ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
विचार

पर्यटकीय गन्तव्य बन्दै कामधेनु गौधाम

हिन्दू बाहुल्य राष्ट्र नेपालबाट गाई तस्करी हुनु ज्यादै लज्जाको विषय हो । नेपालमै कुनै–कुनै ठाउँमा गाई काटेर खाएका अशोभनीय समाचार पनि प्रकाशमा आएका थिए, विगतमा । यस्ता क्रियाकलाप नियन्त्रण गरिनु पर्छ । गाई माता हुन् । देवी हुन् । यसको तस्करी र मारकाट अपराध मानिनु पर्छ ।
२१ चैत्र २०७९, मंगलवार
२१ चैत्र २०७९, मंगलवार

रुपन्देहीको बुटवलदेखि साढे ६ किलोमिटर पूर्व महेन्द्र राजमार्ग अन्तर्गत रोहिणी खोलाको किनारमा अवस्थित भलुही जङ्गलमा केही वर्ष यता मानवीय चहलपहल निकै बढेको छ । देवदह नगरपालिका वडा नम्बर १० मा पर्ने यो ठाउँ अचेल धार्मिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । नेपाल राष्ट्रका गुरु योगी नरहरीनाथका अनुयायी गोब्रती योगी सोमराजले यो जङ्गललाई मङ्गल बनाएका हुन । उनले यहाँ ५ वर्षअघि २०७४ साल जेठ ९ गते सिद्धेश्वर महादेव मन्दिर र कामधेनु गौधाम स्थापना गरेका थिए । अहिले यो मन्दिर र गौधाममा पुजा प्रार्थना गर्न दैनिक सयौं संख्यामा मानिसहरु आउने गर्दछन् । एक आकर्षक पर्यटकीय गन्तव्य बन्दैछ, कामधेनु गौधाम ।

हिन्दू धर्मशास्त्रमा कामधेनु गाईलाई साक्षात देवी एवं माता मानिएको छ । परापूर्वकालमा देव असुरले समुन्द्र मन्थन गर्दा क्षीर सागरबाट प्राप्त गरेका अनेक रत्न मध्ये कामधेनु गाई पनि एक हुन । त्यसैले कामधेनु गाइलाई साक्षात देवी शक्ति एवं माता मानिएको हो । यिनका धेरै विशेषताहरु छन् । पोषणयुक्त दुध दिनु र अन्न उत्पादनको लागि उब्जनीशिल मल मुत्र प्रदान गर्नु मात्र यिनका विशेषता नभई दैवि शक्तिको श्रोत पनि मानिएको छ । यिनको दुधलाई अमृत मानिएको छ । हिन्दूका ग्रन्थहरुमा युगौयुग देखि कामधेनु गाईको महिमा गान छ । यिनको दर्शनले मात्र मानिसको हरेक काम सफल हुने र पाप नष्ट हुने बताइएको छ । त्यसैले गौ सेवालाई कर्म बनाएका छन्, योगी सोमराजले । उनले यो गौधाममा ४ सय ५० बढी गाई पालन गरेका छन् । उनले छाडा छोडिएका वा सडक दुर्घटनामा परि घाइते भएका गाईहरु पालेका छन् । बुटवलदेखि बर्दघाट सम्मका छाडा छोडिएका र दुर्घटनामा परेका गाईहरु सङ्कलन गरी संरक्षण गरिएको हो । ती मध्ये १२ वटा दुधालु छन् । अहा ! कस्तो पुण्य कर्म । स्वार्थी मानिसहरुले गाईले दुध दिन छोडेपछि सडकमा ल्याएर वेवारिसे बनाई छोडेका गाईहरु र यिनै मध्ये दुर्घटनामा परेका गाईहरु जम्मा गरी संरक्षण गर्नु स्वयंमा पुण्य कर्म हो । यस्ता गाईहरु संकलन गरी गौधाम स्थापना गरी पर्यटकीय गन्तव्य बनाएका योगी सोमराज बधाईका सुपात्र छन् । उनले गाईको संरक्षण गरी पुजा प्रार्थना गर्ने मन्दिर मात्र बनाएको नभई ती गाईको मल मुत्र, दुध आदिको पनि बहुउपयोग गरेका छन् । मललाई कम्पोष्ट मलको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाएका छन् । मुत्रबाट आयुर्वेदिक औषधी उत्पादन कार्य गरेका छन् । गड्यौला मल पनि उत्पादन गरेका छन् । गाईको मुत्रबाट औषधीहरु बनाएका छन् । उनले त्यहाँ गाईको संरक्षण मात्र गरेका छैनन्, सनातन धर्म संस्कृतिको एवं सस्कृत शिक्षाको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सस्कृत गुरुकुल (पाठशाला) पनि संचालन गरेका छन् । गुरुकुलमा अहिले ७ कक्षा सम्म पढाई हुन्छ । १६ जना विद्यार्थी अध्ययनरत छन् । आगामी वर्ष २० जना थप्ने कार्यक्रम छ । गुरुकुलमा गुल्मी, अर्घाखाँची, स्याङ्गजा, दाङ्ग, कन्चनपुर सम्मका विद्यार्थी अध्ययनरत छन् । गुरुकुलमा संस्कृत, व्याकरण, भाषा, साहित्य, गणित पढाई हुन्छ । अग्रेजी माध्यममा वा अंग्रेजी भाषामा पनि पढाई हुन्छ ।

