ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कोरोना बढ्दा, हट्दै ‘लान्छना’

१४ जेष्ठ २०७८, शुक्रबार
१४ जेष्ठ २०७८, शुक्रबार

गत बर्ष रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ११ का ३७ एक पुरुषलाई कोरोना संक्रमण भयो । कोरोनाको भयाभह त्रासका बीचमा गरिएको लकडाउनकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । रुपन्देहीमा करिव एक दर्जन व्यक्तीका कोरोना संक्रमण देखिएको अवस्थामा उनलाई पनि संक्रमण पुष्टी भयो ।

ओमसतिया गाउँपालिकाले निर्माण गरेको घरमा नै (होमआईसोलेसन) मा बस्ने उनले निर्णय गरे । केही दिन मात्रै पहिला संक्रमित सुरक्षित साथ होम आईसोलेसनमा बस्न पाउने निर्णय गरेको थियो । सोही अनुसार ति ३७ बर्षिय पुरुष आफ्नै घरमा बस्ने निर्णय गरेका थिए । तर उनको निर्णय समाजमा ‘अमान्य’ भयो ।

कोरोना लाएको घर भन्दै समाज, छरछिमेकी तथा टोल विकास समितिका व्याक्तिहरुले समेत उनले कोरोना फैलाउने र आफुहरु असुरिक्षत भएको भन्दै घरमा बस्न नदिने निर्णय गरे । कतिपय ले उनलाई तुच्छ शब्द प्रयोग गरी गाली गरे । कतिपयले प्रहरी समेत बोलाए र उनको मनोबल घटाउने काम गरे ।

प्रहरी प्रशासनमा समेत स्थानीयहरुले दबाब दिएपछि प्रहरीबाटपनि उनलाई घरमा बस्न नदिनको लागि कैयन प्रयत्न भए । तर उनी कानूनी हिसाबले घरमा नै बस्ने निर्णय गरेको कारण उनी घरमा नै बसे, १९ दिन पछि उनी कोरोना जित्न समेत सफल भए ।

यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । गत बर्ष कोरोना संक्रमित भएका व्याक्तिहरुलाई समाज, परिवार तथा अन्य व्यक्तिहरुले समेत हेर्ने दृष्टिकोण फरक थियो । संक्रमण मुक्त हुन सफल भएकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ का एक महिलाको अनुभव छ –‘कोरोना लागेकोमा अपराध नै गरेको जस्तो गर्ने गरी व्यवहार गाउँ, छर छिमेकबाट भएको थियो, तर अहिले त्यस्सो छैन ।’

गत बर्ष कोराना लागेको व्यक्तिको घर नै सिल गर्ने, बाहिर व्यक्ति वा त्यो बाटो नै प्रयोग गर्न नदिने जस्ता ‘यो कोरोना संक्रमितको घर हो ’ भनेर सूचना नै टाँस्ने काम भएका थिए ।

तर यो पटक भने यी र यस्तो घटनाहरु सुन्न, हेर्न वा पढ्न पाइएको छैन । अर्थात आम मानिसहरुको सोचाईमा अहिले ठुलो परिवर्तन आएको छ । खासगरी कोरोना पनि एउटा भाईसरको कारणले लाग्ने रोग हो, यो सर्ने निश्चित बाटो छन्, ति बाट जोगिन सकेमा कोरोना संक्रमितहरुको सेवामा लाग्न सकिन्छ भन्ने धारणा विस्तारै विकास हुदै आएको छ ।

विगतका बर्षहरुमा कतिपय व्यक्तिहरुले कोरानालाई प्राचिन कालमा प्रयोग गरिने कुष्ठी प्रभावित व्यक्तिहरुको भाषा (कोर भएको) समेत भन्ने भ्याएको स्मरण गर्र्दै रुपन्देहीमा विगत लामो समय देखि समाजशास्त्र विषयको अध्यापन गराउदै आएका लेखनाथ खनाल यस पटक भने कोरोना भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोेणमा आकास जमिनकै फरक भएको बताउँछन् ।
बुटवल बहुमुखी क्याम्पस समाजशास्त्र संकायका प्रध्यापक खनालका अनुसार सुरुवाती दिनमा मानिसहरुमा जस्तो प्रकृतिको त्रास थियो त्यो पटक भने कम हुदै आएको छ । मानिसको मानवीय स्वभाव नै पहिलो पटक देखा परेको वा पहिलो पटक भोगीएको देखिएको कुरामा बढि भन्दा बढि सजगता देखाउने, त्रास पैदा हुने भएको कारण कतिपय समयमा नराम्रो लान्छना समेत लाउने गरेको बताउँछन् ।

