ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

स्कुल खोल्ने दबाबमा पालिका

१७ भाद्र २०७८, बिहीबार
१७ भाद्र २०७८, बिहीबार

कोरोना संक्रमित नभेटिएका पालिकामा विद्यालय खोल्ने कि नखोल्ने बिषयमा अलमल परेको छ । संघीय सरकारले स्पष्ट निर्देशन नदिएपछि पालिकाहरु त्यसरी अलमलमा परेका हुन् । बैकल्पिक सिकाइका माध्यमहरु प्रयोगमा आउन नसकेका पालिकामा विद्यालयमा भौतिक रुपमा उपस्थिती गरि कक्षा संचालनका लागि अभिभावकले विद्यालय प्रशासनलाई दबाब दिइरहेका छन् भने विद्यालयले पालिकासँग जवाफ मागेका छन् ।

पालिकाभित्र कोरोनाका नयाँ संक्रमित नभेटिएको अवस्थामा सावधानीका उपायहरु अपनाएर विद्यालय संचालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । भौतिक रुपमा कक्षागत पालो, रोलनम्बर जोरबिजोर, एक बेन्च दुई विद्यार्थी जस्ता तरिकाहरु अपनाउन सकिने उनीहरुको भनाई छ । स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तुका १० मध्ये ४ पालिकामा कोरोना संक्रमितका नयाँ बिरामी भेटिएका छैनन् ।

कपिलवस्तुको सुद्धोधन गाउँपालिकाको ठूलोनन्दन माविका प्रधानाध्यापक विजयकुमार शुक्लले अभिभावकले विद्यालय खोल्नका लागि दबाब दिएको बताए । पठन पाठनका लागि बैकल्पिक तरिकाहरु चल्न सकेन उनले भने अभिभावकले विद्यालय खोल्न भनिरहेका छन् । अभिभावकले विद्यालय खोल्न भन्ने र गाउँपालिकाले कुनै निर्णय नगर्ने गर्दा आफुहरु चेपुवामा परेको उनले गुनासो गरे । नयाँ शैक्षिक शत्र शुरु भएपछि विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण गर्ने काम सकि आफुहरु विद्यालयमा हाजिर हुने र घर फर्किने गरेको उनले सुनाए । हामीले सबै काम सकेका र्छौ उनले भने, पठन पाठन भने गरेका छैनौं । शिक्षाका लागि राष्ट्यि अभियान (एनसिइ) नेपालको आयोजनामा भएको कोभिड १९ महामारी र शिक्षण सिकाइका विकल्पहरु बिषयक अन्तरक्रिया कार्यक्रममा उनले अनलाइन कक्षाका लागि इन्टरनेटको पहुँच नभएको र सियुजीकालागि सिम वितरण गरेको भएपनि त्यसतर्फ विद्यार्थीले चासो नदिएको बताए ।

पूर्णकेशर माविकी प्रधानाध्यापक लिला खनालले भौतिक उपस्थितीबीना सिकाइ क्रियाकलाप असंभव भएको बताइन । कक्षा ८, ९ र १० का विद्यार्थीलाई सियुजी कक्षाका लागि सिम वितरण भर्खर सकिएको र भौतिक रुपमा कक्षा शुरु नभए सियुजी कक्षा संचालन गर्ने सोचमा आफुहरु रहेको उनको भनाई छ । उनले पनि अभिभावकले भौतिक रुपमा विद्यालय संचालनका लागि अभिभावकले दबाब दिइरहेको बताइन ।

शिक्षा अधिकृत धनिप्रसाद शर्माले पालिकामा बैकल्पिक सिकाइका तरिकाहरु प्रयोगमा नआएको बताए । विद्यालयमा विद्युत र इन्टरनेट पुर्याउन नसकिरहेको अवस्थामा अनलाइन माध्यमको पठनपाठन असंभव जस्तै रहेको र अभिभावकको शिक्षाको अवस्थाले पनि अन्य विकल्पहरु प्रयोगमा आउन नसकेको बताए । उनका अनुसार पालिकामा एक संस्थागत विद्यालयले मात्रै केहीदिन यता कक्षा ७, ८, ९ र १० मा दुई हप्तादेखि अनलाइन कक्षा शुरु गरेको छ । पालिकामा सामुदायिकतर्फ २४, संस्थागततर्फ १६ र मदरसातर्फ २३ गरी ६३ विद्यालय छन् ।

पालिकाभित्र कोरोना संक्रमितको संख्या नभएको हुँदा विद्यालय खोल्नका लागि प्रशासनले रोक्न नहुने पालिकाको भनाई छ । सुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले विद्यालयको मागलाई शिक्षा समिति र कार्यपालिकाको बैठक गरी सम्बोधन गर्ने बताए । पालिकाभित्र संक्रमित नभएको हुँदा विद्यालय खोल्ने बिषयमै कुरा चलाउँछु उनले भने, यो काम एक दुई दिनभित्रै हुन्छ । बैकल्पिक सिकाइको तरिका प्रभावकारी नभएको र पालिकाभित्र कोरोना संक्रमित पनि नभएको अवस्थामा विद्यालय खोल्नका लागि प्रशासनले बाधा गर्न नहुने उनको तर्क छ । विद्यालय खोल्नका लागि प्रशासनसँग पालिकाले समन्वय गर्ने समेत उनले बताए । गाउँपालिकाका स्वास्थ्य संयोजक अस्फाक अहमद खाँका अनुसार भाद्र १ गतेदेखि पालिकाभित्र कोभिड १९ का नयाँ बिरामी भेटिएका छैनन् ।

स्वास्थ्य कार्यालय, कपिलवस्तुका कोभिड फोकल पर्सन उमेश घिमीरेका अनुसार जिल्लामा महाराजगंज नगरपालिका, सुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र विजयनगर गाउँपालिका गरी चार पालिकामा कोरोना संक्रमणको तथ्यांक शुन्य छ । नेपाल सरकारले विद्यालय संचालन सम्बन्धी स्पष्ट सूचना र निर्देशिका जारी नगरेका कारण कोरोना संक्रमित नभएका पालिका र जिल्लाका विद्यालयहरु औपचारिक रुपमा संचालनका लागि स्थानीय प्रशासनले रोक लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?