ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कौसीमा तरकारी तरक्की …

२२ असार २०८०, शुक्रबार
२२ असार २०८०, शुक्रबार

बुटवल, २२ असार ।  बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवसिद्ध चोककी दुर्गा थापा मगरले लामो समयदेखि कौसी खेती गर्दै आएकी छिन् । १० धुर क्षेत्रफलको उनको घडेरीमध्ये नौ धुरमा घर बनेको छ । छतमा उनले घरको लागि आवश्यक सबै जसो तरकारी उब्जाउँदै आएकी छिन् । घरका लागि उपभोग गरेर बचेको तरकारी उनले छिमेकीलाई बिक्री गर्दै आएकी छिन् । घरमा आवश्यक तरकारी कौसीमा उब्जाउन पाउँदा उनी औधी खुशी छिन् । उनको कौसीमा अहिले बोडी, घिरौला, लौका, फर्सी, लोडेको साग देख्न सकिन्छ ।

दुर्गा झैँ बुटवलमा कौसी खेती गरेर तरकारी उब्जाउनेको संख्या बढिरहेको छ । देवीनगरकै सुमी बरालले कौसी खेती गर्न थालेको ५ बर्ष भयो । टोल विकास संस्था मार्फत भएको कौसी खेती तालिम लिएर उनले खेती गर्न थालेकी थिइन् । उनले अहिले कौसी खेती गर्न जागर गर्ने अरुलाई तालिम दिन्छिन् । बुटवल उपमहानरपालिकाले कृषि शाखाले कौशी सम्बन्धी प्रशिक्षक/प्रशिक्षार्थी तालिम दिएपछि उनी कौसी खेतीको प्रशिक्षण दिन सक्ने भइन् ।
बरालको भनाईमा कौसी खेती घरको लागि चाहिने तरकारी किन्न परेन् नै । बजारमा मनपरी बिषादी प्रयोग गरेका तरकारी उपभोग गर्न नपर्दा स्वास्थ्य जोखिम पनि भएन् । फुर्सदको समयमा घरको कौसीमा समय बिताउदा भिन्दै आनन्द आउँछ ।
बुटवलमा कौशी खेती गर्नेहरुको संख्या ठ्क्याकै यति नै नभएपनि बुटवल उपमहानगरपालिका का अनुसार करिव २ सय ५० भन्दा बढिल कौशी र करेसावारीमा खेती गर्दै आएका छन् । जसबाट आफ्नोघरको लागि आवश्यक तरकारीको जोहो गर्ने गरेका छन् । बुटवल उपमहानगपालिकाका अनुसार १४ वटा संस्थामार्फत सम्झौता गरी कौशी खेती तालिम प्रदान गरिएको छ ।
१४ वटा समुह मार्फत तालिम प्रदान गर्दा एउटा समुहमा कम्तीमा पनि १० देखि १५ जना सहभागी भएका हुन्छन् । २ सय १० जना भन्दा बढिले प्राविधिक तालिम समेत लिएका छन् । उपमहानगरपालिकाले कौसी खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न उनीहरुलाई नै प्रशिक्षक, प्रशिक्षार्थी तालिम प्रदान गरिरहेको छ ।
जसमा बुटवल उपमहानरपालिकाका १ जना कृषि अधिकृत, १ जना प्राविधिक सहायक गरी दुई जनाले प्राविधिक सहयोग गर्दै आएका छन् भने प्रदेश सरकार अन्र्तगतगका नायव प्राविधिक सहायक र पालिकामा खटिएका दुई जनाले पनि सोही कार्यक्रमलाई बल पुग्ने गरी प्राविधिक सहयोग गर्दै आएका छन् ।
बुटवल उपमहानरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार,उपमहानगरपालिकाले सहरी कृषि प्रर्वद्धन कार्यक्रम अन्र्तगत कौसी खेती तालिम प्रदान गर्दै आएको छ । सहरमा जग्गा अभावको कारण कृषि कर्ममा कमी आइरहेको बेला कृषि क्षेत्रको लागि कौसी खेती प्रर्वद्धन कार्यक्रम अघि बढाइएको हो ।

कृषि अधिकृत जिसीले यस बर्ष सचेतनाको काम भएको बताए । कौसी खेती परिचय, महत्व, संभावना, घरायसी फोहर व्यवस्थापनमा जानकारी दिएर अघि बढेको उनको भनाई छ । त्यसैगरी फोहरको वर्गीकरण, कुहिने वस्तुवाट कम्पोष्ट मल बनाउने र उक्त मल कौसीमा प्रयोग गरी स्वस्थ बाली उत्पादन गरी उपभोग गर्ने उद्देश्यले प्रस्ताव गरेका संस्थाहरु छनोट गरी संस्थाको लागत सहित अगाडि बढेको उनले बताए ।
बुटवल उपमहानरपालिकाले बुटवल १४ देखि १९ सेमलार र मोतिपुर क्षेत्रलाई कृषि, पशुपालन, आधुनिक बसोवासको क्षेत्रको रुपमा विकसित गर्दै ग्रिनल्याण्ड ९ को रुपमा विकास गर्ने गरी बजेट समेत विनियोजन गरेको छ । यसको अलवा सहरी क्षेत्र भएका अन्य बुटवलका वडामा कृषि तर्फ कौशी खेती, करेसावारी खेती, तालिम लाई जोड दिएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बसोबास क्षेत्र बोहक अन्य भूमिको बर्गीकरण गरिएको क्षेत्रमा कृषिका योजनाबद्ध विकास गरिने बताउँछन् । उनले यसको लागि दातृ निकायको सहयोगमा बुटवल–१५ सेमलार क्षेत्रमा निर्माण गर्न लागिएको कोल्डस्टोर सहितको आधुनिक कृषि उपज केन्द्र लाई सञ्चालन गरी कृषि को उत्पादन बजारीकरणमा विशेष भूमिका खेल्ने समेत बताउँछन् ।

कसरी गर्ने कौसी खेती ?

