ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

महामारीले जुराएको सीप

२६ भाद्र २०७८, शनिबार
२६ भाद्र २०७८, शनिबार

हस्तकलाको माध्यमबाट विभिन्न सामग्रीबनाएर महिलाहरु घरभित्रै स्वरोजगार बन्न थालेका छन् । तुलसीपुर उपमहानगरपालिका१९ विजौरी निवासी खिमा विकले बाँसबाट सामान बनाउन सिकेपछि अहिले आफै स्वरोजगार बनेकी छिन् । विकले घरको काम सकेपछि हस्तकलाको सामग्री बनाउने गर्छिन् । आफुले उत्पादन गरेका सामाग्री बेच्ने र उद्यमी बनेर पैसाक माउने योजना खिमा विकको छ । विकको घर वरिपरि बाँसघारी छ । उनले बाँसबाट डोको, छिट्वा मात्रै बुनेको देखेकी थिईन् । घर बनाउँदा होस् या बार बेर्दा बाँस काम लाग्छ भन्ने उनलाई लागेको थियो तर,बाँसको प्रयोग यतिमा मात्रै भने सीमित छैन भन्ने उनलाई थाहा नै थिएन । भित्ते घडीदेखि बाँसकै टेबुल, कुर्सीसम्म बन्छ भन्ने कुरा तालीम लिएपछि मात्रै थाहाभयो ।

विकअहिले बाँसबाट हस्तकलाका विभिन्न सामाग्री बनाउन सक्ने भएकी छिन् । “घर धन्दाको कामपछि खाली हुन्थे तर हातमा अरु सीप नभएकोले खाली बस्नुपथ्र्यो, तर अहिले फुर्सद नै हुदैन”विकले भनिन् । अहिले बचेको समयमा बाँसका सामान बनाउन थालेको उनले बताईन् । “राम्रो बनाएर दिन सक्ने हो भने महंगोमा बिक्री हुने रहेछ, मेरो हातमा अझै निखारता आएको छैन तर आम्दानी राम्रै भैराखेको छ” उनले भनिन् ।

कृष्णमती पुनलाई पनि अब दुई चार रुपैयाँकालागि अरुसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने लागेको छ । उनी पनि गृहिणी हुन् । पुनको पनिअहिले हस्तकलाको सामग्री तयार पारेर आयआर्जन गर्न सक्ने क्षमता विकास भएको छ । तुलसीपुर उपमहानगरपालिकाले कृष्णमती र खिमासहित पाँच सय युवा तथा उद्यमीलाई स्वरोजगार बनाउन थालेको छ । कोरोना भाइरसका कारण स्वदेशमा रोजगारी गुमाएका, विदेशबाट रोजगारी गुमाएर फर्किएका तथा बेरोजगार युवालाई लक्षित गरेर स्वरोजगार बनाउने अभियान चलाएको हो ।विभिन्न सीपयुक्त तालिम दिएर आफ्नै ठाउँमा स्वरोजगार भएका उदाहरणहरु छन् । तुलसीपुर बहुप्राविधिक शिक्षालयले मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रम लुम्बिनी प्रदेशको सहयोगमा तालिम सञ्चालन गरेर युवालाई उद्यमी बनाउन थालेको हो । बाँसबाट विदेशी पर्यटकलाई आकर्षण गर्न सक्ने धेरै सामग्री बनाउन सकिन्छ । तुलबहादुर केसीसँग बाँसबाट सजिलै सँग सामग्री बनाउन सकिने र यसबाट आम्दानी गर्न सकिने अनुभव छ । “बाँसबाट के बन्दैन, सबैथोक बन्छ, यसलाई बनाउन जान्नुपर्छ, हामीले बनाएको सामग्री सरकारले किनिदिएर प्रोत्साहन दिए झनै राम्रो हुने थियो”तलसीपुरका उद्यमी तुलबहादुर केसीले भने । बाँसबाट निर्मित सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइछ ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउन कार्यक्रम उपयोगी भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । बन्दाबन्दीको अवस्थामापनि सीप सिकेर त्यसको सदुपयोगबाट आम्दानी गर्न सकिने विश्वास स्थानीय सरकारको छ । “हामी सीप प्रदान गरेर स्वरोजगार बनाउन चाहन्छौ र यो दिशामा अघि बढेका छौ, तालिम दिएर सीप दिने र सीप सिकेकाहरुले उद्यममा संलग्न हुने व्यवस्थापन गरेका छौ”तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने । सिप सिकाउदा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।

कोरोनाका कारण र त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले गर्दा धेरैले रोजगारी गुमाउनुपरेको छ । रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउनअन्य स्थानीय सरकारले पनि यस्तै अभियान चलाउन सके उद्यम विकासमा टेवा पुग्ने थियो । यस्ता कार्यक्रमहरुले महिलाहरु घरको सबै काम सकेर समेत आफै स्वरोजगार बन्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?