ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

कृषि ज्ञान केन्द्रको जैविक मलमा जोड

८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

नवलपरासी, असार  जिल्ला स्थित कृषि ज्ञान केन्द्र नवलपरासीले उन्नत प्रजातीको विँउ र जैविक मल प्रवद्र्धन गराउने कार्य गर्दै आएको छ । कृषकहरुको अधिक्तम माग रहदै आएको उन्नत विँउ र मलको आपुर्तिका लागि विभिन्न कार्यक्रम मार्फत जिल्ला भित्रै विँउ र मलमा आत्मनिर्भर बनाउने उदेश्य लिई काम भई रहेको अनुगमन गराउदै जानकारी गराएको हो ।
ज्ञान केन्द्रको प्राविधिक तथा आर्थिक सहयोगमा विभिन्न कृषिसँग सम्बन्धित कम्पनी,फर्म र किसानले उक्त कार्य गर्दै आएको ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराए । मल र विउँमा भारतको भर पर्ने किसानको समस्यालाई सम्बोधन गर्नका लागि यो प्रारम्भिक स्तरको प्रयास हो,उनले भने,सिमित साधन स्रोतले भए पनि किसान र कृषि फर्मलाई यस प्रति प्रोत्साहित गर्दै आएका छौ ।
अगुवा किसान र केही कृषि उद्यमीहरुले पनि यसमा चाँसो देखाए पछि ज्ञान केन्द्रले प्रोत्साहन स्वरुप केही आर्थिक अनुदान र कृषि ज्ञान दिने कार्य गर्दै आएको छ । तत्काल सबै किसानलाई आपुर्ति गर्न नसके पनि तोरै मात्रामा यसले भारतिय परनिर्भरतालाई घटाउनेमा आफुहरु विश्वस्त रहेको बताए । यसका लागि किसानहरुले पनि नेपाल सरकार तथा कृषि ज्ञान केन्द्रले केही गर्दैन भन्ने मान्यता त्याग गरेर किसानहरु समेत अग्रसर हुनु पर्ने उनको भनाई थियो ।
उनका अनुसार जिल्ला भित्रै कृषि ज्ञान केन्द्रले जैविक प्रागाँरिक मल तयार गर्नका लागि रामग्राम १५ स्थित सिएस फर्टिलाईजर इण्डष्ट्रिजलाई मेसिन,औजार,कच्चा पदार्थ र प्लाष्टिक बैगमा ८ लाख अनुदान उपलब्ध गराएको छ । उद्यमीको आफ्नो ८ लाख र ज्ञान केन्द्रको ८ लाख अनुदानले प्रागँँरिक मल उद्योग सञ्चालनमा आएको छ । यसले स्थानिय किसानलाई मल प्रतिको भारतिय परनिर्भरता हटाउनुका साथै जैविक मलले माटोमा बढदै गएको अम्लिय र क्षारिय अवस्थालाई सन्तुलनमा ल्याउने छ । रासायनिक मलको अभावलाई समेत परिपुर्ति गर्नेछ । जिल्ला भित्रै यस्तै प्रकृतिका अन्य कृषि उद्यमीहरुले मल तयार गर्दै जाने हो,भने आउदो केही बर्षमा माटोको गुणस्तर सुधार हुदै जाने छ । किसानलाई रासायनिक मलको सट्टा जैविक मलको प्रयोग गर्ने र मलमा आत्मनिर्भर बनाउने छ । किसानलाई समेत यसले लाभ पुरयाउने छ ।
रोजगारीवृद्धि गर्नुका साथै स्वदेशी उत्पादन प्रति गौरव स्थापित गर्नेछ । ज्ञान केन्द्रको अनुदान र प्राविधिक ज्ञानले हामीलाई पनि काम गर्न उत्साही बनाएको सो उद्योगका सञ्चालक छोटेलाल अग्रहरीले बताएका थिए । यो आवश्यक सहयोग कृषि ज्ञान केन्द्रले निरन्तर गुर्नका साथै उत्पादित मलको उपयोगका लागि किसानलाई पनि प्रोत्साहित गर्न आवश्यक रहेको सुनाएका थिए । यसै गरि जैविक मल मार्फत नै कृषिका लागि माटोको गुणस्तर सुधारका लागि पाल्हीनन्दन ५ स्थित एक किसानलाई गड्यौला मल मनाउनका लागि आवश्यक उपकरण र प्राविधिक ज्ञान तथा आर्थिक अनुदान उपलब्ध गराउदै आएको उनले अनुगमनको क्रममा देखाए ।
