© २०२३
माण्डवी गाउँपालिका–५ रम्दीका स्थानीय रमेश शाहीले आफूले पढेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । स्वर्गिय हजुरवुवा अमृत बहादुर शाहीको सम्झनामा गाउँकै नेरा आधारभूत विद्यालय, जुजुनेटामा एक लाख रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेका हुन् । एक कार्यक्रमका बीच उनले अक्षयकोषको रकम विद्यालयलाइ हस्तान्तरण गरे । अक्षयकोषबाट प्रत्येक वर्ष प्रावी र आधारभूत तहका दुइ÷दुइ जना विद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।
सोही विद्यालयमा शाहीले फिल्टर सहितको खानेपानी धारा निर्माणका लागि एक लाख ३९ हजार रुपैयाँ, फोटोकपी मेशिन, प्रिन्टर र साउण्ड सिस्टम समेत सहयोग गरेका छन् । भूतपूर्व विद्यार्थी शाहीबाट प्राप्त लाखौँको सहयोग रकमले विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन मद्दत पुग्ने प्रधानाध्यापक ददिराम पोखरेलले आशा व्यक्त गरे । यसवर्ष ९२ प्रतिशत विद्यार्थी उत्र्तिण भएको विद्यालयले जनाएका छ । सामाजिक क्षेत्रमा क्रियाशिल शाहीले प्रस्तावित बागेश्वरी माध्यमिक विद्यालयलाइ समेत एक लाख २९ हजार नौ सय ९९ रुपैयाँ सहयोग गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले नयाँ वर्षको शुरुवातसँगै शुरु भएको विद्यार्थी भर्ना अभियानलाइ सफल बनाउन सवै शिक्षाप्रेमीहरुलाइ आग्रह गरे । सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन सवैको रचनात्मक सहयोग आवश्यक रहेको समेत उनले सुनाए ।
शैक्षिक सुधारका लागि गाउँपालिकाले जारी गरेको आचार संहिता र निर्देशन पूर्ण रुपमा कार्यन्वयन गर्न प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले आग्रह गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी