© २०२३
नवलपरासी, चैत- विगत वर्ष देखी रोकिएको वैज्ञानिक वन व्यवस्थापन कार्य जिल्लाको सुनवल ३ किर्तिपुर स्थित जनउदय सामुदायिक वन उपभोतmा समुहले शुरु गरेको छ । डिभिजन वन कार्यालयले स्वीकृति प्रदान गरे पछि सो सामुदायिक वन समुहले वन व्यवस्थापनका कार्य अगाडी वढाएको हो ।
सामुदायिक वनले तयार गरेको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना अनुसार डिभिजन वन कार्यालयले फागुन ३० गते स्वीकृति प्रदान गरेको थियो । अनुमति पश्चात कम्पार्टमेन्ट(सि) १,सपकम्पार्टमेन्ट(एस) १ प्लटमा व्यवस्थापन कार्य अन्तरगत नै रुख कटान गर्ने कार्र्य भई रहेको वन समुहका अध्यक्ष वल वहादुर थापाले जानकारी गराए । उनका अनुसार पुर्वमा तिलकना खोला,पश्चिममा वनदेवी सा.व.,उत्तरमा चुरे रहेको उतm क्षेत्रमा माँउ रुख वाहेकका अन्य रुख काट्ने कार्य भई रहेको छ । सो क्षेत्रवाट पुर्नउत्पादन कटान गर्ने रुख ९९ वटा रहेको र ढलापडा रुख ७९ वटा रहेको छ ।
ति रुख कटान गर्दा ४ हजार ४ सय ३४ दशमलव ४२ घन फिट काठ र १५ दशमलव ०७ चट्टा दाउरा निस्कने छ । पहिलो क्लास अन्तरगत सो क्षेत्रमा जातिगत रुपमा असना २५ वटा वर्रो ४ वटा,वोटधइरो १,जिँगड ३,कुसुम १,साल ११, गरि जम्मा ४९ वटा रुख कटान हुनेछ भने पुरै वन क्षेत्रवाट ढलापडा अन्तरगत असना ७,जामुन १,साल २३ र सिसौ ६ वटा रुख कटान हुनेछ । दोश्रो क्लास अन्तरगत असना ३,वरो ४,वोधइरी १,महुवा १,कुसुम १,साल १७,सिरिस १ गरि २९ वटा रुख र पुरै वन क्षेत्रको ढलापडा अन्तरगत असना १,साल २७,सिसौ २ गरि ३० वटा रुख काटिने छ । तेश्रो क्लासमा पर्ने साल २,वोटधइरो १,महुवा १,जामुन १,साल १ गरि ९ वटा रुख र ढलापडामा साल ८ र सिसौ ४ वटा रुख काटिने छ । चौथो क्लासमा पर्ने असना १,भलायो १,महुवा १,पारस १,रोइनी ३,कुम्भी १टाटरी १ गरि १२ वटा रुख काटिने छ ।
वन भित्र साल र असनाका माँउ रुख वाहेक अन्य रुखको काटिने छ । पुरै वन क्षेत्रलाई ८० भाग लगाई प्रत्येक वर्ष एउटा प्लटमा मात्र माँउ रुख वाहेकका रुख काट्ने र साना रुख हर्कने गरि चक्रिय प्रणालीमा वन व्यवस्थापन गर्ने कार्य भई रहेको छ ।
वर्षाै देखी पुराना रुख भएका कारण गुणस्तरिय काठ निस्कने अवस्था कम देखिएको छ,अध्यक्ष थापाले भने,तर धोध भएका अधिकाँस रुख हटाइए पछि ति क्षेत्रमा रहेका स साना विरुवालाई हुर्कर्ने अवसर प्राप्त हुन्छ । चक्रिय प्रणाली वनाइएको हुदा इउटा प्लटमा रुखको कटान पछि पुनः त्यही प्लटमा रुख कटान गर्ने पालो ८० वर्षमा आउछ,तर ति प्लटमाम नियमित सरसफाई,पतल्याउने कार्य निरन्तर चलिनै रहने छ । यसले गर्दा कार्वन उत्सर्जनको गतिलाई तिव्र वनाउन सकिन्छ ।
वुढो भई सकेको धोध रुखले धेरै कार्वन सोस्दैन,उनले थपे,तर तिनै रुख निकालिए पछि वन पैदावार उपभोतmाले पाउने र साना विरुवाहरुले घामपानी पाउदै हुर्कर्ने कार्य तिव्र हुन्छ,यसले गर्दा ति विरुवाहरु वायुमण्डलका कार्वनडाई अक्साईड सोसेर वढि खाना वनाउनु पर्ने हुन्छ । यो प्रकृयाले तिव्रता पाउदा वायुमण्डलमा रहेका कार्वनडाई अक्साईडको मात्रा घटदै रुख विरुवाले आफ्नो खाना वनाउदा निस्कने अक्सिनजको मात्रा वायुमण्डलमा फाल्छ । यसले वातावरणिय सन्तुलनमा योगदान पुर्याउने छ ।
यो क्रम वन भित्र निरन्तर भई राखियो भने वनवालीको रुपमा नियमित रुपमा काठ,दाउरा,घाँसपात प्राप्त हुनुका साथै अन्तराष्ट्रिय रुपमा कार्वन ट्रेड सम्झौता अनुसार नेपालले रकम पनि प्राप्त गर्नेछ । राम्रो वन भएको एक हेक्टरमा सरदर ५० हजार मेट्रिक टन कार्वन भण्डार गर्न सक्ने आधार छ,उनले भने, यसरी लाखौ मेट्रिक टन कार्वन वन विकास गरि भण्डारण गराउन सक्ने अवस्था हुन्छ ।
उनका अनुसार २०५४ सालमा जनउदय वन समुह गठन गरि काम गर्दै आएको छ । अहिले सो सामुदायिक वन समुहले २ सय ७७ हेक्टर वनक्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्दै आईरहेकोछ । सो वन समुहमा १ हजार २ सय २६ घरधुरीका कुल ७ हजार २ सय जनसंख्या आवद्ध रहेका छन् । वन समुहको वार्षिक वजेट १ करोड ३३ लाख ७४ हजार ५ सय रहेकोछ । वन समुहले वर्षेनी सय भन्दा वढिलाई रोजगारी प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी गराएका थिए । दिगो वन व्यवस्थापन र वातावरणिय सन्तुलनमा योगदान हुने हुदा वैज्ञानिक वन व्यवस्थापनका कार्य भई रहेका थिए । केही वर्ष पहिला तत्कालिन वन मन्त्रीले यसमा रोक लगाउदा तिन वर्ष देखी वैज्ञानिक वन व्यवस्थापन कार्य रोकिएको थियो । अहिले पुनः फरक नामले वैज्ञानिक वन व्यवस्थापन कार्य शुरु भएका छन् ।