ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

गाउँकै ‘भिनाजु–ज्वाइँ’

५ असार २०७८, शनिबार
५ असार २०७८, शनिबार

हाम्रो समाजमा भिनाजु र ज्वाइँ फरक नाता हुन ।

फरक सम्बन्धका कारण यो दुई नाता लाग्ने गर्दछ ।

तर बोमबहादुर राना एउटै व्यक्ति गाउँभरि भिनाजु र ज्वाइँको रुपमा परिचित छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका नयाँगाउँका बोमबहादुर राना (३९) गुल्मीकै रुरु क्षेत्र गाउँपालिका वडा नं. २ मा भिनाजु र ज्वाइँको रुपमा परिचित भएका छन् ।

ग्वादी गाउँमा उनलाई बोलाउँदा जो कसैले पनि बोमबहादुर भनेर बोलाउँदैनन् । सबैको बोलाउने नाम छ ‘कि भिनाजु त कि ज्वाइँ’ ।

ससुराली घरमा गरिने उनको नाताको सम्बोधन गाउँभरिका सबैले प्रयोग गर्छन अनि भन्छन् भिनाजु र ज्वाइँ ।

गाउँमा उनीभन्दा साना उमेरका व्यक्तिले उनलाई भिनाजु भनेर बोलाउँछन् भने ठूला उमेरका व्यक्तिले ज्वाइँ उनलाई बोलाउने र चिन्ने नाता हो ।

रुरुक्षेत्र गाउँपालिकाको ग्वादी गाउँ बोमबहादुरको ससुराली गाउँ हो । ससुरालीका कारण उनी भिनाजु–ज्वाइँको नातामा जोडिएका हुन् । यो नाता अहिले ज्वाइँ भन्दा नजिक छिमेकी र गाउँलेको नातामा परिणत भएको छ ।

ग्वादी गाउँको भट्टबारीमा रहेको केशबहादुर थापाकी छोरी पार्वती थापासँग उनको १९ बर्ष अघि विवाह भएको थियो । उनको अहिले एक छोरी र एक छोरा छन् । छोरी निकिता रानाले यो पटक एसईई दिँदैछिन भने छोरा निकास रानाले कक्षा ९ मा पढ्दैछन् ।

उनी ग्वादी गाउँमा रहन थालेको १३ बर्ष पुगिसकेको छ । कहिलेकाहीँ मात्रै आफ्नो गाउँ नयाँगाउँ जाने गरेपनि उनले अधिकांश समय ग्वादी गाउँमै बिताउने गरेका छन् ।

यस बीचमा उनले भिनाजु र ज्वाइँको नाता मात्रै होइन गाउँकै माया पाएका छन् ।

आफ्नो गाउँ नयाँगाउँ र ग्वादी गाउँमा फरक के छ त ? भन्ने जिज्ञासामा बोमबहादुर भन्छन्–‘मलाई त उस्तै लाग्छ । उता (नयाँ गाउँ) मा पनि म यहाँ जस्तै गरी समय बिताउँछु, यहाँ (ग्वादी) मा पनि सबैले माया गर्नुभएकै छ ।’ जता रहँदा पनि आफूलाई केही गुमाएको महशुस नहुने गरेको बोमबहादुरले सुनाए । हावापानीको हिसाबले नयाँगाउँ ग्वादीभन्दा केही चिसो भएको उनले बताए ।

व्यवहार एकै खालको गर्ने हो भने, आफ्नो काममा खट्ने हो भने र दुःख सुख बाँड्ने हो भने जहाँ बसेपनि सबैको माया र सहयोग पाईने बोमबहादुर बताउँछन् । त्यसैले जन्मघर र ससुराली गाउँ बस्दा कुनै फरक नपरेको उनले बताए ।

सरल र सहयोगी भएका कारण बोमबहादुरको ग्वादी गाउँमा परिचय राम्रो बनेको छ । कोही कसैलाई अप्ठ्यारो परेको अवस्थामा बोमबहादुर सहयोग गर्न हाजिर हुन्छन् । धेरैजसो मुसुमुसु हाँसिरहने स्वभावका बोमबहादुर ग्वादी गाउँमा ‘जिउँदाका जन्ती र मर्दाको मलामी’ को परिचय छ । सहयोगी छन्, मिलनसार छन् ज्वाइँ त साँच्चिकै ज्वाइँ जस्तै छन् ग्वादीका स्थानीय बुढापाकाहरु बताउँछन् ।

बोमबहादुरले ग्वादीको गाउँमा खाजा पसल चलाएका छन् । उनको खाजा पसलमा खाजा खानको लागि स्थानीयहरु आउने गर्दछन् । खाजा पसलसँगै कुटानी, पिसानी र पेलानी मिल पनि उनले संचालन गर्दै आएका छन् । यसले पनि उनी स्थानीयसँग नजिक भएका छन् ।

त्यससँगै एक सयदेखि डेढसयसम्म कुखुरा पनि उनले पाल्दै आएका छन् । त्यसबाट पनि उनले थप आम्दानी गर्ने गरेका छन् ।

हँसिला बोमबहादुर भन्छन्–‘ग्वादी गाउँको मिलनसार बानीले मलाई यहाँ खाजा पसल सहितको व्यवशाय चलाउन सघाइरहेको छ । मलाई ग्वादीको गाउँको मायाले जितिरहेको छ ।’ ‘जन्म गाउँ नयाँगाउँलाई जति माया गर्छु, त्यत्ति नै ग्वादी गाउँको माया लाग्छ,’ बोमबहादुरले मुस्कुराउँदै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?