ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अक्सिजन प्लान्टको रकमले एम्बुलेन्स

६ जेष्ठ २०७८, बिहीबार
६ जेष्ठ २०७८, बिहीबार

कोरोना संक्रमणको दोस्रो लहर सगै अक्सिजनको अभाव हुन थालेपछि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बजेट छुट्टयाएको थियो । तर संघिय सरकारको अर्थ मन्त्रालयले अस्पलातमा अक्सिजन प्लान्ट निर्माणका लागी डेढ करोड रुपैया बजेट बिनियोजन गरे सगै नगरपालिकाले सो बजेट कोरोना संक्रमण नियन्त्रणकै अन्य क्षेत्रमा खर्च गर्ने निर्णय गरेको छ ।

कपिलवस्तु नगरपालिकाकाले अक्सिजन प्लान्ट खरिद गर्ने प्रयोजनका लागि छुट्टयाईएको बजेटबाट आईसियु जडित सुबिधा संपन्न एम्बुलेन्स खरिद गर्ने तथा कोरोना नियन्त्रणका अन्य कार्यक्रममा लक्षित गरि खर्च गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले कोरोनाको तेस्रो भेरियन्ट समेत नेपालमा देखिएको सन्दर्भमा अहिलेको बिषम परिथितिलाई मध्यनजर गदै पुर्व तयारीका लागी सुबिधा सम्पन्न अत्याधुनिक एम्बुलेन्स किन्ने निर्णय गरिएको नगर प्रमुख किरण सिंहले जानकारी दिए । कोरोना संक्रमणका कारण आउन सक्ने समस्यालाई मध्य नजर गरि सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने तथा अन्य रकम आवश्यक तत्कालिन संक्रमण नियन्त्रणको योजनाका लागी खर्चिने उनले प्रष्ट्याए । सुबिधा सम्पन्न एम्बुलेन्स खरिद प्रयोजनार्थ नगरपालिका बैठकले सामाजिक विकास समितिका संयोजक प्रकाश गैरेकोे संयाजकत्वमा खरिद समिति निर्माण गरेको जनाईएको छ । समितको सदस्यमा वडा अध्यक्ष सुदीप पौडेल, नागरिक अगुवा रबि ठाकुर, नगरपालिकाका लेखा अधिकृत बलाराम न्यौपाने र ईन्जीनीयर राजेश सैनी रहेको छन । नगरपालिकाले अक्सिजन प्लानटका लागि छुट्टाएको रकमबाटै सो एम्बुलेन्स खरिद गर्न थालिएको हो ।

अक्सिजन प्लान्ट खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला संघीय सरकारले कपिलवस्तु अस्पताललाई अक्सिजन प्लान्ट निर्माणका लगि ढेड करोड छुट्टाए पछि नगरपालिकाले सो बजेट कोरोना रोकथामकै क्षेत्रमा खर्चिन थालेको नागरिक अगुवा रबि ठाकुरले बताए । “नगरपालिकाले अक्सिजन प्लान्ट जडानका लागी खरिद गर्न प्रक्रिया शुरु गरि सकेको थियो । अहिले संघिय सरकारले बजेट दिने भए पछि नगरपालिकाले सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ ।

सरकारको बजेटबाट बन्ने अक्सिजन प्लान्ट समयमै निर्माण गराउन सबैले पहल गर्न आवश्यक छ । ” ठाकुरले भने । उता कोरोनो संक्रमणको तेश्रो लहर लाई दृष्टिगत गरि आवश्यक पुर्व तयारी गर्न नगरपालिका सजह रहदै राहत बितरण, सचेतना प्रवाहका कार्यलाई तिव्रता दिने नगर प्रमुख सिंहले प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?