ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
अर्थ खबर

महेशपुर भन्सारः लक्ष्य भेटाउन ‘प्लान्ट क्वारेन्टाईन’ बाधक

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

नवलपरासी,  बैशाख – जिल्ला स्थित महेशपुर भन्सारमा बनस्पति (प्लान्ट) क्वारेन्टाईन नहुँदा राजश्व उठाउनमा समस्या देखिएको छ । बालीसँग सम्बन्धित चेकजाँच गरि दिने निकाय प्लान्ट क्वारेन्टाईन नभएका कारण महेशपुर भन्सारबाट आयात भएका बस्तुको भन्सार हुने गरेको छैन् । भन्सार गराउनका लागि माल सामान लिएर भैरहवा भन्सारमा नै जानुपर्ने बाध्यता रहेको छ ।

भन्सारमा कम कर्मचारी, पूर्वाधार अभाव, सुरक्षाकर्मीको असहयोग लगायतका विभिन्न बाधाको साथै एउटा प्लान्ट क्वारेन्टाईन पनि नहुनु भन्सार कार्यालयले लक्ष्य अनुसारको भन्सार राजश्व उठाउन सकि रहेको अवस्था छैन् । पशु क्वारेन्टाईन भए पनि पशुजन्य पदार्थको निकासी पैठारीका लागि आवश्यक गोदाम भण्डारण गर्ने पुर्वाधार पनि अभाव नै रहेको छ । भारतिय बजार ठूठीबारीमा पनि निकासीका लागि अधिकारिता नहुदा पनि यो भन्सारले गति लिन नसकेको कुरा भन्सारका कर्मचारीले पनि स्वविकार गरेका छन् । भन्सार चाहियो भन्ने नवलपरासीका नेतृत्व तथा स्थानियबासीले पनि भन्सारलाई आवश्यक सहयोग नपाईरहेको अवस्था समेत देखिन थालिएको छ । भन्सारले नवलपरासीको उद्योग धन्दा बजार ब्यवसाय फस्टाउनमा मद्दा हुने भए पनि स्थायिन नेतृत्वस्तरबाट भन्सारको प्रगतिका लागि आवश्यक सहजीकरण नगरिदिनुले पनि समस्या रहेको भन्सारका कर्मचारीहरूले बताए ।

विगत बर्षमा भन्सारलाई आवश्यक पुर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण गर्नका लागि सरकारले बजेट पठाएको थियो,भन्सारका एक कर्मचारीले भने,पहिला स्थानियबासीसँग जग्गाको अधिग्रहण गर्ने सरकारी मुल्य तय भएको थियो, सोही मूल्यको आधारमा सरकारले अधिग्रहणका लागि बजेट पनि पठाएको थियो तर अधिग्रहण गर्ने बेलामा केही स्थानिय नेताले उचाले पछि स्थानीय जग्गाधनीले अप्रत्यासित रूपमा बढि मूल्य माग गर्न थालेपछि जग्गा अधिग्रहण नै हुन सकेन् । त्यो भएर पूर्वाधार बन्न सकेन् । त्यसमा नेतृत्व तहबाट सहजीकरण पनि हुन नसकेन । मुल भन्सार भनेर सरकारले निर्णय गरि दरबन्दी कायम गरिदियो, उनले भने, तर दरबन्दी अनुसारको कर्मचारी नै पठाइदिएन् । यो सरकारी स्तरबाट पनि असहयोग जस्तै छ,त्यसमा पनि स्थानीयबासी, उद्योग बाणिज्य संघले चाँसो लिएर सरकारी निकाय र स्थानीयस्तरमा स्थानियबासीसँग सहजीकरण गर्नुपर्ने थियो, तर त्यसो गरेको पाइएन् ।
महेशपुर भन्सार चाहियो भन्ने मञ्चमा भाषण ठोक्ने नेता तथा ब्यापारीले नै मुल भन्सार खुले पछि चासो लिन छाडेका छन्, उनले भने,भाषण ठोकेर जनता रिजाउने जस्तो ब्यवस्थापन कार्य कठिन नै हुन्छ । त्यसका लागि नियमित सहजीकरण गर्न आवश्यक छ । समकक्षी भारतिय बजार ठूठीबारीको भन्सारले पनि भारतिय पक्षबाट त्यही अनुसारको आवश्यक पूर्वाधार र अधिकार प्रत्यायोजन गर्न आवश्यक हुन्छ । त्यो हुन सकेको छैन् । त्यसै गरि महेशपुर बजारको साँघुरो सडक, महेशपुर बसपार्क, अभाव, गाडी पार्किगँ समस्या र झरही नदीको होचो पुल पनि एक बाधक जस्तै छ । यसका लागि पनि जिल्ला स्तरबाट समाधान तर्फ कुनै पहल भईरहेको छैन् ।
भन्सारमा राजश्व लक्ष्य अनुसार उठाउन नसकिएको भन्सारका नासु शुवास पौडेलले बताए । उनका अनुसार चालु आर्थिक बर्षमा ३३ करोड २५ लाख सम्म भन्सार उठाउने लक्ष्य थियो । तर चैत्र मसान्तसम्म जम्मा ८ करोड २७ लाख ३१ हजार ६ सय ६४ रुपिया मात्र भन्सार राजश्व उठेको छ । त्यसमा भन्सार तर्फ ६ करोड २५ लाख ६९ हजार ८ सय ४१ रहेको छ । पैठारी अन्तःशुल्क १२ लाख ५६ हजार ५ सय १३,मुल्य अभिवृद्धिकर(भ्याट) १ करोड ८६ लाख ३७ हजार ४ सय २ रहेको छ । त्यसै गरि आयकर २ लाख ६७ हजार ९ सय ८ रहेको छ । भन्सारको समस्यालाई लिइएर एक पटक आन्तरिक र पछि भारतिय पक्षसँग छलफल गर्न आवश्यक रहेको भन्सारका कर्मचारीले महशुस गरिरहेका छन् ।

भन्सारसँग सम्बन्धि सरोकार राख्ने संस्था उद्योग बाणिज्य संघ नवलपरासी नै अहिले नेतृत्व विहिन रहेको संघका पुर्व बाणिज्य उपाध्यक्ष राधेश्याम अग्रहरीले बताए । अबैधानिक रूपमा रहेको संघको नेतृत्व आफ्नो अधिवेशन र साधारणसभा गर्न नसकेर अबैध भएको दुई बर्ष भई सक्यो, उनले भने, त्यो भएर उसलाई काम गर्न नैतिक बल नै छैन् । जो आफै अबैध छ, उनले प्रश्न गर्दै भने, त्यस्तो सस्थाले ब्यपारीको पिर मर्का के बुझ्छ ? भन्सारमा समस्या छ, स्थानिय स्तरबाट पहल गर्नु पर्नेमा उबासंघको यस्तो हाल छ, माथि केन्द्रिय स्तरबाट भन्सारको दररेट बढाएर तस्करीलाई मौलाउने नीतिगत समस्या सृजना गरिदिन्छन् । चर्को भन्सार दर गर्ने गिरोह नै तस्करी गराउन खोज्छ,त्यो भएर राज्य पक्ष यस प्रति गम्भिर हुन आवश्यक रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?