ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा
मुख्य समाचार

मूलपानी वनस्पती उद्यानः आहा ! सरकारी अफिस

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

सल्यान,  चैत - जडीबुटी तथा महŒवपूर्ण वनस्पतिहरूको प्राकृतिक वासस्थानमा संरक्षण र दिगो संकलन तथा खेती विस्तार मार्फत आफ्नै देशमा प्रशोधन, मूल्य अभिवृद्धि र वस्तुको उत्पादन गरी निर्यात प्रवद्र्धन गर्न सकेमा ठूलो आर्थिक लाभ लिन सकिने प्रशस्त सम्भावना छ । जडिबुटी खेती र प्राकृतिक रूपमा कर्णाली प्रदेश धेरै अगाडि छ । तथापी वानस्पतिक अध्ययनका हिसाबले निकै पछाडि रहेको देख्न सकिन्छ ।

वनस्पति र जडीबुटी मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा द्विविधा छैन । वनस्पतीका अध्ययन अनुसन्धान गरिरहेका व्यक्तिहरू तथा विभिन्न विवरणहरू ऋनुसार अहिले पनि कच्चा पदार्थका रूपमा जडीबुटीजन्य पदार्थ निर्यात भइरहेको छ । हामीले निर्यात गरेका कच्चा पदार्थ विश्वका महँगा उत्पादनमा उपयोग भइरहेका छन् । अव वस्तु उत्पादन तर्फ त विशेष ध्यान दिनुपर्छ नै, यसका साथै वानस्पतिक अध्ययन पनि प्रमुखताका साथ आउँछ । वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठक अबको जोड यसतर्फ हुने बताउँछन् । जैविक विविधता र जडिबुटी खेती सम्बन्धी तालिम र सचेतनाका कार्यक्रम गर्नका लागि अनुसन्धान केन्द्र किसानकै आंगनमा र बिद्यालय र कलेजसम्म नै पुग्ने गरेको छ ।

आहा ! सरकारी अफिस’

वन मन्त्रालय अन्तर्गतको वनस्पति बिभागको देशका बिभिन्न जिल्लामा सात वटा अनुसन्धान केन्द्रहरू छन् । ती मध्ये एक अनुसन्धान केन्द्रको रूपमा २०५६ सालमा स्थापित वनस्पति अनुसन्धान केन्द्र सल्यान स्थित मूलपानी वनस्पति उद्यान दिनानुदिन थप आकर्षक हुँदै गईरहेको छ । उद्यान पहिला देखि नै आकर्शक त थियो नै र पनि सिमित साधन स्रोतका वाबजुत सके जति थप प्रयास गरिएको अनुसन्धान केन्द्रका प्रमुख डा. पाठकले बताए । गत एक बर्षको अन्तरालमा मात्रै अनुसन्धान केन्द्रको मुख्य फिल्ड इकाइ मुलपानी वनस्पति उद्यानमा बिशेष आकर्षकणहरू थपिएका छन्, अन्य ब्यवस्थाहरू गरिएका छन् । उनी भन्छन्, ‘उद्यान भनेको सरंक्षणका र अनुसन्धानका अलवा घुम्नका लागि, सिक्नका लागि पनि हो तसर्थ कार्यालय समय अवधीमा छ दिन मात्रै खुल्ने उद्यानलाई शनिबार पनि दिनभर खोलेर उद्यानमा आम आगन्तुकहरूको पहुच बढाइएको छ ।’

