ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

नयाँ ऐनमा सम्बन्ध विच्छेद महिलालाई झनै सास्ती

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

रूपन्देहीको तिलोत्तमा नगरपालिकी अनुराधा अधिकारी (नाम परिवर्तन) त्यसबेला अच्चममा परिन् । जतिबेला श्रीमानले सम्बन्ध विच्छेदका लागि भनेर निवेदन दिएको भन्दै वडाबाट घरमा चिठी आयो । सामान्य घर व्यवहारका विषय भैmंझगडा नै भएपनि सम्बन्ध विच्छेद गर्ने सोंच बनाउलान् भन्ने कुरा कहिल्यै पनि नसोंचेको उनले बताइन् । ५ छोरा छोरीकी आमा अधिकारीले यो बुढेशकालमा यस्तो हुन्छ भन्ने कुरा आफ्नो कल्पना भन्दा बहिरको बताइन् । आजभन्दा करिब ४० वर्ष अगाडी मागी विहे भएको बताउने उनले उमेरमा मेरा श्रीमान म भन्दा करिब ४ वर्षले कान्छा छन् । घर व्यवहार पनि त्यति राम्रो छैन रक्सी कम खानु भन्ने विषय नै घर झगडा भएको उनको ठहर छ । रूपन्देहीको देवदहकी इन्द्रकुमारी सुनार (नाम परिवर्तन) को २२ बर्षको उमेरमा बिहे भयो । एउटी छोरी अहिले ४ वर्षकी छिन् । तर पारिवारीक खटपटका कारण श्रीमानले केही समयमै छाडे । माइतीमा बस्न थालेको पनि २ वर्ष भयो । उनको कानुनी रूपमै सम्बन्ध बिच्छेद भइसकेको छ ।

२०६९ सालमा मागी विहे गरे पनि श्रीमानले दिनहँु रक्सी खाने र कुट्ने गरेकै कारण आफु एक्लै बस्ने निर्णयमा पुगेको उनको भनाई छ । तर उनलाई छोरीको चिन्ताले रातभरी निद्रा लाग्दैन । रुद्रपुरकी सरिता गुरुङ्ग (नाम परिवर्तन) को पनि यस्तै अवस्था छ, बुटवलमा कक्षा १२ मा अध्यननरत उनी भन्छिन् दुई बर्षअघि १८ बर्षमै भागेर बिहे गरेँ तर सम्बन्धले दिगोपन लिन सकेन । विहे गरेको १ वर्षमा नै सम्बन्ध विच्छेद गर्नुप¥यो । मेरो त भागेर विहे गरेको भएर सम्बन्ध विच्छेद गर्ने मन थिएन तर श्रीमान मसँग नबस्ने अरू नै विहे गर्ने सोंच भएकाले मलाई सम्बन्ध विच्छेद गर्न दबाव दिए त्यसैले गरँे । सैनामैना नगरपालिकाकी अनिता विष्ट गाउँकै केटासँग प्रेममा परिन् । नाताले दिदीको देवर पर्ने विदेशमा कमाउन गएको आफू भन्दा उमेरले ५ वर्ष जेठो । सानैबाट देखे चिनेको तर विदेश गएपछि फेसबुकमा हुने कुराकानीले माया बसेको थियो । सम्बन्ध रामै बन्ला भन्ने सोचेर विहे गरिन तर विहे पछिको दुई महिनामै घरमा बस्न नसके पछि उनी माईती आईन । अहिले श्रीमानको जोडले सम्बन्ध विच्छेद भएको छ । माथिका पात्र महिला भए पनि पछिल्लो समयमा श्रीमतीलाई छोड्ने पुरुषको संख्या पनि धेरै छ । रूपन्देहीमा सम्बन्ध विच्छेदको मुद्दामा पुरुषको अग्रसरता बढी देखिएको छ । रूपन्देही जिल्ला अदालतको तथ्याङ्ग हेर्दा भदौ १ गते देखि मंसिर १३ गते सम्ममा १ सय जना पुरुषले सम्बन्ध विच्छेद गरेका छन् । नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाइदिएपछि उनीहरू महिला सरह अदालत जान थालेको प्रशासन शखा अधिकृत गंगाप्रसाद अधिकारीले बताए ।

देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था गरेपछि महिलाभन्दा पुरुषका मुद्दा अदालतमा बढी दर्ता भइरहेका छन् । त्यसैगरी गत वर्षको साउन महिनाको तथ्याङ्ग अनुसार ६९ महिलाले सम्बन्ध विच्छेद गरेका छन् भने २ जना पुरुषले सम्बन्ध विच्छेद गरेका छन् । जिल्ला अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३÷७४ मा ४ सय ३२ मुद्दा दर्ता भएकोमा ३ सय ८३ फैसला भएको र बाँकी विभिन्न कारणले पैmसला हुन बाँकी रहेका छन् । त्यसैगरी २०७३÷०७४ मा ५ सय ५ सम्बन्ध विछेच्दका मुद्दा दर्ताकोमा ३ सय ९८ फैसला भएको र बाँकी १ सय ७ वटा मुद्दा प्रकिया नपुगेका कारणले फैसला नभएको अधिकारीले जानकारी दिए । गत वर्ष २०७४÷०७५ मा ६ सय ३१ मुद्दा दर्ता भएकोमा ५ सय २ फैसला भएको र १ सय २९ वटा बाँकी रहेका छन् । माथिका तथ्यांकले एकै ठाउँमा मुद्दा दर्ता र फैसला भएको मात्र देखाउँछ तर कति महिला र कति पुरुषको सम्बन्ध विच्छेद भयो भन्ने तथ्याङ्ग जिल्ला अदालत रूपन्देहीमा नभएको शाखा अधिकृत अधिकारीको भनाइ छ । उनले नयाँ मुलुकी ऐन लागु हुनु भन्दा पहिले जति सम्बन्ध विच्छेदका मुद्दाहरू छन् त्यसमा पुरुषको संख्या अत्यन्तै कम भएको बताए । उनले भने यही वर्षको साउन महिना र भदै महिनालाई हेर्दा पनि अनुमान लगाउन सकिन्छ । साउन महिनामा २ जना पुरुषले सम्बन्ध विच्छेद गरेका छन् भने भदौ महिना मात्रै झण्डै १ सय पुरुषहरूले सम्बन्ध विच्छेद गरेको तथ्याङ्गमा उल्लेख रहेको छ । कानुन व्यवसायी हेमा न्यौपानेले सम्बन्ध विच्छेदको नयाँ ऐनले महिलालाई थप पिडा दिएको बताईन् । पुरुषले आफूलाई मन नपरेको खण्डमा सम्बन्ध विच्छेद गर्न सजिलै पाउनले परिवारमा मिल्ने वातावरण खल्बलाउन सक्ने बताइन ।

उनले भनिन घरकी श्रीमती चित्त नबुझे विना गल्ती सम्बन्ध विच्छेदले महिला दोहरो मारमा पर्ने अवस्था हुन्छ । हुन त अदालतले यस्तो अवस्था एक वर्ष सम्म मुद्धा फैसला नगर्ने भने पनि अर्को वर्ष हुन्छ भनेर पुरुष ढुक्क हुन्छन् । अधिकांश महिलाले सम्बन्ध विच्छेदपछि तत्कालका लागि राहत पाएको महसुस गरे पनि दीर्घकालीन रूपमा समाज र परिवारमा धेरै कठिनाइहरूसँग सामना गर्नुपर्ने हुन्छ । महिला अधिकारकर्मी सुमित्रा शर्माले पुरुषले सम्बन्ध विच्छेद गर्दा महिलालाई अधिकार सहितको सम्बन्ध विच्छेद गर्नु पर्ने बताईन । उनले अहिले पुरुषले जुनसुकै बहानामा सिधै अदालत गएर सम्बन्ध विच्छेद गर्दा महिला माथि अन्याय हुन सकने अवस्था सृजना हुन सक्ने धेरै संभावना रहेको बताईन । हाम्रो समाजले सम्बन्ध विछेच्द गरेको महिलालाई हेर्न नजर नकारात्मक हुनुले महिला माईती, घर र समाजबाट नै हेलाको पात्र बन्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले सम्बन्ध विछेच्द महिलाको अधिकार सहितको हुनुपर्नेमा शर्माको जोड छ ।

समाजलाई नै अस्तव्यस्त बनाउने गरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ। सामान्य घटनामा पनि सम्बन्ध विच्छेदले विकृतिकै रूप लिन पुगेको छ । सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँलारु सोचनीय विषय बन्दै गएको छ । कतिपय अवस्थामा अन्याय सहन नसकेर सम्बन्ध विच्छेद गर्न पुगे पनि धेरैले आफ्नो स्वतन्त्रताको नाममा घर परिवारमा हुने सामान्य विषयमलाई ठूलो रूप बनाएर अलगिने निर्णय गर्दछन् । यसले गर्दा साना बालबालिकाहरूको भविष्यमा पनि ठूलो असर पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?