ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
मुख्य खबर

कपिलवस्तुमा नेपालकै आधुनिक कोल्ड स्टोरेज

११ बैशाख २०८०, सोमबार
११ बैशाख २०८०, सोमबार

कपिलवस्तु, १० बैशाख
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० जनकपुरमा नेपालकै आधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोरेज) सञ्चालनमा ल्याईएको छ । युवा व्यवसायी आशिष शर्माले आधुनिक चिस्यान केन्द्र एग्रीवस्तु कोल्ड स्टोरेज सञ्चालनमा ल्याएका हुन । २५ सय टन क्षमताको नेपालमै पहिलो आधुनिक प्रबिधीयुक्त मोडिफाईड एडमोसफेर कोल्ड स्टोरेज सञ्चालनमा ल्याईएको हो ।
करिब डेढ बिगहा जग्गाको क्षेत्रफलमा २५ करोड स्थिर र चालु लगानीमा स्टोरेज सञ्चालन गरिएको हो । अरु कोल्ड स्टोरेजमा तापक्रम मात्रै व्यवस्थापन हुदै आए पनि यो कोल्ड स्टोरेजमा तापक्रम, आद्रता, अक्सिजन, कार्बनडाईअक्साईड र एथेलिन व्यवस्थापनको क्षमता रहेकोले यो नेपालकै आधुनिक कोल्ड स्टोरेज भएको सञ्चालक शर्माको दावी छ । कोल्डस्टोरेजमा रहेका ८ वटा च्याम्बरलाई तरकारी, कृषी उपज र फ्रुजन (स्विट कोर्न, मटर कोसा र फिङ्गर चिप्स) लाई जिवन अबधी बढाउन मिल्ने गरि तयार पारिएको छ । ति सामाग्रीलाई व्यवस्थापन गर्नका लागी अटोमेटिक मेसिन द्वारा फ्रुजन चेम्बरको प्रबिधी सहित शून्य डिग्री देखी माईनस २५ डिग्री सम्मको तापक्रम व्यवस्थापन गरिएको छ । स्टोरेजमा अदुवा, लसुन, प्याज, टमाटर, गाजर र अंगुर जस्ता चाडै बिग्रिने संवेदनशिल तरकारी र फलफुलहरु भण्डार गर्न सक्ने जनाईएको छ ।
त्यसै गरि आलु भण्डार गर्दा टुसा नपलाउने र गुलीयोपना आउन नदिने सिवाईपिसी प्रबिधीको प्रयोग गरि स्टोरेजमा ६ सय टन मुस्ताङ्ग र काभ्रेको पाँचखाल आलु भण्डारण गरिएको छ । भण्डार गरिएको आलुलाई निश्चित समय राखेर मुल्य बढे पछि मुस्ताङ्ग र पाँचखाल आलुकै नाममा ब्राण्डीङ्ग गरि मुल्य थपेर बजारमा पुर्याउने सञ्चालक शर्माको योजना छ । अहिले स्टोरेजमा १४ सय टन आलु, १ सय १५ टन गाजर सँगै प्याज, बन्दा, अंगुर र फ्रुजनहरु भण्डारण गरिएको छ । एका तिर स्थानियस्तरमा उत्पादन हुने तरकारी भण्डारण अभावमा कम मुल्यमा बेच्नु पर्ने र अर्का तर्फ भारतबाट आयातित तरकारी समेत चिस्यान व्यव्सथाप नहुदाँ २० प्रतिशत बिग्रने समस्या देखे पछि आफुले सो समस्या समाधानका लागि आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा ल्याएको सञ्चालक आशिष शर्माले बताए । “कोभिडका बेला एका तिर भण्डारण अभावमा तरकारी बिग्रने र अर्का तर्फ आयातित तरकारी पनि चिस्यान व्यवस्थित नहुदाँ २० प्रतिशत बिग्रने समस्या देखे पछि कोल्ड स्टोरेज सञ्चालनको योजना बनाए ।” शर्माले भने ।


तरकारी र फलफुलको अबधीलाई बढाउन कसरी सकिन्छ भन्ने बुझन आफु कोभिडकै समयमा भारतको बिभिन्न स्थानका ४५ वटा कोल्ड स्टोरेजमा पुगेको उनले जानकारी दिए । योजना बनाएर काम शुरु गरेको करिब डेढ बर्षको अबधीमा उनले कोल्ड स्टोरेजको निर्माण पुरा गरि सञ्चालनमा ल्याएका हुन । नेपालका अधिकांस कोल्ड स्टोरेजहरु चिस्यान कायम गर्ने र आलु भण्डार गर्ने मान्यतामा सञ्चालन हुदै आएको देखिएको छ । सोहि कारण लोड सेडिङ्गका बेला अधिकांस कोल्ड स्टोरेजहरु सञ्चालनमा समस्या आएको थियो । कोल्ड स्टोरेजमा आलुको बिउ भण्डारलाई प्राथमिकता दिईए पनि आलु उत्पादन र सहि भण्डारणको उपाय प्रयोग नगरिएको उनले स्पष्ट पारे । जसका कारण कोल्ड स्टोरेजमा भण्डारणक क्रममा र बजार सम्म पुर्याउदा गुणस्तर घटने गरेको उनको अनुभव छ । त्यसैले आफुले सञ्चालन गरेको कोल्ड स्टोरेजमा आलुको भण्डारण सगै प्रोसेसिङ्गको काम समेत सगै बढाईएको शर्माले जनाए । त्यसका लागी सिआईबिसी प्रबिधीको प्रयोग गरि हब्रिसाईड स्प्रे गरेर टुसा पलाउन नदिने र गुलियोपना आउन नदिने कार्य अगाडी बढाएको उनले स्पष्ट पारे । त्यसै गरि चाडै बिग्रने गोलभेडा र कागतीलाई पनि १ महिना सम्म भण्डारण गरि मुल्य बढेका बेला बिक्री गर्ने गरि योजना अगाडी बढाईएको छ । त्यसका लागि कागती भण्डारण गर्दा निस्कने एथेलिनलाई समेत व्यवस्थापन गरि बिग्रन नदिने उपाय खोजिएको छ ।
त्यति मात्रै नभई स्टोरेज पुर्ण क्षमतामा सञ्चालनमा आउदाँ करिब ८० जना स्थानिय श्रमिकले प्रत्यक्ष रोजगारी पाउनुका साथै किसानको तरकारीलाई केहि समय स्टोरेज गर्दा उत्पादनलाई कम मुल्यमा बिक्री गर्नु पर्ने समस्या समाधान हुने देखिएको सञ्चालक शर्माको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?