ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

राम सिता बने शुनिल र अनिता (फोटो फिचर)

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

ब्याण्ड बाजा सहित जन्ती आउँछन्, रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ भगदरीका शुनिल कोहार दुलाहको भेषमा बग्गीमा चढ्र आउँछन् । उनी जब मन्चमा जान्छन् तव मायादेवी गाउँपालिका वडा नम्बर ७ अहिरौलीकी अनिता कोहार लाई दुलही बनाएर आफन्तहरूले विवाह मञ्च (मण्डप) मा लैजान्छन् ।
पण्डीतले सबै प्रक्रिया पुरा गरेर उनीहरूको विवाह गरिदिन्छन् । जसमा जन्तीको रूपमा रहेका थिए पुर्व कृषि मन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट लगायत । उनीहरू संगै रहेका आफन्तहरूले उनीहरूलाई आशिष दिन्छन् । आआफ्नो गक्ष अनुसारको दक्षिता र दाईजो समेत दिन्छन् । पुर्णरूपमा विधि सम्मत रूपमा विवाह सम्पन्न हुन्छन । दुलाहीलाई पुनः डोलीमा राखेर घर लगिन्छ ।


हेलिकम्टरबाट पुष्प वृष्टि पनि गरिन्छ । आएका जन्तीहरू सबै सु सोभित हुन्छन् । यो बुधबार रूपन्देहीको ओम सतिया गाउपालिका वडा नम्बर –३ लौहरौलीमा गरिएको राम सिता विवाह महोत्सवको झलक हो । शुनिल र अनिता साच्चै नै उक्त दिन देखि विवाह सम्बन्धमा बाँधिएका हुन ।
नेपालमा जनकपुरमा अयोध्याका राजा राम र नेपालकी चेली सिताको विचमा विवाह भएकै दिन रूपन्देहीको ऐतिहासिम ओमसतिया गाउपालिका–३ –श्रम मा रहेको राम जानकी मन्दिरमा भव्य विवाह उत्सव मेला सम्पन्न भएको छ ।
विगतका बर्षहरूमा दर्जन भन्दा बढि व्याक्तिहरू यसरी नै सोही दिन विवाह बन्धनमा बाँिधने ईतिहास रहेको थियो । तर यसको महिमा विस्तारै घट्दै गएको कारण अहिले एउटा जोडीमा सिमीत भएको बताइएको छ । गाउपालिकाले यो मेलालाई विवाह उत्सवको रूपमा भव्य रूपमा मनाउने योजना अनुरूपम केही दिन देखि सुरु भएको मेला ५ दिन बुधबार आएको छ । ७ औं दिनको दिन मेला समापन हुनेछ ।
मेलाको बुधवार पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य छविलाल विश्वर्माले उद्घाटन गरे ।
विवाह पञ्चमीको दिनको दिन जनकपुरमा जस्तै सोही प्रकृतिको महत्व रहेको रूपन्देहीको उक्त स्थान को समुत्थानको लागि आफ्नो पहल जारी राख्ने प्रतिद्धता व्यक्त गरेका थिए । उनले सबैको साझा पहलबाट नै उक्त कार्य सफल हुने भन्दै सास्कृतीक सम्पदाको रूपमा रहेको उक्त स्थानलाई विश्व सम्पदा सूचीमा समेत सूचिकृत गर्नको लागि पहल गर्ने पूर्व मन्त्री विश्वकर्माले बताए ।
मेला स्थल थप व्यवस्थीत गर्नको लागि, थप संरक्षण र प्रर्वद्धनको लागि गुरुयोजना निर्माणको लागि पनि पहल गर्ने पुर्व मन्त्रीले बताए । कार्यक्रममा बोल्दै उनले भने–‘अर्को बर्ष थप व्यवस्थित र वृहत मेलाको रूपमा राम सिता विवाह महोत्सव हुनेछ, जसमा पुरा पुररूपमा सहयोग गर्ने छु ।’


यस्तै कार्यक्रममा बोल्दै ओम सतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले थप को थप स्तर वृद्धिसँगै मेलालाई थप व्यवस्थीत बनाउने बताए । राष्ट्रिय पहिचानको रूपमा मेला लाई अगाडी बढाउन खोजिएको भन्दै उनले यसलाई थप गुरुयोजना बनाएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको बताएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गुणाखर भुषाल, समाजसेवी पशुपती यादव, रामजानकी मन्दिर समितिका पुजारी विश्वनाथ सास्त्री महाराज, गाउपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष शिव कुमार धवल लगायतले बोलेका थिए ।

तस्वीरहरुः कृष्ण खनाल/न्युज बुटवल टुडे डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?