ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
फ्रन्ट पेज

सांसद चौधरीको ड्रिम प्रोजेक्टः होला त नवलपरासी डुबान मुक्त?

समस्याको रूपमा रहेको डुबानको कारण चुरेका खोला र गण्डक संरचनाको सफाई नभएर निष्कार्ष निकालिएको छ । चुरेबाट बग्ने खोलाको पानीको उचित जलनिकासको ब्यवस्थापनमा आवश्यक बिस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि प्राविधिक समेत खटाइएका छन् ।
२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

नवलपरासी,चैत - जिल्लाका डुबान क्षेत्रलाई डुबान मुतm बनाउने कार्यलाई प्रतिनिधिसभा सदस्य (साँसद) विनोद चौधरीले आफ्नो ड्रिम प्रोजेक्टको रूपमा अंगिकार गरि काम अगाडी बढाएका छन् ।
जलनिकास रोकिने तथा गण्डक परियोजना अन्तरगतका विभिन्न संरचना डुबानको कारक बनेको हुदा जलनिकासको उचित प्रबन्ध र गण्डक परियोजनासँग सम्बन्धित संरचनाहरूको कारण बनेको तत्य सहितको प्रतिवेदन समेत बनाउन लगाएर काम गराउन थालेका हुन् ।

साँसद चौधरीको सचिवालयका कर्मचारीहरू सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीसँग डुबानबारे सुचना संकलन गर्दै छलफलमा जुटेका छन् । विभिन्न सरकारी निकाय विच नै आपसी तालमेल नभई एक आर्कालाई दोषारोपण गर्ने, विभिन्न बहाना बनाउदै काम नगर्ने कर्मचारीको प्रवृत्तिका कारणले पनि जिल्ला भित्रको डुबान समस्याको समाधान हुन सकेको छैन् । नियमन निकाय अन्तर्गतका विभिन्न कार्यालयका कार्यालय प्रमुखहरू जसरी भए पनि आफ्नो जागिरको कार्यकाल सकाउने मात्र ध्येय हुने हुँदा दिगो निकास पाउन नसकेको निष्कार्ष साँसद चौधरीको रहेको छ । उनले आफ्नौ सचिवालयका कर्मचारीलाई डुबान प्रभावित गाउपालिकामा निरन्तर खटाएर सुचना संकलन गर्न समेत लगाएका छन्,उनका सचिवालय नजिक भएर काम गर्दै आएका पत्रकार पुरुषोत्तम सुवेदीले बताए । गाउँपालिका तथा स्थानियबासीसँग पनि सूचना संकलन गरि त्यसको प्राविधिक र विज्ञबाट अध्ययन र विश्लेषण गर्ने कार्य हुँदैछ । केही स्थानको साँसद चौधरीले आफै स्थलगत रूपमा स्थानियसँग बुझ्ने कार्य गरेका छन् । यसले स्थानियमा उत्साह पनि बढाएको उनले बताए ।

समस्याको रूपमा रहेको डुबानको कारण चुरेका खोला र गण्डक संरचनाको सफाई नभएर निष्कार्ष निकालिएको छ । चुरेबाट बग्ने खोलाको पानीको उचित जलनिकासको ब्यवस्थापनमा आवश्यक विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि प्राविधिक समेत खटाइएका छन् । त्यसका लािग आवश्यक बजेटका लागि साँसद चौधरीले यसै बर्षको बजेटमा समावेश गराई काम गराउने प्रतिवद्धता पनि जनाएका छन् । त्यसै गरि भारतिय दुतावास मार्फत गण्डक परियोजनाका कारण देखिने समस्याबारे पनि भारतिय पक्षको ध्यानाकर्षण गराएका छन् । हालै मात्र उनले जिल्लाको सबै भन्दा बढि डुबान हुने सरावल गाउपालिकाको वार्ड नं.४ देखी ७ सम्म र पाल्हीनन्दनको वार्ड नं.१ र २ का झरही खोला र धनेवा खोलाको प्राविधिक सहितको विज्ञ अध्ययन टोली सहित अवलोकन समेत गरेका थिए । प्रतापपुर गाउँपालिकाको खजुरा खोला तथा लिटिल गण्डक अतिक्रमण हुने जलनिकासको मार्ग संकुचित हुने निष्कर्ष पनि निकालिएको छ । त्यसलाई आवश्यक बजेट जुटाउनमा साँसद चौधरीले प्रतिवद्धता जनाई सचिवालयलाई निरन्तर काम गर्न लगाएका छन् ।

विगतका अन्य साँसद जस्तो चुनाव सकियो,सिँहदरबार हिडियो जस्तो छैन्,उनले भने,साँसद चौधरीले एक उच्च स्तरका ब्यवसायि पनि हुन्,उनी मासिक रूपमा जिल्लामा आउने र सचिवालयले तयार गरेको सुचनाबारे सम्बन्धित विज्ञ र सरोकारवाला कार्यालयलाई भेला बोलाई निष्कर्षमा समेत पुर्याउने गरेको छन् । निष्कर्ष निकालेमा जहाँ समस्या छ,उहिँ निर समाधान पनि छ । यसले गर्दा उनले पहिला समस्याको पहिचान गराउने र पछि सबै सरोकारवालालाई एक स्थानमा बोलाएर निष्कर्ष निकाल्न पनि लगाएका छन् । पहिलो उनले जिल्लामा विभिन्न ठूलो आयोजनाहरू किन र कसरी अलपत्र परेका छन ? भनेर परासीमा सम्बन्धित विभागका इन्जिरियर,ठेकेदार,जनप्रतिनिधि र स्थानिय प्रशासनलाई पनि बोलाएर निष्कर्ष निकाल्न लगाएका थिए । निष्कार्षमा सडक अयोजनाहरू निर्माण समाग्रि नपाएर ढिलाई गर्दै आएको बताएका थिए ।

निर्माण समाग्रिको आपुर्तिका लागि रोजगारी सृजना होस भनेर नीतिगत रूपमा खोलामा मेसिनरी भन्दा जनशतिm लगाएर झिक्ने गरि वातावरण प्रभाव मूल्यांकन (इआइए) मा उल्लेख हुने । त्यही अनुसार स्थानिय प्रशासनले खोलामा मेसिनरी प्रयोग गर्न नदिईने कार्य गर्दै आएको छ । तर खोलामा मेसिनरी प्रयोग नगर्दा ढुवानीमा समस्या आउने एउटा कारण आर्को कारण खोलाजन्य समाग्रि केही स्थानिय माफियाहरूले चोरेर राख्ने र आफ्नै समाग्रि विक्रि होस भनेर अवरोध सृजना गर्ने हुदा ठेकेदारहरूले समाग्रि नपाएर आयोजना अलपत्र पर्ने गरेको देखिएको छ । यसको निष्कर्ष निकाल्दै अहिले खोलाजन्य समाग्रि चाहिने निर्माण कम्पनीले खोलाबाट मेसिन प्रयोग गरि समाग्रि झिक्ने आधार तयार पारी आवश्यक परिमाण खनन गर्ने गरि सम्बन्धित ढुवानी गाडी टिपरको नम्बर समेत उल्लेख गरि स्थानिय तहमा राजश्व दाखिना गर्ने छन् र ढुवानी सहज हुनेछ । यसले सडक अयोजनामा समाग्रि ढुवानी हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?