “कपिलवस्तु नगरपालिकाले सिमसार क्षेत्रमा पर्यटन बिकासका लागि लगानी नै गरेको छैन । वडाले बिनीयोजन गरेको रकम आफु खुसी खर्च गर्ने गरेको छ ।” उनले भने । प्रदेश सरकारले जगदिशपुर सिमसार क्षेत्रमा पर्यटन बिकासको लागी गरेको लगानी अप्रयाप्त रहेको व्यवसायी नाउँ बताउछन । ताललाई सिमसार क्षेत्रको रुपमा संरक्षण गर्दै तालको डिल र अन्य क्षेत्रलाई पर्यटकिय आकर्षणको क्षेत्र बनाउनु पर्ने उनको सुझाव छ ।
सदरमुकाम दक्षिणका ६ हजार ३ सय ५० हेक्टर जग्गाको क्षेत्रफलमा सिचाई गर्ने प्रयोजनका साथ २०२८ सालमा ताल निर्माण शुरु गरिएको थियो । २८ सालमा शुरु गरि २०३५ सालमा करिब २ करोड २२ लाख रुपैयाको लागतमा जगदिशपुर जलाशय तथा सिचाई आयोजना निर्माण गरिएको थियो । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ९ र १० मा पर्ने जगदिशपुर ताल सन् २००३ मा विश्व सिमसार सूचीमा सूचिकृत भएको हो । शुरुमा ९७ हेक्टर रहेको ताललाई सन् १९७२ देखि १९७९ का अबधिमा १ सय ५७ हेक्टरमा बिस्तार गरिएको थियो । जिल्लामा रामसार क्षेत्रमा सूचिकृत जगदीशपुर जलाशय रहेको छ । यो जलाशय नेपालको १० वटा रामसारमा सूचिकृत सिमसारहरु मध्येको एउटा हो । नेपालको २७ वटा महत्वपूर्ण चरा क्षेत्र मध्येको एउटा क्षेत्र जगदीशपुर हो । सन् २००३ मा नेपाल सरकारको पहलमा रामसार सचिबालयले यसलाई अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रको रुपमा सूचिकृत गरेको थियो । वाणगंगा सिंचाई योजना अन्तर्गत् कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यअनुरुप मानवनिर्मित यो ताल १५७ हेक्टरमा फैलिएको छ ।
साबिकका १३ गाविस र एक नगरपालिकाको ६ हजार ३५० हेक्टरमा सिंचाई सुविधा पु¥याउने लक्ष्य भए पनि मर्मत संभारको अभावमा योजनाले मुस्किलले आधी क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुग्दै आएको छ । सिमसार क्षेत्रको रुपमा रहेको जगदिशपुर जलाशय सिचाई प्रयोजनका लागी मानव निर्मित ताल भएकाले ताललाई सिमसार क्षेत्र घोषणा गरिनु नै गलत भएको बाणगंगा सिचाई प्रणाली जलउपभोक्ता संस्थाका अध्यक्ष मेवालाल यादव बताउछन । तालमा पर्यटकिय क्षेत्र भनेर गरिने लगानी सफल नहुने यादवको तर्क छ । ताललाई सिमसार क्षेत्र घोषणा गरिए पनि तालमा डुङ्गा चलाउने कार्य र पर्यटन बिकासका लागि भनेर निर्मित पुर्वाधारले तालमा चरा आउन घटेको यादवले दावी गरे ।
हुन पनि पछिल्लो समय जगदिशपुर तालमा जलपंक्षी घटेका छन् । यहा दुई वर्षदेखि निरन्तर घट्दै गएका हुन । सन् २०२१ को तुलनामा २०२२ मा २३ प्रतिशत चरा घटेको देखिन्छ । २०२२ मा ९ हजार ३ सय चरा गणना गरिएको छ । २०२१ मा यहा १२ हजार ६३ चरा गणना गरिएको थियो । २०२० मा यहाँ २० हजार ८ सय ७ चरा गणनामा आएका थिए । नेपालमा भईरहेको पानी चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल नेतृत्वमा रहेको चराविद् टिका गिरी र धीरज चौधरीले चरा गणना गरेका थिए ।