तर पछिल्लो समयमा भने कोरोना प्रभावित व्याक्तिहरु मात्रै होईन, कोरोना संक्रमितहरुको सेवामा लाग्ने व्यक्तीहरुलाई समेत समाजले राम्रो दृष्टिकोणबाट हेर्ने गरेको छ । खसगरी गत बर्ष केही स्वास्थ कर्मी, चिकित्सकहरुलाई समेत भाडामा बस्दै आएको बेला भाडाको घरमा नआउनको लागि घरबेटीहरुले नै आग्रह गरेको लगायतका कुराहरु समेत आएका थिए । जसको कारण कोरोना प्रभावितको उपचारका लागि सेवामा लाग्ने चिकित्सक तथा स्वाथ्य कर्मीहरुको लागि १४ दिन अस्पतालमा र १४ दिन आईसोलेसनमा बस्ने व्यवस्था समेत लुम्बिनी प्रदेश सरकारले गरेको थियो । जसको लागि समस्या हुने चिकित्सक तथा स्वाथ्यकर्मीहरुको लागि होटलमा समेत बस्ने व्यवस्था गरेको थियो ।

तर यो पटक भने यसो गर्नुपरेको छैन ।

खासगरी कोरोना प्रभावित अधिकांस होम आईसोलेसनमा बसेका छन् । उनीहरुको उपचारको लागि घरघरमा अक्सिजन पु¥याउने देखि लिएर औषधी समेत लिएर जन प्रतिनिधि, सामाजिक व्यक्तिहरु लागिपरेका छन् । स्वाथ्य संस्थामा समेत उनीहरुको राम्रो उपचार हुने गरेको स्वयम् अस्पतालमा बसेर आएका व्यक्तिहरुले बताउँछन् ।

नेपाल नर्सिङ्ग एशोसीयसन रुपन्देहीका अध्यक्ष श्रीमती हिरि केसीका अनुसार गत बर्ष कोभिड प्राभिावित व्यक्तिहरुको सेवामा लागेका कतिपय नसीङ्ग व्यक्तिहरलाई घरवेटीहरुबाट समेत नराम्रो व्यवहार गरेको कुरा आएको भएपनि यो पटक भने यस्तो प्रकृतिको घटना नभएको उनी बताउँछिन् ।

आफ्नो घरमा नै करिव १० देखि १२ जना नसीङ्ग पेशमा आवद्ध कोरोना विशेष अस्पतालमा आवद्ध व्यक्तिहरुलाई भाडा मा दिदै आएकी उनलाई गत बर्ष केही छिमेकीहरुले समेत नराम्रो दृष्टिकोणबाट हेरेका थिए । उनले गत बर्ष कतिपय नसिङ्गपेशमा आबद्ध व्यक्तिहरुलाई गरेको व्यवहारको विषयमा नेपाल नसिङ्ग एशोसीयसनमा समेत उजुरी समेत गरिएको स्मरण अध्यक्ष केसीको छ ।

गत बर्ष कोभिडको विरामीको सेवामा लागेकै बखतमा आफ्नै घरको छतमा बस्दा समेत छिमेकीहरुले देखे भने लुक्ने, फोनमा भने पटक पटक कुरा गर्ने तर बाटोमा देख्दा वा भेट्दा समेत नबोल्ने गरेको उनको तीतो अनुभव उनले सुनाइन ।
तर यो पटक भने यस्तो कुनै पनि कुराको समस्या नभएको उनको भनाई छ । विगत ४ बर्ष देखि नसिङ्ग एशोसीयसन नेपाल रुपन्देहीका अध्यक्ष रहेकी हरि केसीका अनुसार सुरुवाती अवस्थामा पेशामा आवद्ध व्यक्तिहरु धेरै कम थिए । तर अहिले करिव ३ सय भन्दा बढि आजीवन सदस्यको रुपमा रहेका छन् ।

अध्यक्ष केसी भन्छीन्–‘पछिल्लो समयमा हामी प्रति हेर्ने दृष्टिकोणमा परिर्वतन आएको छ, जुन सकारात्मक पक्ष हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?