ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?

युवाको अचारमा मन

२२ असार २०८०, शुक्रबार
२२ असार २०८०, शुक्रबार

अर्घाखाची, २२ असार ।  सन्धिखर्क नगरपालिका–८ पकलेका युवा सुमन अर्यालले सन्धिखर्कमा थरीथरीका अचारका परिकार तयार पारेर बजारका भान्सामा पुर्याउछन् । गाउमा फल्ने काफल, अमला, लसुन, खुर्सानी, अकबारे खुर्सानी र मिक्स रातभर तयार पार्ने र दिनभर बजारमा बिक्री गर्छन् । अचारको लागि चाहिने सामान खरिद गर्न गाउ डुल्छन् ।

‘स्थानीय उत्पादन संकलन गरेर सिजन अनुसारका विभिन्न प्रकारका अचार तयार गर्छु,’ उनले भने, ‘यही वैशाख ११ गतेबाट बजारमा अचार ल्याएका छौं । विस्तारै मार्केट बढ्दो छ ।’ केही वर्षअघिसम्म यसरी आचार बिजनेस गर्ने सोच उनलाई थिएन । छिमेकी साथीभाई वैदेशिक रोजगारीमा जानेको लहरले उनलाई स्वदेश बस्ने मन लागेन । केहीवर्ष अघि उनी मलेसिया पुगे । मेनपावर कम्पनीले नक्कली भिसामा पठाएका कारण ११ महिनासम्म जेल बसेर फर्केको उनले बताए । त्यसपछि दुबई गए । त्यहा पनि राम्रो कमाई नभएपछि स्वदेश फर्केर अचार उद्योग सञ्चालन गरेको उनले बताए ।

स्वदेश फर्केपछि अचार उद्योग खोल्न छत्रदेव गाउपालिका–५ का मोहन रानाभाट दौतरी भए । ‘गाउमा उत्पादन भएको काफल, अमलाका लसुन, खुर्सानी खरिद गरेर हामीले अचार बनाउछौं,’ उनले भने, ‘विस्तारै ठूला सहरमा पठाउने लक्ष्य छ ।’ मलेसिया र दुबईमा दुःख पाएकै कारण आफ्नै देशमा अचार उद्योग सञ्चालन गरेको उनले बताए । सानो लगानीमा शुरु भएको व्यवसायलाई विस्तारै ठूला सहरका होटल, रेष्टुरेन्ट र व्यक्तिका भान्सामा पहाडको आचार पु¥याउने लक्ष्य रहेको उनले सुनाए ।

‘विदेशमा धेरै दुःख छ मैले भोगें,’ उनले भने, ‘दैनिकी पीडादायी हुन्छ । यहा आफ्नो बिजनेससगै परिवारसित बसेर गाउको सामाजिक काममा पनि सक्रिय भइन्छ ।’ रानाभाट १७ वर्ष भारतको दिल्लीमा गाडी चालकको काम गरेर फर्किएका हुन । ‘दिल्लीमा गाडी चलाउदा अचार उद्योगमा लगानी गरेको देखेको थिए,’ उनले भने, ‘स्वदेश फर्केर आफै उद्योग खोलें । भारतमा भन्दा आफ्नै ठाउमा केही गर्नु ठीक लागेर म फर्के ।’ अचारको लागि सबै सामान जुटाएर आफै तयार गरेर डब्बमा राखेर बजार पु¥याउने उनले बताए । ‘हाम्रो उद्योगले किसानलाई पनि टेवा दिन्छ,’ उनले भने, ‘अमला, काफल, खुर्सानी, लसुन, आप लगायत सजिन अनुसारका सबै खरिद गरिदिन्छौं । हामीले अर्घाखाचीकै उत्पादनको अचार तयार गर्छौ ।’

दुबई र कतारमा रोजगारीबाट फर्किएका पशुपति पाण्डेले सन्धिखर्क नगरपालिका–५ बलेवाङमा ३० रोपनी खेत भाडामा लिएर दुईवर्षदेखि अकबारे (डल्ले) खुर्सानी खेती गरेका छन् । उनले पनि अचार तयार गर्छन् । घरमै आधा र एक केजीको डब्बामा खुर्सानीको अचार तयार गरेर बजार पठाउने उनले बताए । काठमाडौं र बुटवलका मार्केट पसलमा गाडीबाट पठाइने र माग बढ्दो रहेको उनले बताए ।

‘खुर्सानीमा पनि बिक्री भएको छ,’ उनले भने, ‘खुर्सानी चाउचाउ उद्योग र तरकारी पसलले खरिद गर्छन् । अचार काठमाडौंका ठूला मार्केट पसलमा जान्छ ।’ स्वास्थ्यलाई राम्रो मान्दै खुर्सानी र आचारको माग बढ्दो छ । जवानी छदासम्म अरुको देशमा श्रम गर्ने र उमेर ढल्केपछि फर्कनुभन्दा युवा उमेरको बल आफ्नै माटोमा काम गर्दा धेरै राम्रो हुने भएकाले आफुले कृषि उद्यममा लागेको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission