ट्रेंडिंग:

>> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो
मुख्य खबर

लघुवित्त पीडित : ‘मर्नुस कि ऋण तिर्नुस्’

२६ चैत्र २०७९, आईतवार
२६ चैत्र २०७९, आईतवार

सुनवल, २५ चैत- बर्दघाट १२ कि मोति धरिकारले बर्दघाटमा रहेको नेस्डो लघुवित्तिय संस्थाबाट छोरालाई विदेश पठाउन २ लाख ऋण लिईन् । छोरो विदेशबाट कमाउला भन्ने आशामा उनलेकेहि गरौँ भन्ने सोँचले मुक्तिनाथ विकास बैंक बर्दघाट पनि भएको जाथजेथा धितोमा राखेर दश लाख ऋण लिएर ट्याक्टर खरिद गरिन् तर परिस्थिती सोचे जस्तो भएन् । विदेश गएको छोरो अक्सिजन सिलिन्डर विस्फोटमा परि गम्भिर घाईते भए, धन्न ज्यान बच्यो ।
यता धरिकारलाई नेस्डो र बैंकले पटक पटक ऋण तिर्न ताकेता गर्दे आए । जनेतेन किस्ता तिर्दे आएकि धरिकारलाई आर्थिक संकटले नराम्रो संग गाज्यो, किस्ता पनि तिर्न नसक्ने अवस्था भएपछि नेस्डोका कर्मचारी दैनिक धरिकारकहाँ आउन थाले । कर्मचारी घर आएर पैसा माग्ने मात्रै होईन्, धम्क्याउने र अपशब्द प्रयोग गरी गाली गर्नु समान्य जसतो भईसकेको थियो ।
‘तैले पैसा नतिरे तलाई पाप लाग्छ, तेरो छोरो पनि उतै मर्छ त पनि झुन्डिएर मर ऋण तिर्नु पर्देन् भन्दै कर्मचारीले घरमै आएर गाली गर्छन् धरिकारले बरबरी आशु खसाल्दै दुखेसो पोखिन् ।’ ‘विदेशमा छोरो विस्फोटमा परेर बल्ल बल्ल बचेको छ तर यहाँ तेरो छोरो मरोस् भनेर श्राप दिन्छन् एउटीआमालाई कस्तो हुन्छ होला धरिकारले भनिन् ।’
मुक्तिनाथ विकास बैंकले पनि कम सताएको छैन् धरिकारलाई, आधा बढि पैसा तिरिसकेपनि सावाँ घटेको छैन् भन्छ बैंक । ‘एक दिन ढिलो गर्यो भने एक हजारको दरले जरिवाना लिन्छ, ठुलाबडालाई त्यसतो त गर्देन् होला तर गरिब भएपछि के गर्नु सहनुको विकल्प छैन् । म कुनै हालतमा तपाईहरुको पैसा तिर्छु भाग्दिन भन्दा पनि घरमा दैनिक आउने घर नभेटे गाँउमा खोज्दै हिड्ने, गाली गर्ने अनि कसरी सहनु’–धरिकारले गुनोसो पोखिन्, सहनै नसक्ने भएपछि सडकमा उत्रिएको हो, जिल्ला प्रशासन कार्यालय अगाडी तातो घामको रापमा लघुवित्त विरुद्धको धर्नामा बसेकि धरिकारले भनिन् ।
धरिकार मात्र होईन् लघुवित्त संस्थाको ज्यादती विरुद्ध अनिश्चितकालिन धर्नामा बसेका परासी निवासी मोति शर्माको पनि पिडा उस्तै छ । एन आई सि एसिया लघुवित्त बाट ऋण लिएर किराना पसल सुरु गरे लगत्तै कोरोना महामारी सुरुभयो, कोरोना महामारीका कारण व्यापार चौपट भयो ।
