ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा
शोभाको उद्यमी यात्रा...

जो कहिल्यै पछि हटिनन्

शोभा काम र संस्थाको नेतृत्व गर्न कहिल्यै पछि हटिनन् । श्रीमान्को अभावमा ढाड्स दिने, योजना बनाउने उद्यमी बन्न थप प्रेरणा दिने काममा उनको छोरा जहिले पनि सारथी बनेर लागे । यसबाट शोभामा उद्यमीकरणको बाटोमा हिडन सहज हुँदै गएको छ ।
१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

बुटवल, १९ असार ।   शोभा पोखरेल, जो कास्की जिल्लामा जन्मिईन । प्रारम्भिक शिक्षा उनको गाउँमा नै वित्यो । कक्षा—३ सम्म कास्कीमा पढेपछि उनी तराईमा झरिन् । आफ्ना बुबाको साथमा नवलपरासीमा चोरमारामा आएकी उनले त्याहाँ रहेको नवजारण माविबाट कक्षा—१० सम्म अध्ययन पुरा गरिन् ।
सानैदेखि नै केही नयाँ उद्यमी गर्ने सोँच बनाएकी उनमा व्यवसायी प्रतिको मोह थियो । कक्षा १० पास गरेपछि उनको विवाह भयो । अर्घाखाँचीका बलकोटमा विवाह भएकी उनी ८ बर्षसम्म भारतमा समेत बसिन् । भारतको बसाई छोडेर उनिहरु नेपाल आएपछि आफनै देशमा केही गर्ने सोच बनाए । सबैले व्यवसायमा राम्रो आम्दानी हुने भनेपनि ठोसमा के व्यवसाय गर्ने भन्ने सोँच उनमा थिएन ।
भर्खरै मात्र हाटबजार व्यवसायी बुटवलमा फष्टाउदै गएको थियो । सुरुमा श्रीमानसंगै उनले २ क्यारेट टामाटर राखेर हाटबजारमा व्यवसाय सुरुवात गरिन् । बुटवल–६ हाट बजारमा उनले व्यवसायी सुरुवात गरेको त्यो दिनको स्मरण अहिले पनि छ । सुरुवात दिनमा खर्च कटाएर २ सय रुपैयाँ आम्दानी समेत भयो । श्रीमानसंगै व्यवसायमा लागेकी उनले सुरुवात दिनमा गरेको आम्दानीबाट पछि हटिन्न । जसलाई निरन्तरता दिईन ।

२०५६ साल देखि उनी हाटबजार व्यवसायमा संलग्न भएर अहिले पनि यसलाई निरन्तरता दिएकी छिन् । तरकारीसंगै उनी च्याउको समेत व्यापार गर्दथिन् । विदेश झोक उनीमा नजागेको होईन । विदेश जाने अलि बढि पैसा कमाउने भनेर उनले दलाल पैसा समेत दिइन । तर दलालले विदेश जाने कुनै व्यवस्था गरेन, उल्टै पैसा खाईदिएपछि उनी अव विदेशी मोह त्यागेर स्वदेशमा नै उद्यमी गर्ने सोँचका साथ लागेकी थिईन । श्रीमान्संगै लामो समय व्यवसायमा लाग्ने उनको योजना तुषारापात भयो ।

श्रीमान्संगै व्यवसायमा लागेकी शोभा श्रीमानलाई दीर्घरोगको कारण सधैंका लागि गुमाईन् । २०७० सालदेखि उनी एउटा छोराका साथमा छिन् । उनको छोरा अहिले दुबईमा होटल म्यानेजमेन्टको पढाई सकेर सोही देशमा नै रोजगारी गरिरहेका छन् । जसले उनलाई उद्यमीमा थप साहस थपेको छ । श्रीमान्को अभावमा ढाड्स दिने, योजना बनाउने उद्यमी बन्न थप प्रेरणा दिने काममा उनको छोरा जहिले पनि सारथी बनेर लागेका छन् । श्रीमान्को उपचारको लागि उनले बुटवल १३ झोलुङ्ग पुल नजिकै बनाएको घर समेत विक्रि गर्नुप¥यो । तर उनले हार मानिनन् ।

हाटबजारमा च्याउको व्ययवसाय गर्दै गर्दा व्यवसायी समेत रहेका कृष्णराज पोखरेलले उनलाई समुहमा लाग्न र समुहमार्फत उद्यमी बन्न सुझाव दिए । जसबाट सुरुवातमा ७ जनाको समुह निर्माण भएर व्यवसायीक च्याउ खेतीमा समेत उनी जोडिईन् । कृष्णराज पोखरेलको नेतृत्वमा ऋषव पोखरेल, जीवलाल न्यौपाने लगायतको समुहमा उनी आवद्ध भएपछि च्याउ खेती व्यवसायिक रुपमा अगाडी बढ्यो । जसमा सुरुवात हाट बजार व्यवसायीहरुले स्थापना गरेको सहकारी शशक्त बचत तथा ऋण सहकारी संस्थाबाट १÷१ लाख कर्जा लिएर उनीहरुले ‘सबल नेपाल च्याउ उत्पादक कृषक समुह’ स्थापना गरे । जुन समुहमा ७ जनाको ७ लाख र थप ५० हजार रुपैयाँ गरी प्रति व्यक्ति ७ लाख ५० हजार रुपैयाँमा जन्मिएको सबल च्याउ उत्पादक कृषक समुहले भलुहीमा खेती सुरु ग¥यो । जसमा समुहले १० लाख लगानी गरेकोमा २० लाख आम्दानी गर्न सफल भएको थियो ।

