© २०२३
पाल्पा- आफनै घरमा डेरा गरी बस्ने खोटाड्डका विद्यार्थीले सानो अलैचीको बिरुवा दिदा टोपराज बस्याललाई अलैचीको वगान बन्ला भन्ने कल्पनै थिएन । विद्यार्र्थीले ल्याएको सानो विरुवा उनले जागर गरेर रोपेका पनि थिएनन् । २०६९ सालमा मन नलागि रोपेका थिए तर कल्पना गरे भन्दा फरक भयो बस्यालले अलैचीको बगान देखाउँदै भने । बस्यालको घर अगाडि अलैचीको गाज देख्दा अहिले जो पनि अचम्म पर्दछन् ।
करिब चार दशक अगाडि पाल्पाको साविकको कसेनी गाविस ओलेसमा अलैचीको खेति हुन्थ्यो । पछिल्लो समयमा व्यक्तिको जमिनमा व्यवस्थित प्रणालीबाट अलैची खेति गर्ने बस्याल पाल्पामा पहिलो कृषक हुन । आफ्नो हिसावले एक वटा सानो बिरुवाबाट सुरु गरेका बस्यालको बारीमा दुई सय भन्दा बढि बोटहरु छन । पहाडी एवम माथिल्लो भेगमा खेति गर्न सकिने भएपनि कम चिच्यान भएको समथर भु भागमा अलैची लगाएर उदाहरणीय पात्र बनेका बस्याल भन्दछन्, जमिन भए खेति गर्न सकिदो रहेछ ।
मदन पोखरा पोली टेक्नीकलमा कृषि विषय अध्ययनरत विद्यार्थीले ल्याएको बिरुवाबाट उनी राम्रो आम्दानी गर्न सफल भएका छन । अन्य खेतिको तुलनामा कम मेहनत, वर्षै पिच्छे लगाउन नपर्ने त्यसैबाट बिरुवा उत्पादन गर्न सकिने उत्पादीत बस्तुको पनि राम्रो मुल्यमा बिक्री गर्न सकिने उनी बताउँछन् । यसलाई यहाँ यस क्षेत्रमा प्रमुख नगदे वालीका रुपमा अपनाउन सकिने उनको अनुभव रहेको छ । कृषि प्राविधिकहरुको सुझाव र सहयोग बिना खेति गरेका बस्याल भन्दछन्, समस्या आइ परेको छैन । समस्या आए प्राविधिकसंग जाने हो ।
पहिलो वर्ष बुटबलको हाट बजारमा प्रती के.जी ३ हजारका दरले बिक्री गरेर पैसा हात पर्दा निकै आनन्द लाग्यो । उनले भने । यस वर्ष कम्तिमा २५ के.जी. उत्पादन हुने उनले अपेक्षा राखेका छन । अलैची खेति भैरवस्थानको मन्दिर आसपासका सामुदायिक वन र खेतमा पनि खेति गरिएको भए पनि व्यवसायीक सफलता हात नपरेको स्थानिय नवराज ज्ञवाली बताउँछन ।
अलैची खेतिको लागि हावा पनि, उपयुक्त भुगोल राम्रो भए पनि यसको व्यवसायीक खेतितर्फ सुरुवात गरिएको छैन । अलैची वाली नगदे वालीका रुपमा अपनाउन प्रसस्त आधार भए पनि भोलिका दिनमा कुनै समस्या देखा परेको खण्डमा यसैमा दक्षता हासिल गरेका सम्वद्ध प्राविधिक नहुदा पनि समस्या भएको कृषि प्राविधिकहरु बताउँछन । जिल्लाको रिब्दीकोट , गाउपालिकाको पालुगं मैनादी कुसुमखोला भैरवस्थान, खस्यौली, वगनासकाली, पुर्वखोला निस्दी गाउँपालिकाको दश भन्दा बढि गाँ खेतिका लागि उपयुक्त भएको प्राविधिकहरु बताउँछन । त्यसलाई मुख्य आम्दानीको श्रोत बनाउन सकिने भए पनि नीति बनाउने स्थानिय सरकारका प्रमुख, प्रतिनिधीले हो । स्थानिय सरकारका प्रतिनिधीले यस विषयमा बुझ्न नसक्दा समस्या भएको स्थानिय तहका कृषि प्राविधिकहरु बताउँछन ।
पुर्वखोला गाउँ सरकारका प्रमुख नुन बहादु थापा भन्दछन्, संभावना भए पनि त्यस तर्फ अहिलेसम्म ध्यान जान सकेनन, आउने आर्थिक वर्षमा कार्यक्रम नै बनाएर कार्यन्वयन गरिने छ । निस्दी गाउँ पालिकाको झिरुवासमा कबुलिती बन तथा पशु बिकास कार्यक्रम अन्तर्गत खेतिको सुरुवात जिल्ला वन कार्यलयले गराएको भए पनि संरक्षण तथा व्यवस्थापन राम्रो हुन नसक्दा राम्रो हुन सकेन । अबका दिनमा यसलाई बिस्तार गरिने स्थानिय सरकारका प्रमुख मुत्त बहादुर शारु बताउछन ।
निस्दीको भुगोलमा अलैचीको राम्रो संभावना छ । अन्य खेति भन्दा पृथक भएको सामान्य मेहनतले पनि हुने उत्पादिन बस्तुलाई बजार खोज्न धेरै टाढा जान नपर्ने भएकाले यसको बिस्तारको लागि कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनासंग समन्वय गरेर काम गर्ने अध्यक्ष सारु बताउँछ ।