© २०२३
पाल्पा मिसन अस्पतालले यतिबेला कोरोनाका बिरामी उपचार गरिरहेको छ । पछिल्लो समयमा फैलिएको कोभिडको कारण अस्पतालले विरगञ्जबाट समेत अक्सिजन ल्याई उपचार गरिरहेको जनाएको छ ।
अस्पतालका चिकित्सक डा. रचना कारकले –‘मुख्य समस्या अक्सिजन नभएको हुँदा विरामीको उपचारका लागि विरगञ्ज लगायतका ठाउँबाट अक्सिजन सलिन्डरहरु ल्याउने प्रयास जारी छ बताए ।
युनाइटेड मिसन अस्पतालका अधिकृत जीवन भट्टराईले मिसन अस्पतालले बिरामीको उपचारम केन्द्रित भई अस्पतालका सबै कर्मचारीहरु मिलेर खटिरहेका बताए । उनले २ घण्टामा एउटा सिलिन्डरको आवश्यक परेको जानकारी दिदै अस्पतालमा अक्सिजनको अभावको समयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले २० वटा सिलिन्डर प्रदान गरेको जानकारी दिए ।
अस्पतालमा कोरोनाका २९ जना विरामी उपचाररत रहेका छन् । त्यसमध्ये ५ जनाको अवस्था जटिल रहेको छ ।