© २०२३
नवलपरासी, चैत- नेपाली युवा रोजगारीको खोजी गर्दै विदेशिने गरे पनि नेपालकै बगरमा खेती गर्न भारत दिल्लीको परिवार गण्डकीको बगरमा खरबुजा खेती गर्न थालेका छन् । खेर गईरहेको बगर भित्र दिल्लीबाट आएका तिन परिवार बगरमै बसोबास गरि खरबुजा खेतीमा लागेका हुन् ।
समान्य लेखपढ गर्ने नेपाली युवा खाडी मुलुक रोज्ने र केही पढेलेखेका युवाहरु अध्ययन भिसा लिई पढने कमाउने उदेश्यले लिएर युके,युएसए,क्यानाडा र अष्ट्रेलिया जस्ता मुलुकको दौडमा छन् । तर नजिकै भारतिय नागरिकले नेपाल भित्र अवसर खोज्दै आयआर्जनको स्रोत पत्ता लगाई काम गर्दै आएको देख्दा नेपाली समाज कता जादैछ,सरकार ति युवालाई किन त्यस काम प्रति प्रोत्साहित गर्न सकेको छैन ? यसबारे अध्ययनको समेत आवश्यकता रहेको स्थानिय शिक्षक राजेश पाण्डेले बताए । उनका अनुसार खाडीमा थोरै पैसो खर्चेर जाने युवा त कमाएर केही पठाउने गरेका छन,तर युके,युएसए,क्यानाडा र अष्ट्रेलिया जादा थुप्रै रकम खर्चेर जानेले कमाएको पैसो पनि पठाउदैनन्,त्यही घरजम गरेर बस्दा नेपालको युवा मात्रै नभई पुँजि पनि पलायत हुने क्रम बढि छ ।
गाँउ समाजमा पनि छोरा विदेश गयो भनेर उत्साही हुने र सोचे अनुसारको काम नपाएर फर्कन परेमा दुःखी हुने अवस्था गाँउ गाँउमा देख्न सकिन्छ । स्थानिय युवालाई गाँउ ठाँउमै अवसरको जुटाईदिने,सिप सिकाई दिने,परिवारले पनि प्रोत्साहित गरिदिने अवस्थाको सृजना हुन सकेको छैन् । उनले आफ्नै गाँउपालिका भित्र बगरमा खेती गरेर लाखौ रुपिया कमाएर जाने भारतिय परिवारलाई इन्गित गर्दै भने,गरे के छैन नेपालमा ? तर त्यो देखाई दिने एउटा पढेलेखेको बर्ग आफै ब्रेनड्रेन भएर विकसित मुलकमा हिड्ने र त्यो भन्दा अलि कम पढेका युवा खाडी रोज्ने परम्परा जस्तै बनेको छ ।
गण्डकी नदीको कटान रोक्नका लागि बगर भरि परक्युपाईनले बार बनाइएको छ । तिनै परक्युपाईन भित्र बगरमा खरबुजा लटरम्ब फलेका छन् । कम्तीमा ति कुराको पनि अध्ययन गराएर पनि सरकारले स्थानिय युवाहरुलाई बगरखेती प्रति प्रोत्साहित गर्नु पर्ने उनको भनाई थियो । खरबुजाको माग अहिले सबै होटेल,शहरबजार र ग्रामिण भेगमा पनि उत्तिकै रहेको छ । अन्य तरकारी भन्दा खरबुजाको मुल्य राम्रो छ । फल पाके पछि तुरन्तै बेच्नु पर्ने बाध्यता नभई केही दिनसम्म भण्डारण गर्न सक्ने क्षमता भएको पनि खरबुजा खेती हो । बलौटे जमिनमा हुने खरबुजाले राम्ररी आमदनी गर्न सकिन्छ । विदेश जादा लाग्ने खर्चले पनि बगरमा होस वा आफ्नै खेतबारीमा खरबुजा खेती गर्न सकिन्छ,शिक्षक पाण्डेले भने,कम्तीमा भारतियले गर्ने यस्ता बगर खेतीको भ्रमण गराएर युवाहरुलाई प्रोत्साहित गर्नु पर्ने आवश्यकता देखिएको छ ।
