ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

‘लिची गाउँ’मा ‘करोड टिप्दै’ किसान

कृषकहरुले लिची गाउँवाट वार्षिक एक करोड ५० लाख रुपैंयाँ सम्मको कारोवार गर्ने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन । कृषकहरुलाई अझै व्यावसायीक रुपमा लिची उत्पादनमा आकर्षित गराउन कृषि ज्ञान केन्द्रले लिचीको व्यवसायीक उत्पादनका लागि बगैंचा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

गुल्मी, १६ असार
बारीका डिल र छेउँछाउका बगैचा । बोटैभरि फलले नुगेका छन् । त्यो नुगाई बोटमा लटरम्म फलेका लिचीका फलले हुन् । यतिबेला पाकेका राता दानाले सिँगो गाउँ नै राताम्य छ । कृषकहरुलाई बोटमा भर्याङ ठड्याएर तिनै पाकेका राता दानालाई टिप्दै डोका र बोरामा राख्न भ्याईनभ्याई छ । कृषकहरुले त्यही रातादानाका बोटहरुमा डोका बाँधेर लटरम्म फलेका दानाहरुलाई झाँगैसँग टिपेर डोकोमा राखिरहेका छन । दृश्य देख्दा त्यहाँ पुग्ने जो कोही पनि हेरेरै अघाउछन् ।

यस्तो दृश्य देखिने गाउँ ठाउँ हो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३ अन्र्तगत थोर्गा च्युरेक । अर्थात लिची गाउँ । आजभोली त्यस गाउँमा पुग्नेहरु बगैंचा बरीपरि घुम्ने, तस्वीर खिच्ने र टिकटक बनाउनमा व्यस्त देखिन्छन । यस क्षेत्रमा प्रमुख नगदे फलफुल वालीको रुपमा लिची प्रमुख मानिन्छ । यहाँका कृषकहरुले आजभोली परम्पारगत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर बारीमा लिचीका बोटहरु लगाउँदै आएका छन । यहाँको लिची गाउँमा एक घरमा न्यूनतम दश बोटदेखि एक सय बोटसम्म लिचीका बोटहरु रहेको स्थानीय सामाजिक अगुवा घनश्याम ज्ञवाली बताउछन। यतिबेला कृषकहरुलाई जीविको पार्जनका लागि लिची मुख्य आम्दानीको श्रोत बनेको छ ।

व्यापारीहरु लिची लिनका लागि यतिबेला कृषकै बारीमा पुग्ने गर्दछन । यहाँको लिची गुलीयो र स्वादिलो भएका कारण बजारमा थोर्गा र च्यूरेकको लीचि भनेपछि उपभोक्ताहरुले पनि खोजी खोजी किन्ने गर्दछन । गुल्मीको सदरमुकाम तम्घासदेखि रिडी, पाल्पा र बुटवलको बजारसम्म थोर्गाको लिची पुग्ने गर्दछ । यस क्षेत्रमा एक सय भन्दा बढी कृषकहरु व्यासयीक रुपमा लीचि उत्पादनमा लागेका छन । स्थानीय कमल ज्ञवाली, ओम ज्ञवाली, मोतीराज ज्ञवाली, परमानन्द ज्ञवाली, कृष्ण बिक, युवराज ज्ञवाली लिचीका व्यवसायीक कृषकहरु हुन । यी मध्यमा पनि कृष्ण विक लिचीवाट सबै भन्दा बढी आम्दानी गर्ने कृषक हुनुहुन्छ । उहाँले लिची बिक्रिवाट वार्षिक दुइ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन ।

विगत चार वर्षको तुलनामा यस पटक धेरै लिची फलेको स्थानीय परमानन्द ज्ञवालीले बताए । पछिल्लो समयमा लिचीमा समस्या देखिएको छ । बोटहरुमा पात डल्लो पर्ने, दानाको भेट्नामा किरा लाग्ने र पाक्ने समयमा दाना फुट्ने जस्ता समस्या देखिएको ज्ञवालीको भनाई छ । बादर र अरिंगालका कारण पनि लिची जोगाउन समस्या परेको स्थानीयले गुनासो गरेका छन । यहाँका कृषकहरुले लिची गाउँवाट वार्षिक एक करोड ५० लाख रुपैंयाँ सम्मको कारोवार गर्ने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन । कृषकहरुलाई अझै व्यावसायीक रुपमा लीचि उत्पादनमा आकर्षित गराउन कृषि ज्ञान केन्द्रले लिचीको व्यवसायीक उत्पादनका लागि बगैंचा व्यवस्थापन गर्नु पर्नेमा जोड दिएको छ । आगामी वर्षदेखि ज्ञान केन्द्रले अभियानको रुपमा बगैंचा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भण्डारीले जानकारी गराएका छन ।

सन १९९१ मा समाजसेवी स्वर्गीय पंण्डीत डिल्लीराम ज्ञवालीले भारतको कलकत्तावाट वोकेर ल्याएको लीचिको वोट लगाएर च्यूरेकमा लिची खेतीको शुरुवात गरेका हुन । उनकै प्रेरणाले उक्त गाउँमा त्यहाँका मानिसहरुले शुरुमा आफुलाई खानकोलागि बोट रोप्दै रोप्दै जाँने क्रममा अहिले च्यूरेक क्षेत्र सिँगो लिची गाउँमा परिणत बनेको छ । अहिले बगैंचावाट त्यस क्षेत्रमा प्रति किलो ७० रुपैंयामा लिची बिक्रि हुँदै आएको छ । वोटमा लिची हरिया छदै व्यापारीहरु घरघरमा पुगेर थोक मूल्यमा बगैंचा नै किनेर राख्ने गर्दछन । तत्कालिन अबस्थामा जिल्ला कृषि विकास कार्यालय गुल्मीले थोर्गाको च्यूरेकमा लिची गाउँ घोषणा गरि लिची महोत्सव समेत गरेको थियो ।

जिल्ला कृषि विकास कार्यालयका तत्कालीन बरिष्ठ कृषि विकास अधिकृत नरहरी शर्मा घिमिरेले पहिलो पटक उक्त गाउँ गएको अवस्थामा बारीका डिलहरुमा लटरम्म फलेका लिचीका रातै बोटहरु देखेपछि उक्त गाउँलाई लिची गाउँ घोषणा गरेका थिए । कार्यालयले लिची गाउँ घोषणा गरेर केही सहयोग गरेपछि त्यहाँका कृषकहरु लिची उत्पादनतर्फ थप आकर्षित बनेका हुन । फलफुल खेतीमा आँपपछिको दोश्रो फलफुल वालीमा लिची पर्ने भएका कारण कृषकहरुले पनि राम्रो आम्दानी गर्दै आएका हुन । हाल जिल्लामा एक सय ७० हेक्टर क्षेत्रफलमा लीचि उत्पादन गरिदैं आएकोमा यो वर्ष ७ सय २० मेट्रिकटन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?