उद्यानमा रहेका थिमाटिक गार्डेनहरूलाई थप आकर्षक बनाउन मायाको चिन्ह अंकित लभ आकारमा प्लान्ट फर लाइफको लोगो अंकित “लभ सेप“ को ब्यवस्था गरिएको छ । जुन हरेक आगन्तुकको आकर्सणको केन्द्र बनेको छ । चारै तिर सिसीटिभी क्यामेराको जडानले फूल विरुवा बचाउन मद्दत मात्रै पुगेको छैन, उद्यानमा घुम्नेहरू अहिले थप सतर्क पनि भएका छन् । यती मात्रै हैन बेला बेला आगन्तुकलाई सचेत गराउन र नयाँ नयाँ जानकारी गराउन एकिकृत सूचना प्रणालीको लागि उद्यानका बिभिन्न ठाउँंमा साउन्ड सिस्टमको ब्यवस्था पनि गरिएको छ ।
उद्यान भ्रमणमा आउने आगन्तुक लाई कम्तिमा २–३ घण्टा भुलाउन सकियोस भनेर स्थानिय साधन स्रोतको उच्चतम प्रयोग गरेर नयाँ थिमाटिक गार्डेन बिस्तारको काम तिब्र गतीमा अगि बढाइएको छ । कार्यालय परिसरमै कुटेर र ढले पडेका काठ चिरेर दुई सय रन मिटर इको पाथ बनाइएको डा पाठक बताउछन् । उद्यानमा भएका फूट ट्रेलको निर्माण र जोखिम कम गर्न चारै तिर रेलिङको ब्यवस्था पनि थपिएको छ । बालवालिकाको सिकाइलाई जोड गरेर छुट्टै बाल उद्यान निर्माणको सुरुवात गरिएको छ । वनस्पति विभागले पनि नयाँ कार्यक्रमलाई प्राथमिकतामा राखेकोले आउने बर्षमा अहिले सुरु गरिएका अधुरा काम सम्पन्न हुने अनुसन्धान केन्द्रको विश्वास छ ।

आम सर्बसाधारणको सुचनाको पहुचलाई सुनिश्चित बनाउन उद्यानमा भएका ५५० प्रजातीका बिरुवाको पुरा विवरण सहितको पुस्तक, आफ्नै वेबसाइटको पनि प्रयोग गरिएको छ । केन्द्रको आफ्नै फेसबूक पेज छ जसबाट जडिबुटी खेतीका लागि अनुदान, बिरुवा बितरण एव बिभिन्न प्राबिधिक कुराहरूको जानकारी समेत दिने गरिन्छ । केन्द्रले हजारौं बिरुवा उत्पादन गरेर किसानहरूलाई बाड्ने गरेको छ । उद्यानमा विद्यार्थी, अनुसन्धान कर्ताहरू र अन्य अवलोकनकर्ताहरू गरेर वार्षिक दश हजार बढी अवलोकनकर्ताले उद्यानको भ्रमण गर्ने गर्छन् ।

दिवसमा सप्ताहव्यापी कार्यक्रम
हरेक वर्ष चैत्र २९ गते मनाइने वनस्पती दिवसको अवसरमा अनुसन्धान केन्द्रले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । मूलपानी वनस्पती उद्यान क्षेत्रभित्र र आसपासका क्षेत्रमा मिचाहा वनस्पतीको निर्मुल गर्ने, उद्यान क्षेत्रमा दुर्लभ तथा संकटापन्न एंव साइटिसमा सुचिकृत बिरुवाका प्लट बनाउने, उद्यान अगाडि सडकको एक एक सय मिटर दाँया वायाँ एभिन्यु रुखहरू रोपण गर्ने, जडिबुटी खेती, जैविक विविधता र जलवायु परिवर्तनले पार्न सक्ने असर र अनुकुलनका उपायको बारेमा सचेतना गर्ने एंव प्रचार प्रसार गर्ने जस्ता कार्यहरू सञ्चालन गरिएको डा. पाठकले बताए । सप्ताहको पहिलो दिन विहिबार सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रशाद खरेलबाट धार्मिक बिरुवा रुद्राक्षको विरुवा रोपण गरेर साप्ताहरूपी कार्यक्रमको उद्घाटान गरिएको थियो ।

जलवायु परिवर्तन एक चुनौतीः
समाधानका लागि वनस्पति भन्ने नाराका साथ वनस्पती बिभागको ६३ औं बार्सिकोत्सव तथा २४ औं वनस्पती दिवस बुधबार एक कार्यक्रम गरेर मनाइदै छ । डा. पाठक भन्छन् ‘सरकारी कार्यालयहरूलाई हेयको दृष्टिकोणले हेर्न थालिएको वर्तमान अवस्थामा देश बिदेशमा आफूले पाएको, देखेको ज्ञानको सदुपयोग गर्दै ब्यवस्थापन र आकर्षणका हिसाबले आहा ! सरकारी अफिस भन्ने गराउने प्रयासमा हामी छौं र यो पुरा गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%