ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन
फ्रन्टपेज

बुटवल–नारायणगढ सडकः धुलोसँगै सडकमा ‘पैसा उड्छ’

करिव सवा एक घण्टामा हामी बुटवल पुग्थ्यौँ तर अहिले त २ घण्टामा पनि पुग्न मुश्किल हुन्छ । एक त समयको बर्वादी छ त्यसमाथी सडकका खाल्डाखुल्डी र कच्ची सडकका कारण गाडीमा टुटफुट आँउदा २—४ सवारी मर्मत खर्च बढेको छ ।
२३ चैत्र २०७९, बिहीबार
२३ चैत्र २०७९, बिहीबार

बर्दघाट, चैत – बुटवलदेखि नारायणगढसम्मका पूर्वपश्चिम राजमार्गका स्थानीय र सवारीले निर्माधीन सडकका कारण सास्ती खेप्नु परेको छ । चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीले पूर्व पश्चिम राजमार्गको स्तरोन्नतीको ठेक्का लिएर समयमा सडक निर्माण गर्न नसक्दा बुटवल नारायणघाट सडक खण्डमा धुलो र खाल्टा खुल्टी मात्रै छ । यहाँ यात्रा गर्ने यात्रु र राजमार्ग आसपासका स्थानियले सास्ती खेपिइरहेका छन ।

राजमार्ग स्तरोन्नतीको काम सुरु हुनुपूर्व बुटवल बर्दघाट ३८ किलोमिटर यात्रा गर्न करिव ४५ मिनेट समय खर्चने निजी सवारी अहिले कम्तीमा साढे १ घण्टा छुट्याउनुपर्छ । बुटवल बर्दघाट सडक करिव १ घण्टामा पुग्ने सवारी २ घण्टामा पनि पुग्न मुश्किल हुने गरेको छ । कल्भर्ट, पुल निर्माण भन्दै बनाइएका डाइभर्सनहरु पुल कल्भर्ट निर्माण पश्चात पनि खाल्डो पुरिएका छैनन् । कतिपय ठाउँमा डाइभर्सन नै कायम छ ।

बुटवल बर्दघाट सडकमा माइक्रोबस चलाउँदै आएका बर्दघाटका सवारी चालक बसन्त कुँवरले ठेकेदार कम्पनीको लापरवाहीका कारण सवारी र जनताले सास्ती खेप्नु परेको बताउँछन । सडक विस्तार आयोजना सुरु हुनु पूर्व करिव सवा एक घण्टामा हामी बुटवल पुग्थ्यौँ तर अहिले त २ घण्टामा पनि पुग्न मुश्किल हुन्छ उनले दुखेसो गरे । एक त समयको बर्वादी छ त्यसमाथी सडकका खाल्डाखुल्डी र कच्ची सडकका कारण गाडीमा टुटफुट आँउदा गाडीको मर्मत खर्च बढेको उनले बताए । २—४ रुपैया कमाइ होला भन्नुको साटो झन सवारी मर्मतमै पैसा खर्च गर्नु परेको उनको भनाइ छ । राजमार्गको अधिकांश सडक अहिले कच्ची सडकको रुपमा परिणत भएको छ, पक्की सडकको भाडादरमा कच्ची सडकमा गाडी गुडाउँदा नाफा भन्दा नोक्सान धेरै छ ।

पछिल्लो समय सडकका कारण यात्रुको चाप समेत घटेको सवारी धनी बताउँछन । सडक निर्माण सुरु हुन भन्दा अघि यात्रुहरु सामान्यत बसमै यात्रा गर्ने गर्दथे तर अहिले मध्यम वर्गिय यात्रुहरु धुलो र खाल्डा सडकबाट राहत पाउन केहि बढि रकम खर्चेर साना गाडी भाडामै लिएर भएपनि बैकल्पीक बाटो प्रयोग गर्ने गर्छन । पहिले दैनिक कम्तीमा २ हजार रुपैयाँ खर्च कटाएर बचत हुने गरेकोमा अहिले मर्मत र इन्धनमा खर्च बढि आँउदा दैनिक १ हजारसमेत बचत गर्न मुश्किल हुने सवारी धनी सुरेन्द्र गुरुङको गुनासो छ ।

ठेकेदार कम्पनीले समयमै सडक विस्तारको काम सम्पन्न नगर्दा सवारी मात्र होइन राजमार्ग दायाँवायाँका स्थानिय पनि आजित भएका छ । छोटो छोटो दुरीमा कल्भर्ट र पुल निर्माण भन्दै डाइभर्सन बनाउँदा धुलोको कारण आफूहरुले निकै सास्ती खेप्नु परेको बर्दघाट नगरपालिका वडा नम्बर १० पन्चनगरका चेतनारायण भण्डारीले गुनासो गरे । उनले भने राजमार्गको स्तरोन्नती गर्दा केहि समस्या त आउँछ नै त्यो कुरा सामान्य भयो तर डाइभर्सन बनाएको ठाँउमा अस्थायी पिच नगर्ने र धुलो मार्न पानी सम्म नहाल्दा रोगको शिकार बन्नु परेको उनको गुनासो थियो । पेशाले प्राध्यापक रहेका उनी दैनिक पन्चनगरदेखि बर्दघाट बजारसम्म करिव १० किलोमिटर यात्रा गरी क्याम्पस पुग्नुपर्ने उनको बाध्यता हो तर सडकको कारण स्वास्थ्य र आर्थिक क्षति बेहोरिरहेको उनको गुनासो छ ।
उनी भन्छन ‘मेरो घर सडक छेउमा छ, धुलोको कारण कपडा धोएर सुकाउन समेत पाँइदैन, न त घर बाहिर निस्कने नै अवस्था रहेको छ, खुला वातावरणमा निस्कन नसक्दा स्वास्थ्यमा असर परिरहेको छ । कम्तीमा नियमित पानी छर्किने गरे धुलोको समस्या केहि हटने थियो तर दिनमा १ वा २ पटक मात्र पानि छर्केर झारा टार्ने जस्तो मात्र काम भएको छ ।’
२०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीले ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि बुटललमा सडकको शिलन्यास गरेका थिए । निर्धारित समयसिमा सकिएर थप गरिएको एक वर्ष समेत सकिन आँटदा दाउन्ने पश्चिम खण्डमा कार्य प्रगति मात्र २८ प्रतिशत भएको पश्चिम क्षेत्रका योजना प्रमुख प्रवेशमान शाक्ले जानकारी दिए । शाक्यका अनुसार ठूला र मझौला पुल र कल्भर्ट निर्माणको कामसँगै माटो भर्ने, विद्युत, टेलिफोन पोल स्थानान्तरण गर्ने र खानेपानी पाइपलाई ब्यवस्थापन गर्ने काम सँगसँगै भइरहेको छ । यहि दरमा काम अघि बढेमा अझै २ वर्ष लाग्ने उनले बताए ।

९ ठूला पुल मध्ये ३ वटा, २१ मझौला मध्ये १३ वटा र २ सय ४७ कल्भर्ट मध्ये १ सय ६ वटाको निर्माण सम्पन्न भएको उनले जानकारी दिए । पश्चिम खण्डमा करिव २ किलोमिटर सडकको प्रथम चरणको पिच गर्ने काम समेत सकिएको उनले जानकारी दिए । शाक्यका अनुसार ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित स्तरोन्नतीको काम सुरु भएको सडक ६ वर्ष लाग्ने करिव पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?