उत्पादक किसान समुह, बजारीकरण पनि समुह मार्फत गर्दै गर्दा उनीहरुले च्याउ व्यवसायका लागि विचौलियालाई कुर्नु परेन् । सोही अनुसार २०७६ सालमा फार्म स्थापना भयो । त्यसपछि सोही समुहले पाल्पा, रुपन्देहीका बेलवास, नयाँ गाउँ, अर्घाखाँचीको सितगंगा क्षेत्रमा व्यवसायिक रुपमा च्याउ उत्पादन गरेको थियो ।
अहिले सबल नेपाल च्याउ उत्पादक कृषक समुहमा १० जना शेयर सदस्य थपिएका छन् । अहिले उक्त प्रालिमा १७ जना सदस्य रहेका छन् । उद्योगमा ५० लाख बढि लगानी छ । उद्योग स्थापनाको लागि संरचना निर्माण गरिएको छ । मेसिनेरी उपकरण पनि जडान छन् । प्रालिको व्यवस्थापकको जिम्मेबारी समेत पाएकी शोभा पोखरेलले बुटवल बेलबासमा निर्माण भएको प्रालिमा नै व्यवसायिक रुपमा च्याउका विभिन्न परिकारका साथै विभिन्न प्रकृतिका अचार बनाएर विक्रि वितरण गर्दै आएकी छिन् ।
कम्पनीमा च्याउका ४ प्रकार सिताके, राजा च्याउ, कन्ये च्याउ, डल्ले च्याउका अचार बनाउदै आएकी छिन् । यसको अलवा मासुको पनि अचार निर्माण गर्दछिन् । विभिन्न मेला, महोत्सवमा उनको सहभागीता अनिवार्य जस्तै भएको छ । महिला उद्यमीको अचार भनेपछि उपभोक्ताले पनि रुची मानेर किनेर लैजाने गरेका छन् । विभिन्न मेला महोत्सवमा उनको उद्यमले पुरस्कार सम्मान समेत पाउने गरेको छ ।
सबल नेपाल च्याउ उद्योग प्रालिका अध्यक्षमा अहिले पनि कृष्णराज पोखरेल रहेका छन् । प्रालिले अहिले पनि पाल्पामा च्याउ उत्पादन गरिरहेको छ । उत्पादित च्याउको बजारीकरण सोही प्रालिका शेयर सदस्यहरुले गर्दै आएका छन् ।

बजारमा च्याउको माग अहिले पनि उच्च रहेको छ । सबलले अचार सहित तरकारी, फलफुल सुकाउने ड्रायर मेसिन, प्याकेजिङ्ग मेसिन, सिल्ड प्याक गर्ने मेसिन, मसला पिस्ने मेसिन स्थापना गरेको छ । जसबाट विभिन्न काम हुदै आएका छन् । प्रालिले च्याउको बिउ समेत उत्पादन गरी विक्रि वितरण गर्दै आएको छ । प्रालिमा प्रदेश सरकारको २५ लाख अनुदान सहयोग समेत रहेको छ । जसबाट मेसिन, उपकरण खरिद गरिएको छ । उद्योगमा स्थापना भएको ड्रायर मेसिनले आठ घण्टामा २ सय किलो (दुई टन) तरकारी वा फलफुल सुकाउन सक्छ । यस्तो प्रकृतिको मेसिन बुटवलमा सबलले भित्र्याएको छ । विभिन्न स्थानमा उत्पादित तरकारी तथा फलफुल खेरा गैरहेको बेलामा उत्पादन बढि भएको बेला सुकाएर बेमौसममा विक्रि वितरण गरी अन्य समुह वा सहकारी वा किसानले फाईदा लिन सक्ने व्यवस्थापक शोभा पोखरेलको भनाई रहेको छ ।
उक्त मेसिन सञ्चालनको लागि तालिम प्राप्त प्राविधिक समेत आवश्यक रहेको भन्दै उनले यसलाई फुल फेजमा सञ्चालन गरेर राम्रो आम्दानी गर्ने समेत योजना बनाएकी छिन । शोभा पोखरेल सामाजिक संघ संस्थामा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएकी छिन् । उनी च्याउ उत्पादक किसान संघ देखि लिएर हाटबजार व्यवसायी समिति रुपन्देहीको द्धितिय उपाध्यक्ष (कृषि) हुन । यस्तै सहकारीमा पनि उनी सल्लाहकारको भूमिकामा छिन् । हाटबजार व्यवसायीमा उनि निरन्तरता दिदै आएकी छिन् । विभिन्न स्थानमा लाग्ने बजारमा हाट लगाउने काम महिलाहरुका लागि जोखिम मानिन्छ तर त्यो जोखिमलाई चिर्दै पोखरेलले हाट बजारको कार्यलाई अहिले पनि निरन्तरता दिएकी छिन् । यसरी पेशा परिर्वतन नै नगरी हाटबजारमा व्यवसाय गर्ने महिला उनी एक प्रतिनिधी पात्र समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?