सामान्यतया कौशीमा तरकारी खेती लगाउँदा यस्ता कुराहरुमा ध्यान दिनुपर्छ :
–बाल्टीन, बोरा, थोक्रा जर्किन तयार पार्ने ।
–मलिलो कालो माटो ल्याउने र त्यसलाई भाँडामा राख्ने ।
–घरमा विशेषगरी भान्साबाट निस्कने फोहोरलाई (लसुन, अदुवा, आलुका बोक्रा, सागपात) संकलन गरेर छुटटै बाल्टिनमा राख्ने ।
–त्यही फोहोरलाई कुहाएर कम्पोष्ट मल तयार पार्ने ।
–घरको कौशीमा तरकारी लगाउँदा विशेषगरी फर्सी, लौका, खुर्सानी, सिमी, घिरौला आदि लगाउन सकिन्छ । कतिपयले ठाउँ उपलब्ध भएसम्म कौशीमै पनि गोलभेँडा, काउली, बन्दा लगायतका तरकारी उब्जाउने गरेका छन् ।

कौशी खेतीका फाइदा

–परिवारको इच्छाअनुसार स्वच्छ एवंम ताजा तरकारी तथा फलफूल आपूर्ति हुन्छ ।
–दैनिक रुपमा तरकारी तथा फलफूल किन्नको लागि पैसा तथा समयको बचत हुन्छ ।
–दैनिक भन्सामा निस्कने कुहिने फोहोरमैलाबाट मल निर्माण गरी वातावरण प्रदुषण नियन्त्रण तथा कौशी तरकारी खेतीबाट शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुन्छ ।
–शारीरिक तथा मानसिक रुपमा फूर्तिलो बनाउँछ

बुटवल उपमहानरपालिकाले वडा नम्बर १४ देखि १९ सेमलार र मोतिपुर क्षेत्रलाई कृषि, पशुपालन, आधुनिक बसोवासको क्षेत्रको रुपमा विकसित गर्दै ग्रिनल्याण्ड ९ को रुपमा विकास गर्ने गरी बजेट विनियोजन गरेको छ । सहरी क्षेत्र भएका अन्य बुटवलका वडामा कृषि तर्फ कौसी खेती, करेसावारी खेती र तालिमलाई प्राथमिकताम राखेको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बसोबास क्षेत्र बोहक अन्य भूमिको वर्गीकरण गरिएको क्षेत्रमा कृषिका कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाएको बताए ।
प्रमुख पाण्डेयका अनुसार, दातृ निकायको सहयोगमा बुटवल–१५ सेमलार कोल्डस्टोर सहितको आधुनिक कृषि उपज केन्द्र निर्माणलाई अघि बढाइएको छ । यसले कृषिको उत्पादन बजारीकरणमा सघाउ पुग्ने छ ।

यी हुन नगरपालिकाले बजेटमा व्यवस्थापन गरेका कृषिका योजना

–बुटवल १४ देखि १९ सेमलार र मोतिपुर क्षेत्रलाई कृषि, पशुपालन, आधुनिक बसोवासको क्षेत्रको रुपमा विकसित गर्दै ग्रिनल्याण्ड को रुपमा विकास गरिने ।
–सघीय सरकारको सहयोगमा बुटवल १५ मा अत्याधुनिक कृषि व्यावसायिक भवनको निर्माण गरिने ।
–आर्थिक विकाससंग सम्बन्धित कृषि, पशुविकास, श्रम रोजगारी, वन वातावरण, सहकारी प्रर्वद्धन, पर्यटन क्षेत्रको विकाससंग सम्बन्धित योजना कार्यक्रमहरुका लागि पर्याप्त बजेट विनियोजन
–बुटवल उपमहानगरपालिका वडा न १२ –१९ लाई हरियाली कृषि प्रवर्धन कार्यक्रम सञ्चालनका लागि बजेट ।
–आर्थिक क्षेत्रको पुनरुत्थान, आर्थिक गतिविधिको बढोत्तरी गर्ने, उत्पादन र उत्पादकत्वको वृद्धि, उत्पादित वस्तु तथा सेवाको बजारीकरण, कृषि तथा पशुपंक्षी विकास, उद्योग बाणिज्य, सहकारी पर्यटन, उद्यमशीलता रोजगार प्रवद्र्धन, श्रम बैंक श्रम सूचना केन्द्र स्थापना तथा संचालन गर्ने
–आर्थिक विकासका कृषि, पशु विकास, रोजगार प्रवद्र्धन, पर्यटन सहकारी, उद्योग बाणिज्य क्षेत्रको विकासका लागि र सुशासन तथा अन्र्तसम्बन्धित क्षेत्र वन वातावरण, प्रकोप नियन्त्रण, स्थानीय सेवा मानवसंसाधन विकास जस्ता क्षेत्रका लागि आवश्यक बजेट विनियोजन ।
–नयाँ कृषि व्यावसायिक केन्द्र तथा अटोभिलेज स्थापनाको नीति ।
–“समानता, स्वाभिमान र अवसरयुक्त बुटवल” बनाउन सकिन्छ र पर्यटन, कृषि, उद्योग, बाणिज्य, शिक्षा, स्वास्थ्य तथा यातायात र सञ्चारको हवको रुपमा बुटवललाई स्थापित गर्दै जाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?