ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
विचार

उद्योग व्यवसायमा आगलागीको जोखिम

१० बैशाख २०८०, आईतवार
१० बैशाख २०८०, आईतवार

बुटवलमा संचालनमा आएको साल नै भाटभटेनी सुपर मार्केटमा आगलागी भयो । विद्युत सर्ट भएर भएको आगलागीमा ठूलै नोक्सान भएको अनुमान थियो । २०७५ साल फाल्गुनमा बुटवलको मुख्य व्यापारिक स्थल अमरपथमा रहेको एक फेन्सी पसलमा विद्युत सर्ट हुँदा लागेको आगोले गर्दा एक करोडभन्दा बढीको क्षति भयो । दमकल, सेना, प्रहरी र स्थानीय वासिन्दाको प्रयासले आगो फैलिन नपाउँदा अन्य पसलहरु भने आगलागीबाट जोगिए । २०७७ सालमा दियालो फुडल्याण्डमा आगलागी भयो । २०७८ साल माघे सक्रान्तिको अवसर पारेर उदघाटन गर्न ठिक्क पारिएको बुटवलको प्लान बि डिस्कोमा पुष मसान्तको दिउँसो भिषण आगलागी भयो । दिउँसोको समयमा आगलागी भएको र दमकल नजिक पुगेपनि साँघुरो गल्लीमा डिस्को भएकोले गर्दा आगलागी नियन्त्रण हुन सकेन । मानिसहरुले हेर्दाहेर्दैै डिस्कोका भौतिक संरचनाहरु जलेर नष्ट भए र आगलागीमा ८ करोड भन्दा बढीको नोक्सान भयो । २०७८ फाल्गुणमै पारी बुटवलको एक रेस्टुरामा आगलागी हुँदा व्यवसायीले ६० लाख भन्दा बढीको क्षति बेहोर्नुप¥यो । पछिल्ला ३ वर्षका समाचारहरुलाई अध्ययन गर्दा बुटवल र छेउछाउमा रहेका विभिन्न किसिमका उद्योग व्यवसायिक प्रतिष्ठानमा ३० लाख भन्दा बढी क्षति पु¥याएका ५० भन्दा बढी आगलागीका घटनाहरु भएको देखिन्छ । साना पसल र उद्योगहरुमा भएको तथा कम क्षति भएका आगलागीलाई गणना गर्ने हो भने यो संख्या १०० को हाराहारीमा पुग्छ ।

नेपालमा औद्योगीकरणको शुरुवात भएको ९ दशक भैसकेपनि औद्योगीकरणको गति निकै सुस्त छ । यति हँुदाहुँदै पनि २०७८ फाल्गुन मसान्तसम्म नेपालमा उद्योग विभागमा ८ हजार ६५६ उद्योग दर्ता भएका छन् र यी मध्ये ३२४३ वटा उत्पादनमुलक उद्योगहरु रहेका छन् ( आर्थिक सर्वेक्षण २०७८÷७९) । त्यसैगरी घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत देशभर करिब ५ लाख ५५ हजार ७७६ उद्योगहरु दर्ता भएका छन् । औद्योगिक विकास सुस्त भएपनि नेपालमा साना ठूला व्यापारिक प्रतिष्ठानहरुको संख्या तीव्रदरमा वृद्धि भैरहेको छ । आर्थिक गणना २०७५ अनुसार देशभर ९ लाख २२ हजार ४४५ वटा ब्यवसायिक ईकाईहरु संचालित भएको देखिन्छ । सबै नगरपालिकाहरू र नगरोन्ंमुख क्षेत्रमा विभिन्न किसिमका व्यापारिक प्रतिष्ठानहरु वर्षेनी थपिदै गएका छन् । औद्योगिक र व्यापारिक प्रतिष्ठानहरु थपिदै गैरहँदा नेपालमा ति प्रतिष्ठानमा हुने आगलागी समेत वर्षेनी बढ्दै गैरहेको देखिन्छ ।

बुटवलमा पछिल्ला वर्षमा व्यवसायिक क्षेत्रमा भएका सबै आगलागीहरुमा विद्युत नै जिम्मेवार भएको देखिन्छ । विद्युत भोल्टेजमा हुने उतार चढाव, यान्त्रिक गडबडी र विद्युत चुहावटको कारणले आकस्मिक रुपले हुने आगलागीबाट उद्योग र पसलहरु आगलागीको जोखिममा परेको देखिन्छ । भोल्टेजमा हुने परिवर्तनले उपकरण र तारहरु जल्ने, विद्युतबाट चल्ने उपकरणहरु विग्रिएको वा विद्युत भोल्टेज थेग्न नसक्ने हुदा मेशिनहरु जल्ने, कमसल तार तथा कमजोर वायरिङको कारणले सर्किटमा गडबडी भएर तार र बोर्ड जल्ने जस्ता कारणले अधिकांश व्यावसायिक प्रतिष्ठानमा आगलागी भैरहेको छ । यसबाहेक इन्धन दहन गर्ने भट्टी, बोइलर र ड्रायरको आगो छेउछाउमा फैलिदा समेत आगलागी भैरहेको छ ।