यो गौधाममा पुजा प्रार्थना गर्न लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अतिरिक्त झापा, गोर्खा आदी विभिन्न जिल्लाबाट समेत मानिसहरु आउने गरेको तथ्याङ्क छ । गोर्खा गोरखनाथको निवास भूमि हो । यो गौधामले साढे ५ विघा क्षेत्रफल ओगटेको छ । यसलाई धार्मिक वनको रुपमा दर्ता गरिएको छ । यो नदी कटान क्षेत्र हो । पुरपार गरेर बस्ने योग्य बनाइएको हो ।

नेपाल र नेपालीको जीवन निर्वाहको मुख्य आधार कृषि हो । यो गाईपालनलाई कृषिसँग जोड्ने उद्देश्य योगी सोमराजको छ । उनको विचारमा गौ मुत्रको प्रयोग गर्ने हो भने उत्पादन वृद्धि हुन्छ । युरिया चाहिंदैन । जडिबुटी उत्पादन गर्ने उद्देश्य पनि योगी सोमराजको छ । यसको उद्देश्य राम्रो लागेर र यसले गाई संरक्षण, कृषि प्रबद्र्धन र पर्यटनमा समेत योगदान दिने अनुभव गरी यो गौधामलाई लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालय, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाले आर्थिक, नैतिक सहयोग गरेका छन् । योगी सोमराजले लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले रु. ८ लाख बढी, बुटवल उपमहानगरपालिकाले रु. १० लाख र देवदह नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको विवरण बताए । स्थानीय सरकारले यो गौधामलाई विकास र प्रबद्र्धनको लागि टेवा पु¥याउने अठोट लिएको देखिन्छ । यसले स्थानीय मानिसहरुलाई रोजगारीमा पनि सहयोग गरेको छ । कुल १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मासिक साढे ३ लाख बढी तलब खर्च छ । सोमराजले यो गौधामको राम्रो सम्भावना देखेका छन् । सरकारले सहयोग र प्रोत्साहन दिने हो भने यसलाई अझ विस्तार गर्ने सोंच उनको छ । सरकारले राष्ट्रिय निकुन्ज बनाएर हात्ती, चितुवा, बाघ पालन गरेको तर गाई संरक्षण वा गाई पालन नगरेको योगी सोमराजको भनाई छ । यो गौधामले बुटवलबाट सबभन्दा बढी गाई संकलन गर्दछ । सडक दुर्घटनामा गाई सबभन्दा बढी बुटवलमा घाइते हुने गरेको तथ्याङ्क छ । नेपालबाट बंगलादेशतर्फ गाईको मासुको उपयोगको लागि ठूलो परिमाणमा गाई तस्करी हुने गर्दछ । रुपन्देहीको बेलहिया–सुनौली र नवलपरासीको त्रिवेणी नाका हुँदै झापाको काँकडभित्ताबाट ठूलो परिमाणमा गाई तस्करी हुने गर्दछ । सोमराजले यसको रोकथाममा ठूलो योगदान गरेका छन् । उनले गाई तस्करी विरुद्ध सडकमा प्रदर्शन र स्थानीय प्रशासनसँग डेलिगेशन गई ध्यानकर्षण समेत गराउँदै आएका छन् ।

