© २०२३
बुटवल, ४ साउन । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर–७ खुनगावाकी सृजना थारु २०७४ साल भन्दा पहिला गाउँमा नै गठन भएको साथी सञ्जाल मार्फ गाउँमा बाल बिवाहको सचेतना फैलाउने गर्दथिन् । उनको व्यवसायीक योजना ठोस रूपमा केही थिएन । स्नातक तह पुरा गरेकी थारुले वि.सं. २०७४ सालमा साना किसान सहकारी संस्था मार्फत कृषि अध्ययनका लागि ईजरायल जाने मौका पाईन् ।
सोही अनुसार उनी ईजरायल गईन् । कृषिको संभावना भईकन पनि देशमा ठोस काम गर्न नसकेकोमा उनालाई त्यहा पुगेपछि पछुतो भयो ।
त्यहाँबाट फर्कदा उनले अठोट लिएर फकीईन्, अव कृषि मा केही गर्ने छु । घरमा खेत थियो । धान खेती हुदै आएको थियो । २/३ कठ्ठामा कोही पाहुँना आउँदाखेरी खुवाउनको लागि माछा पालन हुँदै आएको थियो ।
माछा पालनलाई व्यवसायीकरण गर्नको लागि उनले धान खेती हुदै गरेको खेतलाई पोखरीमा परिणत गरिन्, ईजरायलमा सिकेको सिपलाई उनले व्यवसायीकता दिनको लागि ‘शृजनशिल मत्स्यपालन फार्म स्थापना गरिन्’ । वि.सं. २०७४ सालमा उनको फार्म स्थापना भयो । माछा पोखरी पनि बिस्तार भयो । २०७४ भन्दा पहिला एक दुई कठ्ठामा मात्रै त्यहि पनि पहुनाको लागि राखीएका माछा अब विस्तार भए उनले १ विघा क्षेत्रफलमा ४ वटा छामा पोखरी बनाईन् । अहिले उक्त माछा पोखरीमा नर्सरीमा १० हजार भुरा छन् भने ३५ सय बढि विभिन्न जातका माछा पोखरीमा राखेकी छिन् ।
नेपाली विषयमा स्नातक तह उत्तीर्ण गरेकी उनले अघिल्लो बर्षहरूमा लगानी गरेको उठाउन, कर्जा तिर्न ठिक्क भयो । अघिल्लो बर्ष खर्च कटाएर ५ देखि ६ लाख आम्दानी गर्न सफल भईन् । गत बर्ष उनको आम्दानी माछा बिक्रीबाट मात्रै खर्च कटाएर १८ लाख भन्दा बढि भएको बताउँछन् । उनी भन्छिन्–‘अघिल्लो बर्ष आम्दानी राम्रै भयो, कृषिमा माछा पालनबाट बर्षमा त्यो आम्दानी हुने भनेको राम्रो हो ।’
माछाको निरन्तर रेखदेख औषधी उपचार लगायतका काममा उनी आफु स्वयम र उनका बुवा खट्दै आएका छन् । यो सिजनको केही लट माछा उनले विक्रि गरिसकेकी छिन् । जसबाट राम्रो आम्दानी भएको उनको भनाई छ । २९ बर्षकी सृजना थारुको कृषि कर्म समुदायको लागि उदाहरणीय नै रहेको छ । थारु समुदायबाट महिलाको नेतृत्वमा गरेको कृषि फार्म अन्य व्यक्तिहरूको लागि पनि नमुनाको रूपमा रहेको स्थानीयहरू बताउँछन् ।
अविवाहित उनी कृषि आफ्नो स्नातकोत्तर तह पुरा गर्ने तयारीमा रहेकी छिन् । थारु तथा मधेसी समुदायमा व्यप्त रहेको बालविवाह रोक्नको लाग िअभियानमा उनी अहिले पनि सक्रिय भएर लागेकी छिन् । माछा पोखरी संगै उनले घरमा १६ वटा जति बाख्रा समेत पालेकी छिन् । माछा निकाल्ने बेलामा करिव ५, ७ जनालाई प्रत्यक्ष रोजगारी समेत दिने गरेकी छिन् । उनको पोखरीमा उत्पादन भएका माछा बुटवल, भैरहवा लगायत विभिन्न होटल तथा रेष्टुरेन्टहरूमा जाने गर्दछन् । अहिले पोखरीमा ६ जातका माछा रहेका छन् । कमन, रहु, ग्रास, सिल्भर, विगहेड जातका माछा उनको पोखरीमा हुर्कीरहेका छन् । जिउँदो माछा खाने सस्कार वृद्धि हुदै जाँदा मानिसहरूले पोखरीमा नै आएर माछा निकालेर लैजाने गरेको समेत उनको भनाई छ ।
अनुदानले हौसलाः
महिला नेतृत्वमा रहेको शृजनशिल मत्स्य फार्मको लागि नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदानमा विभिन्न उपकरण, सिंचाई उपलब्ध गराएको छ । ५० प्रतिशत अनुदानमा साना सिंचाई पुर्वाधार निर्माण गरिएको छ । जसको कुल लागत २ लाख ४ हजार ३ सय १९ रूपैयाँ रहेकोमा १ लाख रूपैयाँ लागतमा बोरिङ्ग को व्यवस्थापनका लागि अनुदान प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वयन एकाई रूपन्देहीका प्रमुख नारायण काफ्ले बताउँछन् । उनको फार्ममा मत्स्य उत्पादकत्व बृद्धिका लागि प्रोबायोटिक प्राविधि पर्दशन समेत गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाटै उनको फार्मको लािग सिल्पोलिन सहितको मत्स्य पोखरी शुदृढिकरण कार्यक्रमका लागि ८७ हजार ९ सय ९८ रूपैयाँ अनुदान समेत प्रदान गरिएको थियो । जसबाट उनले माछा पोखरीमा सिल्पोलिन लगाएकी छिन् । जुन एउटा प्लाष्टिक हो । जसबाट खासगरी बर्खाको मौसममा माछा ले पोखरीको डिल भत्काउने वा झार उम्रेनी र पानीको छालले माछापोखरीको डिल भत्कीने समस्या बाट मुक्त भएको सञ्चालक सृजना थारु बताउँछीन् । सिल्पोलिन गरिएको पोखरीमा सर्प तथा अन्य बाह्य पंक्षिको आक्रमण समेत कम हुने गरेको छ । उनको पोखरीमा माछाको अक्सीजनका लागि एरिएटर मेसीन समेत जडान गरिएको छ ।