अधिकांश पसलहरुमा रातीको समयमा आगलागी हुने गरेको छ । यसो हुनुमा मानवीय कमजोरी नै मुख्य जिम्मेवार भएको देखिन्छ । पसल बन्द गर्ने बेलामा विजुली नहुँदा विद्युतीय उपकरणहरु बन्द नगरि हिड्ने प्रवृति धेरै व्यापारीहरुमा छ । यसरि खुला राखिएका उपकरणमा रातीको समयमा एक्कासी उच्च भोल्टेजमा विद्युत प्रवाह हुँदा आगो लाग्ने गरेको छ । त्यसैगरी लोडसेडिङ्गको बेलामा बालिएका मैनबत्ती, मच्छर धपाउन बालिएका धुपहरु निभाउन बिर्सदापनि त्यस्ता वस्तुबाट विस्तारै छेउछाउका वस्तुमा आगो सल्कँदा पसलमा आगलागी हुने गरेको पाइन्छ । पेट्रोल, ग्याँस, बारुद जस्ता प्रज्वलनशील पदार्थहरु भण्डारण र विक्री गर्ने प्रतिष्ठानहरुमा सामान्य आगोको झिल्का र चट्याङबाट समेत आगलागी हुने गरेको छ, तर यस्तो आगलागी अतिकम मात्रामा भएको देखिन्छ ।

बुटवल र शहरी क्षेत्रमा रहेका उद्योग व्यवसायमा सामान्य आगलागी हुँदा पनि ठूलो क्षति हुने गरेको देखिन्छ । यसो हुनुमा उद्योग, ब्यवसाय संचालन भएको स्थानले पनि ठूलो भूमिका खेलेको देखिन्छ । उद्योग, होटेल, रेस्टुरेन्टहरु साँघुरा वस्तीभित्र समेत संचालन भएका छन् । साँघुरा गल्ली वा सडक छिचोल्दै ती स्थानमा पुग्नुपर्छ । कुनै कारणवस आगलागी भएमा आगो निभाउनका लागि दमकल वा आपतकालीन उद्धारको लागि यातायातका साधन त्यहाँ पुग्दैनन् । गतवर्ष मिलनचोकको डिस्कोमा आगो नियन्त्रण गर्न नसक्नुको मुख्य कारण यहि नै थियो । शहरभित्र संचालित पसलहरु पनि साँघुरो कोठा र जोडिएका ठाउँमा छन्, जहाँ एउटा पसलमा हुने गल्तीले अर्को पसलमा सजिलै आगलागी हुन र आगो फैलिन सक्छ । उद्योग क्षेत्रमा प्रसस्त हरियाली र पानीका श्रोतहरु भएमा पनि आगलागीको क्षति कम गर्न सकिन्छ.तर यहाँ संचालित उद्योग परिसरमा हरियाली र पानीका पोखरीहरु देख्नै पाईदैन, जसले गर्दा आगलागी नियन्त्रण गर्न कठिन हुन्छ र क्षति बढी हुने गरेको छ ।

व्यापारिक पसलहरुमा तुलनात्मक रुपले आगलागीको जोखिम कम हुने भएपनि उद्योगमा यस्तो जोखिम व्याप्त रहेको हुन्छ । व्यावसायिक क्षेत्रमा हुने आगलागीले उद्योगका मेशिनहरु, कच्चापदार्थ, उत्पादित पदार्थ र भौतिक संरचनामा मात्र नभई मानव संसाधनमा समेत अपूरणीय क्षति पु¥याउन सक्ने भएकोले व्यवसायिक प्रतिष्ठानमा आगलागीको जोखिम न्यूनीकरणलाइ औद्योगिक ऐन र श्रम ऐनले अपरिहार्य कार्य मानेको पाइन्छ । आगलागी हुन नदिने किसिमले भौतिक संरचना तयार पार्ने, उपकरणलाई दुरुस्त राख्ने, विद्युत सर्किटमा गुणस्तरीय सामाग्रीहरुको प्रयोग गर्ने, आगो टिप्ने वस्तुहरुलाई विद्युत स्पार्क हुने सम्भावित ठाउँभन्दा टाढा राख्ने व्यवस्था व्यवसायिक प्रतिष्ठानहरुले गर्नु आवश्यक मानिन्छ । ग्याँस, पेट्रोलियम पदार्थ, प्लास्टिक, बारुद जस्ता प्रज्ज्वलनशील पदार्थ हुने उद्योग र व्यापारिक प्रतिष्ठानहरुले अनिवार्य रुपमा आगलागीको सूचना दिने अटोमेटिक यन्त्र र आगो निभाउने आधुनिक उपकरणहरुलाई सधै तम्तयार अवस्थामा राखेमा आगलागी भैहालेमा तत्कालै नियन्त्रण गरि क्षति न्यूनीकरण गर्न सकिन्छ । औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २४ ले उद्योगले जोखिम व्यवस्थापन र सुरक्षामा गरेको लगानीलाई करकट्टीमा सुविधा प्रदान गर्ने व्यवस्था गरेकोले अग्नि जोखिम व्यवस्थापन प्रणाली जडान गर्दा उद्योगलाई थप आर्थिक भार समेत पर्दैन । व्यवसायी र सरकारी निकाय मिलेर विशेष दक्षतायुक्त औद्योगिक अग्नि नियन्त्रकको व्यवस्था गर्ने हो भने आगलागी पछिको क्षतिलाई घटाउन सकिन्छ ।

उद्योग व्यवसायमा अहिलेसम्म अरबौ रुपैयाँ लगानी भएको छ तर अग्नि नियन्त्रणका सामान्य सावधानीहरु नअपनाउँदा वर्षेनी धनजनको अपुरणीय क्षति हुने गरेको छ । व्यवसायिक क्षेत्रमा हुने आगलागीले व्यवसायीले मात्र नभएर समाजले नै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । सामान्य सावधानी र पूर्वतयारी गरेर ठूलो लगानीका आफ्ना पसल, उद्योग, भौतिक सामग्री र प्रतिष्ठा नष्ट हुनबाट जोगाउन सकिने भएकोले अग्नि जोखिम व्यवस्थापनमा व्यवसायीहरुले विशेष ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?