© २०२३
बुटवल, चैत- नेपाली नया वर्ष २०८० भित्रिएसंगै आन्तरिक पर्यटक नजिकको पर्यटकिय स्थलमा घुमफिरमा जाने तयारीमा छन । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र एउटा गन्त्ब्य हो । देशका विभिन्न बन क्षेत्रमा भेटिने जंगली घाईते र बच्चा जनावर उद्धारबाट शुरु भएको शंकरनगर बनबाटिका अहिले पर्यटकिय आर्कषकको केन्द्र बन्न सफल भएको छ । जंगली जनावर उद्धार गर्न काठमाण्डौ बाहेक देशका अन्य स्थानमा ब्यवस्थित ठाउ नभएको बेला सामुदायिक बनले तिलोत्तमा नगरमा उद्धार केन्द्र चलाएको थियो ।
उपभोक्ताहरु बन संरक्षणसंगै जंगली जनावरलाई बचाउने लक्ष्यसहित उद्धार केन्द्र शुरु भएको स्मरण शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डे गर्छन । माया लागेर जनावर बचाउ शुरु गरेको अहिले त्यो मिनि चिडियाघरका रुपमा विकास भएको उनले बताए । काठमाण्डौ बाहिर नै आफुहरुले नमुना चिडियाघर बनाएको बताउने लक्ष्य अनुसार अन्तिम चरणमा रहेको उनको दाबी छ । बनबाटिका नामाकरण गरेर परिकल्पना गर्ने तथा अगुवाई संस्थापक अध्यक्ष स्वर्गिय बाबुराम अर्यालले गरे । विदेश भम्रणको क्रममा अर्यालले देखेका र अनुभव गाउघरमा गर्ने आट गरेका हुन् । यसमा उनलाई स्थानिय बासिन्दाहरुको सहयोग मिलेको थियो । गुरुयोजना अनुसार पुर्वाधार विकास र समयसापेक्ष लगानी बढ्दै जादा यो सुन्दर र आर्कषण बन्न सकेको छ ।
रुपन्देहीको शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र पर्यटकको आर्कषणको केन्द्र बनेको छ । सबेरैबाट आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकन भ्रमण, पिकनिकका लागि आउने गर्दछन । शंकरनगर सामुदायिक बन उपभोक्ता समुहको वन क्षेत्रमा संचालनमा रहेको यो पर्यटकिय स्थल देशकै नमुना भएको शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेको दाबी छ । संस्थापकहरुको अथक प्रयास र मेहनतबाट अहिलेको स्वरुप तयार भएको उनी बताउछन । नेपालमात्र नभई छिमेकी देश भारतका विभिन्न शहरका पर्यटक आउने गरेको उनी बताउछन । यो केवल मनोरन्जनका लागिमात्र नभई अध्ययन अनुसन्धानमा समेत उपयोगी थलो भएको हुदा स्कलर्सहरु आउने गरेको उनि बताउछन । २०६३ सालमा रेस्क्यु सेन्टर थियो । जंगलमा भेटिएका जनावर ल्याएर बचाउने गरेको उनि सुनाउछन । ‘अहिले २१ बढी प्रजातीका जनावर, सरिसृप भएका छन ।’– उनले भने । गत फागुन २९ गते डिभिजन बन कार्यालय अर्घाखाचीबाट एक थान हिमाली भालुको बच्चा यहा छाडिएको छ । ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा ६ वटा पार्कहरु, करीब १२ करोड रुपैयाको भ्यु टावरसहित मिनि रेल, चिल्डे«न पार्क अन्य धेरै पुर्वाधार विकासमा हालसम्म २० करोड रुपैया लगानी भएको उनले बताए । केन्द्रको काउन्टरमा २ जना, चिडियाखाना ब्यवस्थापनमा ७ जना, सुरक्षागार्ड ५ जना र बगैचामा ११ जना माली गरि २५ जना कर्मचारीहरु छन ।
अवलोकन गर्न आउने दर्शकहरुको प्रवेश शुल्क नै मुल आय रहेको छ । चिडियाघरको कार्यविधि भने छैन । जनावर संरक्षणको काम गरेपनि सरकारी सहयोग र पुर्वाधार विकासमा कठिनाई भएको उनको दुखेसो छ । चितुवा, हरिण, राते, पहाडी भालु, खरायो, अष्ट्रिच चरा, मयुर, घोडा, अजिगर, गिद्ध, सारसलगायतसहित २३ प्रजातीका १ सय ८२ जनावर, पंक्षि र सरिसृपहरु छन । देशभरमा विभिन्न भेटिएका जंगली घाईते बन्यजन्तुको उपचार र रेखदेख यहा गरिन्छ । यहा रहेको चितुवाले दैनिक ६ केजी मासु खाने गर्छ । जनावरको रेखदेखमा मासिक ४ लाख रुपैया खर्च हुने गरेको छ । कर्मचारीहरुलाई काठमाण्डौमा रहेको चिडियाघरमा बेलाबेला लगेर जनावरहरु हरेचाह गर्ने बारे तालिम दिदै आईएको छ । किताबी ज्ञान लिएका बालबालिकाहरुलाई प्रत्यक्ष जनावर हेर्न र उनिहरुको हाउभाउ बुझन केन्द्र उपयोगी भएको छ ।
केन्द्रका अध्यक्ष बेल प्रसाद शर्मा अध्ययन अनुसन्धानकर्ताको उपयोगी हुने गरि विकासमा लागेको बताउछन । बहुआयामिक रुपमा यसको महत्व हुने गरि विकास गर्न लागेको उनको दाबी छ । ‘समुदायलाई जोडेर लैजादा हामीहरु सफल भएका छौ ।’– उनले भने । बालबालिकाहरुलाई खेल्न चिप्लेटी, पिङ, मिनि रेल छ ।
युवाहरुलाई ठुलो पिङ, पार्कहरु छन । ‘बालबालिकादेखि वृद्धसम्मका सबै उमेर समुहलाई मनोरन्जन र सिकाईको थलो बनेको छ ।’–उनले भने । ‘हाम्रो संस्कृति हाम्रो सभ्यता’ नारासहित सहयात्रा नेपालले लुम्बिनी संस्कृति तथा पर्यटन प्रर्वद्धन केन्द्र स्थापना गरेर विभिन्न जातीका भेषभुषा पर्यटकलाई लगाएर फोटो, भिडियो खिच्ने ब्यवस्था गरेको छ । बिशाल बहुउपयोगी भ्यु टावरबाट दृश्यालोकन गर्न सक्ने ब्यवस्था गरिएको छ ।