गोबारमा गड्यौला हालेर गडयौला मल बनाउने र पहिला आफ्नै खेतबारीमा प्रयोग गर्ने र बचेको मल अन्य किसानलाई विक्रि वितरण गर्दै जाने गरि प्रोत्सहित गरिएको केन्द्र प्रमुख चौधरीले जनाए । शुरु शुरुमा किसानलाई यस्तो नयाँ नयाँ काम गराउदा केही अप्ठयाराहरु आउने छ,तर पछि अनुभव र काम गर्दै गए पछि सहज बन्दै जाने छ । यस्तो नमुना कार्यहरु निरन्तर ज्ञान केन्द्रले गर्ने लक्ष्य लिएको छ,उनले भने,अन्य अनुदान केही सिमिति किसानले मात्र पाउने अवस्था भए पनि यदि अन्य किसानलाई आवश्यक ज्ञान र सिप सिक्नु पर्ने आवश्यक परे ज्ञान केन्द्र सदैव तत्पर रहेको उनको भनाई थियो । बर्षाै देखी रासायनिक मलको बढदो प्रयोगका कारण माटोको उर्वरा शतिm क्षय भई सकेको छ । रासायनिक मल पहिलो बर्ष जति मात्रामा प्रयोग गरिएको छ,आर्को बर्ष यदि त्यसको मात्रा बढाइएन भने उत्पादन ह्रास हुदै जाने छ ।
तर जैविक मलको प्रयोगले पुनःति माटोको उर्वराशतिm फर्काउन सक्ने भएकोले जैविक मल प्रति किसान र कृषि उद्यामी तथा उद्योगीलाई सरकारले निरन्तर प्रोत्साहित गर्न आवश्यक छ । किसानसँग सम्बन्धित संघसस्थाले पनि सरकारको विरोध भन्दा विकल्प सहितको विरोध गर्न आवश्यक छ । सरकारले रासायनिक मललाई यदि प्रोत्साहन गरेको छ,भने ति सस्थाहरुले पनि त्यसमा सहजीकरण गर्नु पर्छ । केन्द्र प्रमुख चौधरीले जैविक मल भित्र नै हरियो मल वृद्धिका लागि ढैचाका विँउहरु समेत किसानलाई निशुल्क वितरण गरेको छ । यसले पनि माटोको गुणस्तर सुधारमा सहयोगी बन्ने उनको भनाई थियो । यसै गरि ज्ञान केन्द्रले रामग्राम १५स्थित बुद्ध सिड कम्पनीलाई पनि विभिन्न उपकरण,भण्डारण र विँउ प्रसोधनका समाग्रिमा सहयोग गर्दै आएको देखाएको थियो । नेपाल सरकारको कृषि अनुसंधान परिषद(नार्क)को मापदण्डको आधारमा सो कम्पनीले विउँ उत्पादन,विक्रिवितरण गर्दै आएको कम्पनीका सञ्चालक उमाशंकर चौधरीले बताएका थिए । उनका अनुसार सरकारबाट विउँ उत्पादनमा सहयोग भई रहेको छ,तर किसानहरु अझै पनि भारतिय विउँ प्रति आकर्षित हुने गरेका छन् । त्यसमा आमसञ्चार माध्यमले पनि भारतिय विँउलाई नै बढि विज्ञापन गर्ने गरेको समेत उनले बताए । स्वदेशी कम्पनीलाई काम गर्न समस्याका साथै किसानहरु समेत ठगिमा पर्ने गरेका छन् । भारतिय बजारबाट जसरी विँउहरु नेपाल भित्र अनियन्त्रित रुपमा भित्रिने गरेको छ,उनले भने,त्यही अनुपातमा यता नेपाल सरकारद्धारा नेपाली विउँ प्रवद्र्धनमा असहयोग पनि हुने गर्दा नेपाली किसान मारमा पर्ने गरेको उनको भनाई थियो । यस प्रति कृषि ज्ञान केन्द्रले समेत आवश्यक पहल गर्नुपर्ने उनले आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?