एकातिर प्रदेश सरकारको प्राथमिकतामा परेर पनि ताललाई पर्यटकिय क्षेत्रको रुपमा बिकासमा पर्याप्त ध्यान नदिने र अर्का तर्फ मानविय अतिक्रमण बढदै गएर तालमा आउने चराको संख्यामा कमी आउन थाले पछि स्थानिय चिन्तित बनेका छन । प्रदेश सरकारको अगुवाईमा जलाशय क्षेत्रमा भ्यु टावर निर्माण गरे पनि वर्ड वाचिङ्ग सेन्टर बनाउने निती अनुरुपको कार्य दु्रत गतिमा अगाडी बढ्न सकेको छैन । त्यसै गरि पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उद्धेश्यका साथ प्रदेश सरकारले जगदिशपुरमा जलाशय क्षेत्र नजिकै बहुउद्धेश्यिय भवन बनाउन थालेको भए पनि पछिल्ला २÷३ बर्षमा निर्माण कार्य पुरा हुन सकेको छैन । प्रदेश सरकारको उद्धेश्य अनुसार काम नहुदाँ तिन बर्ष यता भवनमा गरिएको लगानी नै अनावश्यक देखिन गएको छ । प्रदेश सरकारकै अगुवाईमा जलाशय क्षेत्रमा फुटपाथ निर्माण गर्ने कार्य करिब ३ किलोमिटर पुरा भए पनि २ किलोमिटरमा निर्माण कार्य अधुरै देखिन्छ । प्रदेश सरकारले जगदिपुर जलाशय क्षेत्रलाई पर्यटक आकर्षणको गन्तब्य बनाउनका लागी गर्दै आएको लगानी सन्तोषजनक नभएको जगदिशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ्ग बताउछन । “नितीमा उल्लेख गरे पनि जगदिशपुर सिमसार क्षेत्रलाई पर्यटकिय आकर्षणको क्षेत्रको रुपमा बिकास गर्न प्रदेश सरकारले प्रयाप्त चासो दिएको देखिएन ।” उनले गुनासो गरे ।
जलाशय क्षेत्रमा चरा अवलोकन गर्न २ ठाउमा भ्यू टावर छन् । एउटा टावर तत्कालिन गाबिसले र अर्को टावर प्रदेश सरकारले बनाएको हो । पर्यटकले टावरबाट चराको जलविहार, चिरविराहट तथा जलक्रिडा हेरेर रमाउने गर्दछन । ताल आउने पर्यटककालागि जगदशीपुरमा थारु समुदायले होम स्टे संचालन गरेका छन । तर होम स्टेलाई प्रबद्र्धन गर्न स्थानिय र प्रदेश सरकारको ठोस कार्यक्रम देखिदैन । कपिलवस्तु नगरपालिकाले होम स्टे प्रबद्र्धनका लागी भनेर बार्षिक रुपमा बिनियोजन गरेको २/३ लाख रुपैया औपचारिक तालिम र गोष्ठिमा खर्च हुने गरेको देखिन्छ । सम्बन्धित निकायको न्युन चासो रहे पनि तालले जैविक विविधता संरक्षण गर्दै कसरी गरिबी निवारण गर्न सकिन्छ भनेर आसपासका महिलाले गरेको काम उदाहरणीय छ । त्यसै कारण तालले संयुक्त राष्ट्रसंघीय इक्वेटर पुरस्कार–२०१४ प्राप्त गरेको थियो । ब्राजिलकी चर्चित सुपर मोडल गिसेल बुन्डचेनले पुरस्कारको स्पोन्सर गरेकी थिईन् ।
त्यस्तै अस्ट्रेलियाको चाल्स स्टर्ड विश्वविद्यालयका विद्यार्थी वर्षेनी नेपालका चरा र जैविक विविधता अध्ययन गर्न यहा आउने गरेको देखिन्छ । रोमाञ्चक सनराईज र सनसेट यहाको नया ब्राण्डको रुपमा आएको छ । तालको पर्यटन बिकासलाई प्राथमिकता दिएर चरा पर्यटनको उत्कृष्ट स्थल बनाउन सकिने अवस्था रहेको अध्यक्ष गुरुङ्गको दावी छ । प्रदेश सरकारको निती अनुसार बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर जलाशय क्षेत्रमा पर्यटन बिकासका कार्य अगाडी बढाईले लुम्बिनी प्रदेश सरकारकी पर्यटन, ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालले बताईन ।