जिल्लाको सुस्ता गाउपालिका र प्रतापपुर गाँउपालिकाका अधिकाँश भुभाग बगर जस्तै हो,उनले भने, वि ग्याप बाँध भित्रको बगरमा भारतियले खरबुजा फलाएर यहिँ बेचेर लाखौ रुपिया कमाएर फर्कन्छन् । तर नेपाली युवाहरु आफ्नै खेतीबारी बाँझो बनाएर,खेत बेचेर पैसो लिएर विदेशिने गरेका छन् ।
यो मुलुककै लागि एउटा आत्मघाती सिद्ध हुने उनको भनाई थियो । स्थानिय सरकारको रुपमा रहेका गाउपालिका र नगरपालिकाका जनप्रतिनिधि पनि कम छैनन्,उनी थप्छन,नेपाली युवाहरुलाई काम दिनु भन्दा ति जनप्रतिनिधि आफ्नै यान्त्रिक ब्यवस्थापनमा लाग्ने र योजनाहरु कोटेसन,ठेक्का पार्ने र कमाउने धुनमा मात्रै छन् । यान्त्रिकरणले एकातिर स्थानिय स्तरको रोजगारीमा नकारात्मक असर पारिरहेको छ,आर्को तिर यान्त्रिकरणमा खर्चिने रकम,उपकरण र इन्धन खरिद मार्फत ति पैसो विदेश नै जाने गरेको छ । आर्को तिर गाँउ ठाँउमा रोजगारीको अवसर नपाउने युवा आफ्नो पुख्र्यौली सम्पनि बेचविखन र बन्धकी राखेर विदेश जानु पर्ने बाध्यता सृजना भएको छ ।
नेपाल भित्रै अवसर छ भनेर देखाउने खालका युवा लक्षित कार्यक्रम बन्न नसकेकोमा उनले दुःख ब्यतm गर्दै भने, हाम्रै दिपक माविमा ९,१० कक्षा पढदा पढदै विद्यार्थीको उमेर १८ बर्ष कट्छ,पढाई पनि नसिध्याई विद्यालय छाडेर पासपोर्ट बनाउन तिर लाग्ने गरेको देखिएको छ । विद्यालयमा अहिले छात्र भन्दा छात्राकै संख्या पनि यहिँ देखाउछ,उनले भने, यसलाई रोक्न गाउपालिकाले रणनीतिक योजना बनाउन आवश्यक छ । यता बगर खेतीका लागि प्रदेश सरकारले योजना नै पारेको भए पनि त्यस प्रति नेपाली किसान युवाबाट उत्साह जनक माग नआएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले बताए ।
युवा र किसानका लागि बगर खेती नमुना स्वरुप कार्यक्रममा समावेश गरिएको थियो,उनले भने, तर नेपाली युवा र किसानबाट माग प्रयाप्त मात्रामा आएन् । कम्तीमा यस प्रति किसान र युवाहरु उत्साह देखाएको भए अगामी बर्ष अझै थप गरेर पनि बजेट बनाउन सकिन्थ्यो । माग सृजना गर्नका लागि जनप्रतिनिधिले गाँउ स्तरबाट पनि युवा युवतीलाई यस्तो बगर खेती प्रति प्रोत्साहित गर्न आवश्यक रहेको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । अगामी योजनामा यसलाई समावेश गरिने बताउदै यसका लागि किसान,अभिभावक र शिक्षक,संघसस्थाहरु पनि लाग्नु पर्ने उनको भनाई थियो । हाम्रै पालिका भित्र यस्तो बगर खेती भएका छन्,उनले भने,तर धेरैलाई त्यही कुरा थाहा छैन ।