ट्रेंडिंग:

>> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा

बाँके फेरी कोरोनाको ‘हटस्पट’

१५ श्रावण २०७७, बिहीबार
१५ श्रावण २०७७, बिहीबार

बाँकेका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । लकडाउन खुकुलो भएसंगै संक्रमितको संख्या कम हुनुपर्नेमा अझ बढ्यो । बिहीबार एकै दिन २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । आन्तरिक राजश्व कार्यालय, यातायात जस्ता भिडभाडयुक्त सरकारी कार्यालयबाट संक्रमित फैलिएका छन् । संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि निषेधाज्ञ लागू गर्ने निर्णय गरेको छ ।

त्रिभुवन चोकको एक मिठाई पसलका सञ्चालक र आन्तरिक राजस्व कार्यालयका एक अधिकृतमा सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकोहरूको परीक्षण गर्दा बिहीबार २७ जना संक्रमित थपिएका थिए ।
त्रिभुवन चोक क्षेत्रबाट बिहीबार १६ जना संक्रमित थपिएको र आन्तरिक राजस्व कार्यालयबाट ११ जना सङ्क्रमित थपिएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए ।

उनका अनुसार यातायात कार्यालयका कर्मचारीको सम्पर्कमा आएकाहरूको परीक्षण भइरहेकोले अझै सङ्क्रमित थपिने सम्भावना छ । एकैदिन यति धेरै संख्यामा समुदायबाट सङ्क्रमित थपिएपछि नेपालगञ्जमा सन्त्रास फैलिएको छ । परीक्षणलाई अझै बढाउनुपर्ने माग बढ्दै गएको छ ।

यसअघि वैशाख १९ गते नेपालगञ्जको वडा नम्बर ८ मा पहिलो सङ्क्रमित भेटिएका थिए भने उनको सम्पर्कमा आएकाहरूमध्येबाट २५ जना सङ्क्रमित भेटिएपछि सो क्षेत्र हटस्पट बनेको थियो । बाँकेका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले जिल्लामा सङ्क्रमित घटेर २४ जनामा झरेको बेला एक्कासी २७ जना थपिँदा आइसोलेसनमा रहनेको सङ्ख्या ५१ जना पुगेको बताए । उनले यसअघि बन्द गरिसकेको नेपालगञ्जस्थित लायन्स डेन्टल हस्पिटलको आइसोलेसन सेन्टर बिहीबारबाट पुनः सञ्चालनमा ल्याइएको बताए । एकै पटक समुदायस्तरबाट धेरैजनामा सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले बाँकेमा फेरी बन्दाबन्दी लगाउने तयारी गरिरहेको जनाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा सङ्क्रमण पुष्टि भएपछि अब त्यसको नियन्त्रण र रोकथामका लागि बन्दाबन्दी लगायतका विभिन्न योजनाहरू बनाइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?