सनातन हिन्दू धर्म संस्कृतिका अनुयायी साधु, सन्त, ऋषि, महर्षि तथा ज्ञानी पुरुषहरु सबै गौ प्रेमी र गौसेवी देखिएका छन् । गोरखनाथ र योगी नरहरीनाथ आदि पछिल्ला हाम्रा सनातन धर्म संस्कृतिका महापुरुषहरुका गौसेवा सम्बन्धी कामका उदाहरण हामीले उनीहरुका जीवन कथाका पुस्तकहरुमा पढ्ने गर्दछौं । योगी सोमराजले नरहरीनाथलाई आदर्श पुरुष मानेर उनले झैं गौसेवाको ब्रत लिएका हुन् । उनले नरहरीनाथलाई नजिकबाट अनुभव गर्ने अवसर समेत प्राप्त गरेका थिए । भारतका तीर्थस्थलहरुको भ्रमण गरेर पनि सोमराजले गौ सेवामा समर्पित रहने अठोट लिएका हुन् ।

रुपन्देही जिल्ला आफैमा पर्यटकीय महत्व बोकेको पवित्र क्षेत्र हो । यहाँ धार्मिक पर्यटकीय स्थलहरु धेरै छन् । सबैभन्दा ठूलो त शाक्यमुनी बुद्धको जन्मस्थल पवित्र लुम्बिनी रुपन्देहीमा हुनु हामी सबैका लागि अवसर हो । हिन्दूका पवित्र तीर्थस्थल बुटवलको सिद्धबाबा धाम, सैनामैनाको पर्रोहा बोलबम धाम, कपिलबस्तुको तौलेश्वरनाथ मन्दिर, बुटवलको स्वामिनारायण मुक्तिनाथ धाम, नवलपरासीको त्रिवेणी धाम र चितवनको देवघाट धाम आदि यस क्षेत्रका हिन्दू पर्यटकीय सम्पदा हुन् । उक्त स्थलहरुमा वर्षेनी लाखौं पर्यटक भ्रमणमा आउने गर्दछन् । लुम्बिनीमै वर्षमा करिब १० लाख पर्यटक आउने गर्दछन् । यहाँ आउने सबै पर्यटकहरुलाई एकपटक गौ संरक्षणको केन्द्र देवदहको कामधेनु गौधाममा पुजा प्रार्थना गर्न लैजाने वातावरण सिर्जना गरिनु पर्छ । लुम्बिनी पर्यटन चक्रमा यो गौधामलाई पनि समेटिनु पर्छ । भारतको गोरखपुरको गोरखनाथ मन्दिर र नेपालको प्यूठान स्थित स्वर्गद्वारी मन्दिरमा झैं गौ संरक्षणको नमुना मन्दिर यो कामधेनु गौधामलाई बनाउनु पर्छ । बंगलादेशतर्फ गाई तस्करीको सबै भन्दा बढी प्रयोग हुने नाका रुपन्देही र झापा हुन् । रुपन्देहीले यसलाई रोकथाम गरी गौ संरक्षणको धाम नै बनाए झैं झापा जिल्लाले पनि यसको सिको गरी अर्को गौधाम बनाउनु पर्छ । योगी सोमराज जस्तैः अर्का सनातन धर्म संस्कृतिका संरक्षक अभियन्ता झापामा पनि जन्मनु पर्छ । हिन्दू बाहुल्य राष्ट्र नेपालबाट गाई तस्करी हुनु ज्यादै लज्जाको विषय हो । नेपालमै कुनै–कुनै ठाउँमा गाई काटेर खाएका अशोभनीय समाचार पनि प्रकाशमा आएका थिए, विगतमा । यस्ता क्रियाकलाप नियन्त्रण गरिनु पर्छ । गाई माता हुन् । देवी हुन् । यसको तस्करी र मारकाट अपराध मानिनु पर्छ ।

यो गौधामलाई योगी सोमराजले अझ विकास र विस्तार गर्नुपर्छ । धेरै साधु, सन्त र ज्ञानी मानिसहरुको जमघट स्थल बनाउनु पर्छ । जडीबुटी, बन्य जन्य औषधीको अध्ययन अनुसन्धान गर्ने थलो बनाउनु पर्छ । कृषि र गाई सम्बन्धी अध्ययन अनुसन्धानको थलो बनाउनु पर्छ । साँच्चै कामधेनु गाई पालनको केन्द्र बनाउनु पर्छ यसलाई । नेपालबाट गाई तस्करी रोक्ने योगी सोमराजलाई नेपाल सरकारले सम्मान एवं अभिनन्दन गर्नु पर्छ । स्थानीय निकायहरुले छाडा गाई संरक्षण केन्द्र बनाउन नसकेको अवस्थामा योगी सोमराजले व्यक्तिगत पहलमा यस्तो पुण्य कर्म गरेका छन् । सलाम छ योगी सोमराजको कर्मलाई । जय गौ माता ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?