ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

बल्ल निर्माण हुने भो मणिग्राम–मोतिपुर जोड्ने पुल

२ भाद्र २०७७, मंगलवार
२ भाद्र २०७७, मंगलवार

रुपन्देहीको मणिग्रामदेखि मोतिपुर जोड्ने पक्की पुलको निर्माण १० वर्षपछि पुनः सुरु गरिएको छ । लुम्बिनी परिक्रमा सडकमा पर्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार २५ गते भएको थियो । बुद्धस्थललाई जोड्ने गरी देवदहदेखि लुम्बिनीसम्म ४२ किलोमिटरको लुम्बिनी परिक्रमा अन्तर्गतको सडक ढिला गरेर भए पनि सम्पन्न भएको छ । तर यो सडकमा पर्ने पुल निर्माण बल्ल सुरु भएको छ । पुलको वैकल्पिक डिजाइन सम्पन्न भएसँगै निर्माण कम्पनीले काम सुरु गरेको हो ।

साईट इन्जिनियर दुर्गा गौतमका अनुसार दुई वर्षदेखि ठप्प भएको निर्माणको काम वैकल्पिक डिजाइन स्वीकृत भएपछि मंगलबारदेखि सुरु भएको छ । पुलको पाँच भागमध्ये दुई भाग ढलान भइसकेको छ । बाँकी तीन भागको पिल्लर र ढलान कार्य आगामी असारसम्म सक्ने गरी काम सुरु गरिएको हो ।
पुल निर्माणका लागि साढे २ वर्षको म्याद २०६९ पुस २४ मा सकिए पनि पटक–पटक थप गरी २०७२ असार २५ सम्म पु¥याइएको थियो । त्यसयता म्याद थप स्वीकृत नभए पनि केही काम भइरहेको थियो । गत असारमा नयाँ डिजाईन स्वीकृत र भेरिएशन भएपछि निर्माणको म्याद आगामी फागुनसम्म पु¥याइएको छ । पुलको तीनवटा पिल्लर राख्ने क्रममा जमिनमुनि चट्टान भेटिएपछि निर्माण अलपत्र परेको थियो । डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर दुर्गा गौतमले परामर्श दाताले पुलको गलत डिजाइन गर्दा समस्या भएको बताउनुभयो । “फागुनसम्म निर्माण सक्न गाह्रो छ, तर यही आर्थिक वर्षभित्र काम सम्पन्न हुन्छ”–उनले भने ।

“काम गर्ने क्रममा जमिन मुनिको ढुंगा माटोको प्रकृति पुलको डिजाइनभन्दा फरक पाइयो । पिल्लर चाहिने जति गहिराइमा जान सकेन”–गौतमले भने–“जसका कारण डिजाइन नै परिवर्तन गरी काम सुरु गर्नुपर्दा ढिलाई हुन गयो ।” निर्माण कम्पनीमार्फत अर्को परामर्शदाताबाट अध्ययन गराउँदा डिजाइन फरक भएको पाइएको थियो । “डिजाइन फरक भएपछि त्यसलाई परीक्षण गर्न सडक विभागले पुलचोक इन्जिनियरिङ कलेजसँग मद्दत माग्यो । इन्जिनियरिङ कलेजबाट विज्ञ टोली आएर जमिनको एक्सरे जसरी अनुसन्धान गर्दा आठ÷नौ मिटरको गहिराइमा चट्टान रहेको देखियो”–उनले भने ।
चट्टानको कारण बाँकी तीनवटा पिल्लर राख्न नसक्दा ढिलाई भएको पुल निर्माणको काम अव भने पूरा हुने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । इन्जिनियरिङ क्याम्पसको टोलीले तयार गरेको नयाँ डिजाइन स्वीकृत भएपछि काम थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर मेघराज मरासिनीले बताए । “नयाँ डिजाइन विभागले अध्ययन गरी स्वीकृत गरेसँगै काम अगाडि बढाइएको हो, आगामी वर्षको असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ”–उनले भने ।

यसबीचमा रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद विष्णु पौडेलले तत्काल नयाँ डिजाईन स्वीकृत गरी काम अगाडि बढाउन मातहतका निकायको ध्यानाकर्षण गराएका थिए । “नागरिकको व्यग्र प्रतीक्षापछि काम सुरु भएको छ, यसमा नागरिकस्तरबाट अनुगमन र खवरदारी जरुरी छ, सरकारले अव यसका लागि बजेट अभाव हुन दिंदैन,”–उनले बुटवल टुडेसँग भने ।

नयाँ डिजाइन अनुसार पाइल सिष्टमबाट पिल्लर तयार गरिने मरासिनीले बताए । पुलको सुरुको डिजाइन नर्थ स्टार इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र फिडाले संयुक्त रूपमा गरेका थिए । गलत डिजाइन बनाउने परामर्शदातालाई कारबाही भने भएको छैन । डिजाइनपछि पुल निर्माणको लागि एलीट कन्स्ट्रक्सनसँग १० करोड ३७ लाख ९५ हजारमा ठेक्का सम्झौता भएको हो ।
पुल नबन्दा हिउँदमा खोलाबाटै सवारी ओहोर दोहोर गर्छन् । तर वर्षातमा भने बाटो बन्द नै हुन्छ । पुल निर्माण सम्पन्न भएपछि लुम्बिनी परिक्रमामार्फत बुद्धको मावली देवदह र जन्मस्थललाई जोड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?