ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
सन्दर्भः राष्ट्रिय धान दिवस

मल बिनाको धान दिवस

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

बुटवल, असार ।  असार १५, राष्ट्रिय धान दिवस, नेपाल सरकार, प्रदेश सरकार सहित स्थानीय पालिकाहरुले समेत औपचारिकताको रुपमा धान दिवस मनाउने गर्दछन् । यसको तयारी पनि भएको पाइएको छ । धान दिवस मनाउनको लागि लाखौं खर्च गर्ने, अनुत्पादक क्षेत्र (टिर्सट, टोपी, कापि कलम) मा खर्च गर्ने तीन तहका सरकारले मल खरिद गरी किसानलाई राहत दिन भने सकेका छैनन । यो पुरानै रोगको रुपमा रहेको छ । लुम्बिनी प्रदेशमा मध्य असारसम्ममा प्रदेश भरमा अझै ५० प्रतिशत पनि रोपाईं भएको छैन । ढिलो गरि मौसम भित्रीएको कारण अझै किसानले रोपाई गर्न नसकेका हुन ।

सिंचाईको पर्याप्त मात्रामा व्यवस्थापन गर्न नसकेका तीन तहको सरकारले आकासको पानीको भरमा रोपाईं गर्न बाध्य किसानलाई पर्याप्त मात्रामा मल समेत दिन सकेका छैनन । मल अभाव यो पटक मात्रै होईन । यो पुरानै रोग जस्तै हो । किसानले धान रोप्नभन्दा पहिला डिएपी मल राख्नुपर्दछ । जुन अहिले अभाव छ । लुम्बिनी प्रदेशमा हाल कृषि सामागी कम्पनी लिमिडेट र साल्ट टेड्रिङ्ग कम्पनी लिमिटेड गरी दुई वटा सरकारी निकायले अनुदानको मल वितरण गर्दै आएका छन् ।
भैरहवामा रहेको प्रादेशिक कार्यालय कृषि सामग्री लिमिटेडका अधिकृत गणेश घिमिरेका अनुसार अहिले डीएपी मलको अभाव नै रहेको छ । उक्त कार्यालयमा अहिले ४ सय मेट्रिक टन मात्रै डीएपी मल रहेको छ । जुन लुम्बिनी प्रदेका साथै कर्णालीको केही जिल्ला, गण्डकी प्रदेशका नवलपुर, स्याङ्जा जिल्लाको लागि समेत हो । अधिकृत घिमिरेका अनुसार अझै डवल मात्रामा अर्थत ८ सय मेट्रिक टन मल भएपनि यो अप्रयाप्तता हो । उनी भन्छन्–‘सरकारले नै खरिद गरेर कुल खरिदको २०.५५ प्रतिशत मल भैरहवा कार्यालयलाई पठाउने गर्दछ् ।’— उनले भने । यो कोटा अनुसारको सबै मल आए बराबर हुने उनी बताउछन । अव साउन महिनातिर आउने सम्भावना रहेको उनले बताए । अहिले डीएपी मल किसानलाई आवश्यक हुन्छ । तर सरकारले करिव ८ सय मेट्रिक टन मल भने स्टकमा राखेको छ । कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा कार्यालयमा अहिले युरिया मल ८ सय मेट्रिक टन छ । जुन किसानले रोपेर उम्रिएपछि टप ड्रेसको रुपमा मात्रै २०, २२ दिन पछि मात्रै प्रयोगमा आउँछ ।
साल्ट ट्रेडीङ्ग कम्पनी लिमिडेट भैरहवा कार्यालयमा बल्ल मल आएको छ । उक्त कार्यालयले पनि कोटा अनुसार नै मलको वितरण गर्दै आएको छ । लुम्बिनी प्रदेशमा पालिका अनुसारको कोटा निर्धारण गर्दै आएको छ । जिल्लामा भएको कृषि ज्ञान केन्द्रको संमन्वयमा पालिका अनुसार निश्चित कोटा मल निर्धारण गरि सहकारी मार्फत मल किसानले खरिद गरी प्रयोग गर्दै आएका छन् ।
लुम्बिनी प्रदेशमा बार्षिक रुपमा २ लाख मेट्रिक टन मल आवश्यक छ । तर सरकारले भने ८ सय मेट्रिक टन मल दिएर किसानलाई थम्थमाउँदै आएको छ । लुम्बिनी प्रदेशमा हाल १ लाख मेट्रिक टन युरिया मल, ७० हजार मेट्रिक टन डीएपी १० हजार मेट्रिक टन पोटास आवश्यक छ । रुपन्देही जिल्लामा भने पालिका अनुसार कोटा निर्धारण गरि मल वितरण गरिएको छ । यस्तै कार्णली प्रदेशमा १ हजार ५ सय ३० मेट्रिक सुदुरपश्चिममा ११ हजार २ सय मेट्रिक टन मल आवश्यक छ ।
‘मल नहुँदा उत्पादनमा ५० प्रतिशत गिरावट आउछ’
विगत लामोसमयदेखि कृषि क्षेत्रमा क्रियाशिल कृषि विज्ञ शुभासराज उपाध्यायले समयमा मल नपाउँदा उत्पादनमा ५० प्रतिशत सम्म ह्रास आउन सक्ने बताउँछन् । दाङ र बाँके जिल्लामा मकैको विउमा गरिएको अनुसन्धानमा समयमा नै मल उपलब्ध भएको मकैमा ५० प्रतिशत बढि उत्पादन वृद्धि भएको र समयमा नै मल उपलब्ध नभएको मकैमा उत्पादनमा आधा ह्रास आएको बताए । जुन अध्ययन अनुसार पनि समयमा नै खाद्यान्न बालीको लागि, विउ उत्पादनको लागि उपयुक्त समयमा उपयुक्त मल आवश्यक पर्ने विज्ञ उपाध्ययको भनाई छ । उनी भन्छन्– ‘समयमा नै मल उपलब्ध हुन नसकेकोमा जुनसुकै वालीले आफ्नो उत्पादन पुर्णरुपमा दिन सक्दैन, त्यसैले समयमा नै मल दिनु आवश्यक छ । ’
फोन गरेर मल माग्ने ?
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मन्त्रालयगत समस्या सुन्न गुनासो ब्यवस्थापन कक्षको सुरुवात गरेकोछ । किसानले मल नपाएमा फोन गरेर गुनासो गर्न गुनासो सेन्टर सुरु गरेको छ । किसानले ‘कर्मकाण्डी कार्यक्रम’ को रुपमा लिएको यो गुनासो ईकाइबाट देशभरबाट मल नपाएमा फोन गर्न, गुनासो गर्न भनिएको छ । कृषि मन्त्री बेदुराम भुषालले केही दिन पहिला पैसा नलाग्ने (टोल फ्रि नम्बर) १६६००१७७७७९ र ०१–४२११४४६ नम्बरको ब्यवस्था गरेका थिए । जसमा किसानले फोन गर्दा मल पाउने आवश्सन समेत दिइएको छ । तर सिंचाई र मल अभावको कारण अधिकांस किसानले मध्य असार सम्म धान रोप्न पाएका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?