ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?
गरे के हुँदैन

तरकारी बेचेर २६ दिनमा पौने ६ करोड आम्दानी

२७ असार २०८०, बुधबार
२७ असार २०८०, बुधबार

सल्यान, २६ असार ।  सल्यान कपुरकोट क्षेत्रका किसानहरूलाई हिजोआज ताजा तरकारी तथा फलफूल स्याहार गर्न, टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ । वेमौसमी तरकारी खेतिका लागि देश बिदेशमा ख्याति कमाउन सफल यस क्षेत्रमा बार्षिक करोडौं रूपैयाँ भित्रने गरेको छ । कपुरकोट गाउँपालिका जिल्लाको तरकारी पकेट क्षेत्र हो ।

कहिलेकाही उचित मूल्य नपाउँदा मारमा पर्नेगरेका यहाँका किसानले बेला बेला तरकारीमा विचौलियाको कारण पनि हैरानी व्यहोर्नुपरेको गुनासो गर्छन् । तर पनि ताजा तरकारी र फलफुल खेतीबाट लाखौं रूपैयाँ हात पर्ने गरेका छन् ।

२६ दिनको अवधिमा मात्रै कपुरकोट क्षेत्रका किसानले तरकारी बिक्रीबाट पौने ६ करोड बढि रकम हात पारेका छन् । यहि असार १ गते शुक्रवारदेखि कपुरकोटमा तरकारी हाटबजार लागेको थियो । असार १ गते शुक्रबार देखि असार २६ गते मंगलबार सम्म पाँच करोड ८८ लाख ३२ हजार ३६० रूपैयाँ बराबरको तरकारी विभिन्न शहर बजारका व्यापारीले खरिद गरेर लगेको कृषि उपज बजार संचालक समिती कपुरकोटले जनाएको छ ।
यहाँ उत्पादन हुने ताजा तरकारी तथा फलफूल बुटवल, नेपालगञ्ज, धनगडी, कृष्णनगर, घोराही, तुलसीपुर लगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको बजार संचालक समितिका अध्यक्ष टंक परियारले जानकारी दिए । पछिल्लो समय यहाँका किसान व्यावसायिक तरकारी खेतीमा लागेपछि व्यापारीलाई खेतबारीमै पुगेर तरकारी खरिद गर्न सजिलो भएको उनले बताए ।

बजार केन्द्रका अनुसार बेमौसमी तरकारीको यो सिजनको २६ दिनको अवधिमा १९ लाख २४ हजार २१७ किलो तरकारी र फलफुल कपुरकोटबाट निर्यात भएको छ । १९ लाख १९ हजार ५१७ किलो ताजा तरकारी, दुई हजार सातसय किलो फलफूल र दुई हजार किलो अदुवा बिक्री भएको कृषि उपज बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणी खड्काले जानकारी दिए ।

यस क्षेत्रका किसानहरूले विशेष गरि गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानि, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौषमी ताजा तरकारि उत्पादन गर्ने गर्दछन् । फलफूलहरूमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरूमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिमुर आदि उत्पादन गर्ने गरेका छन् ।
यस सिजनमा तरकारी हाटबजारबाट सरदर सिमि प्रतिकिलो १२० रूपैयाँ, टमाटर ६०, भेडे खुर्सानी ६५, काउली ६५, बन्दा ९, कांक्रा २५, पिरो खुर्सानी ९५ र अदुवा २०० रूपैयाँमा बिक्रि भएको बजार प्रतिनिधि खड्काले जानकारी दिए ।

मंगलबारको तरकारी हाटबजारमा पनि किसानले प्राप्त गरेको तरकारीको मूल्य निरासाजनक थिएन । बजार केन्द्रका अनुसार किसानले टमाटर प्रतिकीलो ४५ देखि ५०, भेडे ६५ देखि ७०, सिमि १५० देखि १५५, खुर्सानी १३० देखि १६०, लोकल कांक्रा ६० देखि ७०, काउली ७० देखि ७५ र बन्दा ८ देखि १० रूपैयाँमा बिक्रि गरेका छन् । विशेष गरि फागुन देखि यहाँका किसानहरूले तरकारी खेती सुरु गर्छन् । समुन्द्री सतहबाट १२ सय मिटर देखि करिव १८ सय मिटर सम्मको उचाइमा रहेका यहाँका खेतबारीमा किसानहरूले वेमौषमी ताजा तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission