© २०२३
लुम्बिनी- थाई नागरिक, भिक्षु भिक्षुणीले नया“ वर्ष संक्राङ मनाएका छन् । नेपालीले नया“ वर्ष मनाएसंगै उनीहरुले पनि बुद्ध जन्मस्थल लुम्बिनीमा प्रार्थना र पूजाआजा गरेर मनाएका छन् । लुम्बिनी स्थित शान्ति द्विप नजिक रहेको बेबी बुद्धको प्रतिमामा विश्व शान्तिको कामना गर्दै परित्राण पाठ गरे । बेबी बुद्धलाई धार्मिक बिधिपुर्वक पुजाआजा गरि नुहाई दिए । डेढ मिटर लामो पित्तलको पाईपबाट पानी झारेर बेबी बुद्धको पाउँभिक्षु, भिक्षुणी र उपासक उपासिका धोएर पवित्र बनाएका थिए । भिक्षु भिक्षुणीले पुष्प वर्षा गरेका थिए । समग्र मानव जीवन र प्राणीको सुख शान्ति र कल्याणकालागि प्रार्थना पाठ गरेका थिए । सजाएर आकर्षक बनाईएको मंचबाट पाईपमा पानी चढाउदा बेबी बुद्धको पाउँसम्म पानी पुग्ने गरेको थियो ।
थाईल्याण्डमा राष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गरेर मुलुक भर ५ दिनसम्म नया“ वर्ष मनाईन्छ । त्यसै अन्तर्गत यहा“ कार्यक्रम गरिएको हो । संक्राङ उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष भनेको पानी दिने र फाल्ने हो । उपासक उपासिका रंग नराखेर सुगन्धित फुलका टुक्रा राखेको पानी छयापाछ्याप गरेर उत्सव मनाएका थिए । लुम्बिनी घुम्न आएका ईजरायली नागरिक गल हलेवीले थाई उत्सव देखेर सन्देश मूलक र प्रेरणादायी भएको बताए । ‘एक अर्कामा पानी छ्याप्दा आफूमा भएका शारिरीक विकार पखालिन्छ भन्ने धार्मिक विश्वास छ,’ उनले भने्, ‘संमृद्ध कृषि क्षेत्रकालागि पर्याप्त वर्षा होस् भन्ने कामना पनि गरिन्छ ।’ सर्बसाधारणदेखि मुलुकको उन्नति प्रगतिको कामना गरिन्छ उनले थपे ।उक्त अवसरमा नेपाल र भारतकालागि थाई धर्मदूत फ्रा थम्म बोधीओङले नेपाल र थाईल्याण्डले संगसंगै नया“वर्षलाई उत्सवका रुपमा मनाउनुले दुबै मुलुक सास्कृतिक रुपले नजिक रहेको बताए । यस्ले आपसी मित्रता, सद्भाव र मैंत्री अझ सुढृढ हु“दै गएको भान हुन्छ उनले थपे ।
संक्राङ शब्द संस्कृत भाषाको हो । ‘यसको अर्थ सूर्य आफ्नो गति एक दिशाबाट अर्को दिशा मोडने दिन भएकाले सौर्य पात्रो अनुसार नया वर्षको चिन्ह दिईन्छ,’ थाईल्याण्डबाट बुद्धिष्ट फिलोस्पीमा स्नातक गरेका भिक्षु सुमंगलोले भने, ‘यो थाईल्याण्डको पुरानो नयाँ वर्ष हो ।’ सन् १८८८ सम्म संक्राङ आधिकारिक नयाँवर्ष थियो । त्यसपछिबाट जनवरी एकलाई नयाँ वर्ष मनाईन्छ । तर संक्राङलाई पनि नया“ जत्तिकै महत्वकासाथ थाईल्याण्डभरि मनाईन्छ उनले बताए । संक्राङ उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष भनेको पानी चढाउनु हो । थाईल्याण्डमा पानीलाई फुल र सुगन्धले भरिपूर्ण बनाएर उपासक उपासिकाले भिक्षु भिक्षुणीलाई अर्पण गर्छन् । भिक्षुबाट पंच शिल अष्ट शिल लिन्छन् । त्यस्तै भिक्षुभिक्षुणीहरुबाट आर्शिबाद लिने प्रचलन रहेको उनले बताए । संक्राङमा बुद्धको प्रतिमा सरसफाई गर्ने गरिन्छ । उत्सवमा पानी छयापेर मानिसको छबी सफा गर्ने र राम्रो भाग्य ल्याउने तरिकाको रूपमा हेरिन्छ । उत्सवमा लुम्बिनी स्थित विभिन्न विहारमा रहेका महायानी, थेरबादी र बज्रयानी संप्रदायले आआफ्नो परम्परा अनुसार च्याटिङ गरेका थिए । पछि विहारले उत्सवमा सहभागी भिक्षु, भिक्षुणीलाई भोजन दान गरेको थियो ।