ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

तिलोत्तमामा गरिबलाई छैन बिजुली !

१९ मंसिर २०७५, बुधबार
१९ मंसिर २०७५, बुधबार

सुन्दै अचम्म लाग्न सक्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका भित्रै अँध्यारो गाउँ छ भन्दा । तर यो साँचो हो । संचारमाध्यम र सामाजिक सञ्जालमा सधैजसो प्रचारमा रहने यो नगरपालिकाभित्र टुकी बालेर रात कटाइरहेका पनि छन् ।
तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलीगढको दक्षिण टोलमा अहिलेसम्म पनि बिजुली बत्ती पुग्न सकेको छैन ।
गरिब परिवार भएका कारण आफूहरूकहाँ बिजुली जडान गरिदिनमा ढिलाई गरिदिएको स्थानीयको आरोप छ । २०५४ सालमा जमिन किनेर २०६६ सालमा तराई झरेका जीवन थापा भन्छन्–‘मेरो जिन्दगी गइसक्न लाग्यो बिजुली आएन । छोराको नि जान थाल्यो नातीको पालामा पनि बिजुली आउने कुनै छाँटकाँट छैन,’ उनले थपे । बिजुली नभएकै कारणले छोराहरूको पढाइमा असर पुगेको उनको गुनासो गरे । मेरो नाती ९ कक्षामा पढ्छ दिनभरि विद्यालय साँझ टुकीको भर पर्नु बाहेक बिकल्प छैन ।
बसाई सरेदेखि नै बिजुली बत्ती जोड्नका लाग पहल गर्न शुरु गरेको बताउने स्थानीय टेकेन्द्र थापाले आफूहरूले पहिले टिकुलिगढ गाउँविकास समिति हँुदा पनि पहल गरेको बताए । तर कहिल्यै पनि सुनुवाई भएन । आफूहरूको गरिबी र पहुँच नपुगेको कारणले बिजुली नजोडिएको उनको बुझाइ छ । उनी भन्छन–‘स्थानीय तहको चुनावपछि बिजुली आउँछ कि भन्ने आश थियो त्यो पनि आश मात्र भयो । भोट माग्ने बेलामा बिजुली ल्याउन कुनै समस्या छैन भोट दिनोस् बत्ती बन्छ भने तर अहिले वास्ता छैन । हामी वडामा गएका थियौं त्यहाँबाट एउटा निवेदन लिएर विद्युत कार्यालय अमुवा गएका हौं । काम गरेर खाने हाम्रो परिवार सधैपछि पनि लाग्न नसकिने दुःखी हँुदै उनले भने ।
४५ वर्ष अघिदेखि बसोबास गरिरहेका राजाराम केवट र उनकी श्रीमती बिजुलीको बिषयमा बोल्न पनि रुचाउँदैनन । धेरै पटक पहल गर्दा पनि समस्या समाधान नभएका कारण बोल्न नरुचाएको उनका छोराले बताए । स्थानीय तहको चुवानमा अहिलेका वडाध्यक्षले बिजुली बालिदिने आश्वास दिए पनि पहल नगरेको गुनासो गरे । उमेरले ८० वर्ष नाघिसकेको छ तर पनि मर्नेबेलामा बिजुली बाल्ने रहर केवट दम्पतिमा छ ।
स्थानीय समाजसेवी नरबहादुर थापाले भने देशका धेरै दुर्गम स्थानहरूमा बिजुली पुग्न सक्ने तर हाम्रो जस्तो सुबिधायुतm स्थानमा बिजुलीबत्ती नहुनु दुःखद भएको बताए । उनले भने हामीहरूले गरेको पहलको कुनै सिमा नै छैन हामी जानु पर्ने ठाउँ कुनै पनि छाडेका छैनौं । यहाँका यी घरमा बिजुली नहुनु भनेको अति नै लाज मर्दो कुरा रहेको छ । टिकुलीगढको कुसुमगढाई र सुनारडाँडाको बीचमा पर्ने दक्षिणटोलको बीचमा रहेका घरहरूमा अहिलेसम्म बिजुली बलेको छैन ।
तिलोत्तमा नगरपालिका वडा नं. १४ का वडा अध्यक्षले सोहन चौधरीले आफूले सक्दो प्रयास गरेको दाबी गरे । उनले समस्याको बारेमा आफूलाई स्थानीय एक जनाले बाहेक कसैले पनि समस्या नराखेको भन्दै समस्या ठूलो नभएको बताए । उनले भने गत वर्ष ५४ वटा पोल वडा झरेको भए बाक्लो बस्तीमा पोल गाडिएको जानकारी दिए । तर यो आर्थिक वर्षमा २ सय २५ वटा माग गरेकाले जसरी पनि त्यहाँ पोल गाडिने बताए । उनले ति घरहरूमा बिजुलीका लागि आफूहरूले सक्दो पहल गर्ने भन्दै सबै योजनाहरू विद्युत कार्यालले पनि माथिल्लो तहमा पु¥याएको जानकारी दिए ।
तर दक्षिणटोलकी स्थानीयबासी चन्द्रकुमारी थापाले आफूहरू निवेदन दिँदादिँदै थाकेको बताइन् । उनले अब आउने स्थानिय तहको चुनाबमा कसैलाई पनि भोट नदिने भन्दै आक्रोस व्यतm गरिन् । उनले आफुहरू आर्थिक रूपमा कमजोर भएको र पहँुच पु¥याउन नसकेको कारणले समस्या भएको बताईन । बिजुलीबत्ती नभएका कारणले पनि बस्ती बाक्लो हुन नसकेको उनको बुझाई छ । स्थानीय विद्यालयको कक्षा ९ मा पढ्र्ने विद्यार्थी रन्जित थापाले बिजुली बत्ती नहँुदा आफूलाई पढ्न समस्या परेको बताए । उनले भने अर्को वर्ष मेरो एसइइ परिक्षा हँदै छ । खै कसरी तयारी गर्ने हो थाहा छैन । म विद्यालयको टप विद्यार्थी मध्ये पर्दछु तर बिजुली नहुँदा रातीमा पढ्न पाउँदिनँ । त्यो पुरा गर्न बिजुली आवश्यक छ स्थानिय सरकार यो हाम्रो समस्या प्रति गम्भिर नभए यसको प्रतिफल राम्रो नहुने उनको भनाई छ ।
गाउँमै सरकार आए पनि समस्या समाधान नहँुदा आफुहरूमा निरासा पैदा भएको उनीहरूको भनाई छ । पहिले कर्मचारीले गरेनन भनेर चित्त बुझायौ अहिले आफ्नै गाउँको जनप्रतिनिधि हँुदा पनि अवस्था उस्तै छ उनिहरूले गुनासो गरे । तीन वर्ष अघि गाडेका पोल मात्र छ, बिजुली छैन हामीले दैनिक बिजुली होईन पोल हेरेर बिकासको महसुस गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?