ट्रेंडिंग:

>> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो
खबर

रामग्राममा श्रद्धालु पर्यटक बढे

१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

नवलपरासी (बुटवलटुडे)  जेठ– जिल्लाको रामग्राम नगरपालिका ७ स्थित रामग्राम स्तुपा परिसरमा दिनानु दिन श्रद्धालुहरूको आकर्षण बढदै गए पनि उचित ब्यवस्थापन हुन सकेको छैन् ।
भगवान गौतम बुद्धको अस्तिको आठौ भाग रहेको अष्टधातु स्थलमा देशी विदेशी पुगेर श्रद्धा पूजा तथा ध्यान अभ्यास गर्ने क्रम बढेपछि सरोकारवालाले समान्य ब्यवस्थापन समेत गर्न नसकेको अवस्था देखिएको हो । केही दिन पहिला विपश्यनाका आचार्य सुधा ग्रोवर समेतको टोली भारत मुम्बईबाट आएर एक छिन ध्यान गर्न खोजे तर ध्यानासाधानका लागि कुनै खासै ब्यवस्थापन नदेखिएपछि उनीहरूको टोली स्तुपा अगाडि भुईमै बसेर ध्यान अभ्यास गरेर फर्के ।
ग्रोवर विपश्यनाचार्य सत्यनारायण गोयन्कासँगै दुई दशक पहिला पनि आएको र अहिले पनि आउदा रामग्राममा खासै परिवर्तन नदेखिएको बताएका थिए । यहाँका स्थानिय र यहाँका सरकारले यसको महत्व र गरिमा नबुझेर हो कि ? ब्यवस्थापकिय कार्य गर्ने इच्छा शतिm नभएर हो की भनेर पनि प्रश्न गरेका थिए । उनी मात्रै होईन, केही दिन पहिला श्रीलँकाबाट बौद्ध भिक्षुहरू आएर पनि बसेर ध्यान गर्न खोजेका थिए तर उचित ब्यवस्थापन नभएका कारण काठेपद मार्गमै बसेर एक छिन प्रार्थना गरेर फर्केका थिए । यस्ता बौद्ध धर्मावलम्बी दिनहु आउने गरेका छन् । भ्रमण गर्दै दैनिक जस्तो विदेश पर्यटक आउने गरेका छन् । स्वदेशी तथा भारतिय पर्यटक पनि आकर्षण बढ्दै छ, तर ब्यवस्थापन छैन् पर्यटक र तिर्थयात्रीका लागि ।

रामग्राम स्तुपाको महिमा र महत्व विदेशमा फैलिएको छ, तर नेपाल सरकारकै ध्यान नगए जस्तो देखिएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यो नेपाल सरकारको ब्यवस्थान कमजोरी हुदा नेपालीलाई नै लज्जाबोध हुने कुरा हो, उनले भने, कुनै उत्सव, पर्वको अवसरमा ठूल्ठूला गफ हाक्ने स्थानीय तहका प्रमुख देखी सरकारी निकायका सरोकारवाला पछि परेका छैनन् । तर अवस्था हेर्दा सो स्तुपमा कसैले धुप फुल चढाउन खोजे कहाँ चढाउने होला ? भनेर अन्यौलमा पर्ने गरेको हेर्दा दुःख लाग्ने गरेको उनले सुनाए । लाखौ हजारौ खर्चेर आउने तिर्थयात्री पर्यटकलाई समान्य सिष्टाचार पनि दिन नसक्ने ,उचित खानेपानी र शौचालयको ब्यवस्थापन पनि गर्न नसक्ने कस्तो खालको हाम्रो देशको निकम्मा सरकारी पक्ष छ, त्यसको उदाहरण रामग्राम स्तुपामै हेर्न सकिन्छ ।
बुद्धपुर्णिमाका दिन प्रधानमन्त्री प्रचण्ड नै आएर भाषण ठोकेर फर्के, तर आउने श्रद्धालुलाई न त बस्ने कुनै स्थान तोकिएको छ,नत कुनै पुजापाठ, श्रद्धा अर्पण गर्ने निश्चित स्थान छ, बसेर कसैले ध्यान गर्न चाहेमा ति स्थान पनि छैन् । स्थानिय केटाकेटी आउने पर्यटकसँग पैसा माग्ने कुशंस्कार मात्र देखिन्छ । ति केटाकेटीले सके पैसा माग्ने नपाए खल्तिभित्रै हात हालेर झिक्ने कार्यले पनि झन लज्जित गराएको उनको भनाई थियो । लुम्बिनी विकास कोषले काम गर्ने भनेर अन्य निकायले पनि बहानाबाजी गर्दै आएका छन् । कोषले गर्न चाहेको छैन् । गत बर्ष नै आफुलाई स्थानिय सरकार बताउने रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति बनाउने निर्णय ग¥यो । तर निर्णय भएकै एक बर्ष पुग्न लाग्यो, सो निर्णय निर्णयकै रूपमा अहिलेसम्म छ, समिति गठनका लागि ऐन बनाउने मस्यौदा बनि सकेको नगरपालिकाले जनाउदै आए पछि त्यसबारे खासै गतिशिल भएर काम गर्न सकेको छैन् ।

भगवान बुद्धको ८० बर्षको उमेरमा उनले तत्कालिन बैशाली राज्यमा माघ पुर्णिमाका दिन तिन महिना पछि आफू बैशाख पूर्णिमाका दिन महापरिनिर्वाण अर्थात देह त्याग गर्ने घोषणा गरेका थिए । घोषणा पश्चात उनका अग्र सेवकको रूपमा रहेका भिच्छु आनन्दले सोधे भगवान तपाई नभएको बेला हामी कसरी सम्झने ? भन्ने उत्तर दिदै भने,मेरो कुनै मूर्ति नबनाउनु जलाए पछि बचेको अस्तिलाई राखेर स्तुपको निर्माण गर्नु वा गर्न लगाउनु भनेका थिए । कोलिय राजाले पाएको आफ्नो भागको अस्ति रामग्राम राजधानीदेखी ८ किलोमिटर दक्षिण र पूर्व दिशामा झरही नदीको किनारमा अस्ति राखेर स्तुपको निर्माण गराएका थिए । सोही स्तुपलाई रामग्राम स्तुपामा भनेर चिन्ने गरिएको छ । पछिल्लो समय अग्रेजका विद्धान डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको खोज गरि पहिचान गरेका थिए । तर पहिचान भएको स्तुप अहिले जस्ताको तस्तै रहेको छ । बुद्ध दर्शनमा बुद्धको धातु पुजा, पाठ र धातुको सानिध्यमा ध्यान अभ्यासलाई ठूलो महत्व रहेको उल्लेख छ,तर सरकारी पक्ष त्यस प्रति उदासिन देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%