बल्ल बल्ल किस्ता तिर्दे आएका शर्मालाई अहिले ठुलो चोट परेको छ । लघुवित्तको तनाव सहन नसकेर उनकि श्रीमति दुई वर्ष देखि माईतमा बस्दै आएकी छन् । शर्माले गहभरी आशुपारेर भने ‘के गर्नु घर आईज भन्न पनि सकेको छैन्, म काममा जान्थे घर आएर श्रीमतिलाई तनाव दिएपछि माईतमा गएर बसेकि छन्, कहिले ऋण मुक्त हुन सकिएला र बल्ल घर बोलाउला भनेको छु ।’ ३ लाख ऋण लिएका शर्माले १ लाख जति तिर्न बाँकि छ, गरगहना बचेर पनि अरु पैसा तिरेको बताउने उनले एक लाखको पनि ३६ प्रतिशत सम्म ब्याज लिएपछि म गरिवले कसरी तिर्ने भन्छन् । अझ खाली चेक पनि साईन गराएर लगेको र भविष्यमा चेक बाउन्स मुद्धामा फसाउन सक्ने चिन्ता जनाउँछन् शर्मा ।
जिल्ला प्रशासन कार्यालय अगाडी सडकको तातो भुईँमा भेटिएकी १० वर्षकी सविना हरिजन स्कुल जान पाएकि छैनन्, हरिजनले स्कुल जान नपाएको डेढ महिना भयो, उनी अहिले लघुवित्तिय संस्था विरुद्धको आन्दोलनमा छन् । सुनवल–१२ भुमहि निवासी सविनाको आमाले स्थानीय दुई ओटा लघुवित्तबाट ऋण लिएर काम गर्न खोजिन् तर काममा सफलता हात परेन् । श्रीमान श्रीमती मिलेर ठेक्का पट्टाको काम गर्न खोजेपनि सफल भएनन् । त्यतिनै बेला एउटा छोरीको मृत्यु भयो, बज्रपात पर्यो ।
एकातर्फ सन्तान गुमाउनुको पिडा त छदै छ अर्को तर्फ लघुवित्तय संस्थाको दैनिक र्टचर । सविना रुदै भन्छिन्–‘सधै भात पाकेर स्कुल जाने तयारी गर्ने बेला घर घेर्न आउछन कसरी स्कुल जानु, चालिस दिन भयो म स्कुल नगाको के मैले पढ्नै नपाउने त ? ’ सविना प्रश्न गर्छिन् –‘तर जवाफ आमा संग पनि छैन् अब त स्कुलको फिस तिर्न पनि नसक्ने अवस्था छ चर्को घाममा पसिनाले भिजेकि सविनाकि आमा निराश हुदै भन्छिन् ।’
लघुवित्त संस्था खारेजी सहित लघुवित्तीय संस्थाहरुले लगाएको सामुहिक ऋण मिनाह गर्नुपर्ने, लघुवित्तीयको ज्यादती रोक्नुपर्ने र गरिब र किसानहरुलाई निशुल्क ऋण उपलब्ध गराउनुपर्ने माग राख्दै उनिहरुले धर्ना सुरु गरेका छन्् । माग पुरा नभए सम्म अब पछि नहट्ने लघुवित्तिय संस्था विरुद्धको संर्घष समिति नवलपरासीकि अध्यक्ष गिता खाँडले बताईन् । अधिकांशले मिटरव्याजमा पैसा लिएर लघुवित्तको किस्ता तिर्दे आएको बताउदै उनले जसका कारण पिडितहरु झनै पिडित बन्दै गएको बताईन् ।
लघुवित्तय संस्थाहरुले घरमै आएर अनावश्यक दुख दिने, धम्क्याउने गरेका कारण पुरै परिवार नै प्रताडित हुनुपरेको पिडितहरुको गुनासो छ । मृत्यु दर्ता लिएर आउनुस् हामि छोडिदिन्छौ भन्छन् यति धेरै पिडा पनि दिने हो त खाडले भनिन् । लघुवित्तिय संस्थाहरुले बचतमा दिनुपर्ने कुनै सुविधा नदिने तर व्याज वृद्धि गरी पिडा दिने काम गरेकाले बाध्य भएर संर्घषमा उत्रनुपरेको उनिहरुको भनाई छ ।
लघु वित्तको ज्यादती अन्त्य नगरे र लगाएको ऋण मिनाह नगरे आन्दोलन थप चर्काउने चेतावनी उनीहरुले दिएका छन् । नवलपरासीमा झन्डै ३६ हजारले लुघवित्तय संस्थाबाट ऋण लिएको अनुमान छ त्यसमध्ये २० हजार जति तिर्न नसक्ने अवस्थामा रहेको संर्घष समितिको दाबी छ । जिल्लामा १ सय ४४ लघुवित्तिय संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%